• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख १३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

कफी खेती अवलोकन गर्न कृषक महाभारतमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २. विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३. चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४. ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५. सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६. हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ७. समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ८. विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ९. आज मिति २०८३ साल वैशाख ९ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

वाइवाइले तौल घटायो, मूल्य बढायो


काठमाडौं । अहिले सबैको टाउको दुखाइको विषय हो, बढ्दो महँगी । तर, पछिल्ला दिनमा महँगी मात्रै बढेको छैन, बढेको मूल्यमा मालसामानका ‘प्याकेट’ हरू खुम्चिन थालेका छन् । यसको सुरुवात नेपालको सबैभन्दा बढी रुचाइने चाउचाउ ब्रान्ड ‘वाइवाइ’बाट भएको छ ।

पछिल्लो दुई महिनामा वाइवाइ चाउचाउले दुई पटक मूल्य बढाएको छ । वाइवाइले मूल्य मात्रै बढाएको छैन, चाउचाउको तौल घटाएर बजारमा पठाएको पाइएको छ ।

वाइवाइले पछिल्ला केही हप्तामै लगातार दुई पटक मूल्य बढाएको र एक पटक १० ग्राम तौल घटाएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

सार्वजनिक रुपमा वाइवाइले मूल्य बढाएको जानकारी दिएको छैन । तर, प्याकटेमा मूल्य बढ्ने र तौल घट्ने एकसाथ भएर आएकाले धेरै ग्राहकले आश्चर्य प्रकट गरेका छन् ।

‘बजारमा धेरै विक्री हुने ७५ ग्रामको वाइवाइ चिकेन र भेज स्वादको चाउचाउको मूल्य जेठ तेस्रो सातासम्म २० रुपैयाँ थियो,’ खुद्रा व्यापार संघका एक सदस्य भन्छन्, ‘अहिले उक्त चाउचाउको मूल्य २३ रुपैयाँ पुगेको छ भने तौल कहिले ६५ ग्राममा झरेको छ ।’ ब्यापारीहरूका अनुसार झन्डै ५ महिना अगाडी ७५ ग्राम ताैल घटाएर ६५ ग्राम बनाइएको थियो ।

अझ रोचक त के छ भने ‘वाइवाइ’ले प्याकेटमा तौल ६० ग्राम मात्र तौल तोकेको छ । स्ट्यान्डर्ड नाप र तौल नियमावली २०७६ चाउचाउको प्याकेजिङ ७५ ग्रामबाट घटाउने हो भने ६० ग्राम कायम गर्नुपर्छ । तर, वाइवाइले चतुरतापूर्वक ५ ग्रामलाई ‘फ्रि’ ट्याग हालेको छ । अर्थात् अब वाइवाइले सित्तैमा दिइरहेको ५ ग्राम पनि जुनसुकै बेला घट्न सक्छ ।

वाइवाइले २० जेठपछि वाइवाइ चिकेन र भेजको मूल्य क्रमशः २० बाट २२ र १५ बाट २० रुपैयाँ पुर्‍याएको थियो । तर, साउन लागेपछि चिकेन स्वादको मूल्य पुनः २२ रुपैयाँबाट बढाएर २३ रुपैयाँ पुर्‍याएको हो ।

प्याकेटमा बढेको मूल्यसँगै वाइवाइले कार्टुनको पनि मूल्य बढाएको छ । खुद्रा व्यापार संघकाअनुसार यसअघि एक कार्टुन वाइवाइ चिकेन चाउचाको मूल्य ५४० रुपैयाँ थियो । अब यस्तो चाउचाउको मूल्य प्रति कार्टुनको ५९५ रुपैयाँ पुगेको छ ।

वाइवाइले चिकेन पिज्जा र क्विक्सलाई २० रुपैयाँ र वाइवाइ जम्बोलाई २५ रुपैयाँ प्रतिगोटामा विक्री गरिरहेको छ ।

कुनै कम्पनीले मूल्य बढाएको र तौल घटाएको विषयमा जानकारी नहुने वाणिज्य विभागले जनाएको छ । विभागका महानिर्देशक लिलाप्रसाद शर्माका अनुसार बिस्कुट उद्योगीले महँगीअनुसार मूल्य बढाउन नपाए तौल घटाउने घुर्की लगाएका थिए । त्यसबाहेक अन्य कुनै सूचना विभागमा नभएको शर्माले बताए ।

