• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, भदौ ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक


काठमाडौं : तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीज गीत ‘लगाउने हो फन्को’ सार्वजनिक भएको छ । शुक्रबार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सोना अमात्य, शालिनी विष्ट भट्टराई, सम्झना भट्टराई, पूर्णिमा बानियाँ, सब्बु राना बमलगायत कलाकारहरुको अभिनय छ । चन्द्रमणी भट्टराईको शव्द, डेनी निरौलाको संगीत र सोना अमात्यको स्वरमा रहेको गीतलाई पारिवारिक परिवेश र सामाजिक कथामा खिचिएको छ । गीतको संगीत संयोजन योगेश काजीले र मिक्सिङ् पवन विश्वकर्माले गरेका हुन् ।

भिडियोमा सुबोल थापाको सह-निर्देशन रहेको छ । यसलाई नवराज उप्रेतीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको बारेमा निर्देशक विष्ट भन्छन्, ‘भिडियोलाई हामीले घरभित्रको परिवेशमा खिचेका छौँ, भिडियो खिच्न हामी पार्टी प्यालेसमा गएनौँ, हामीलाई थाहा छ, तीज पर्व पारिवारिक र सामाजिक पर्व हो, यसको मर्मलाई भिडियो निर्माणको मुख्य आधार बनाएका छौँ ।’

पात्र चयनमा विषयमा कुरा गर्दै निर्देशक विष्टले संयुक्त परिवारमा हुने हजुरआमा, आमा, फूपू, भाउजू, नन्द, छोरी बुहारी र उनीहरुको मनोविज्ञानलाई भिडियोमा उतार्न खोजिएको बताए । सृङ्गार, गरगहना र पहिरनमा ख्याल गरिएको छ । भिडियोलाई भड्किलो हुनबाट बचाउने प्रयास गरिएको विष्टको भनाइ छ ।

‘विवाहित महिलाको सृङ्गार र सृङ्गारभित्रको भावनात्मक उत्सुकतालाई तीजको परम्परागत पक्षसँग जोडेर देखाएका छौँ,’ गायिका तथा नायिका अमात्यले भनिन्,‘दर खाने र हरितालिका तीजमा व्रत बस्ने मुख्य क्