मूल्य बढाउने र तौल घटाउनेबारे अनुमति लिनुपर्ने र यसबारे जानकारी दिनुपर्ने व्यवस्था नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उद्योग विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागहरुले जनाएका छन् । प्याकेटमा लेखिएको मूल्य र तौल फरक परेमा भने कारवाही हुन सक्ने विभागीय अधिकारीहरुको भनाइ छ ।

‘वाइवाइले नै मूल्य बढाएर तौल घटायो भनेपछि अब बजारमा यो ट्रेन्ड नै मौलाउँछ,’ नापतौल विभागका एक अधिकारी भन्छन्,’चुनाव लागेको छ, दलहरुलाई दिने चन्दा जोहो गर्ने सजिलो बाटो यही हो ।’

पीठो र तेलको मूल्य सामान्य हुने बित्तिकै घटाउँछौं– चाैधरी ग्रुप

चौधरी ग्रुपले भने वाइवाइ मूल्य बृद्धि हुनुमा युक्रेन युद्धका कारण गहुँको पिठो र खाने तेलको मूल्यबृद्धि कारक रहेको बताएको छ । साथै उसले तौल घट्ने र मूल्य बढ्ने काम एकैपटक नभएको दावी गरेको छ ।

‘जेठ महिनामा मूल्यवृद्धि हुनुअघि नै वाइवाइको तौल ६५ ग्राम थियो’, कम्पनीका उपाध्यक्ष जि.पी शाहले भने, ‘अहिले पनि उस्तै छ । त्यसैले तौल घटेको भन्ने आरोप सही हैन ।’

युक्रेन युद्ध सुरु भएदेखि गहुँको पिठोको मूल्य ३० प्रतिशतले बढेको भन्दै कम्पनीले विश्वभर खाद्य तेल (चाउचाउ उत्पादनमा प्रयोग हुने तेल) को मूल्य ८० प्रतिशतभन्दा बढीले बढेको र इन्धनको मूल्यमा पनि ३०% भन्दा बढीको बृद्धिले पारेको दबाब पनि स्मरण गर्न कम्पनीले सबैलाई आग्रह गरेको छ ।

३५ वर्षअघि वाइवाइ मूल्य १० रुपैयाँ रहेको भन्दै उनले पैतिस वर्षको दौरान सुन, इन्धन, नेपाली मुद्राको मुद्रास्फीति, दाल चामललगायतका खाद्य सामाग्रीको मूल्यमा पचासौं गुणाले बढ्दा पनि वाईवाईको मूल्य भने त्यही अनुपातमा नबढेको बताए ।

विश्व बजारमा अहिले भएको अभुतपूर्व मूल्यवृद्धिका कारण खाद्य पदार्थ, विशेषगरी चाउचाउ र बिस्कुटको उत्पादन लागतमा भारी वृद्धि भएको बताउँदै गहुँको पीठो र खाद्य तेलको मूल्य सामान्य हुने बित्तिकै चाउचाउको मूल्य समायोजन गर्ने प्रतिबद्धता जनाएको छ ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने
हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

लोकप्रिय

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    विश्वविद्यालयबाट ‘स्ववियु’ खारेज गर्ने प्रधानमन्त्रीको निर्णय,दलीय संगठनका प्रावधान हटाउनुपर्ने

  • ३.
    चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

  • ४.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ५.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

  • ६.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

भर्खरै

  • १.
    गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

  • २.
    ३ करोडभन्दा माथिको घरजग्गा कारोबार अब इजाजत प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने

  • ३.
    हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी

  • ४.
    समाजवाद र साम्यवादका लागि वामपन्थी एकता हुन आजको ऐतिहासिक आवश्यकता हो : प्रचण्ड

  • ५.
    गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

  • ६.
    विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै

  • ७.
    कांग्रेसले थाल्यो संविधान संशोधनको गृहकार्य

  • ८.
    सभापति लामिछानेविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चले गर्यो अस्वीकार

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.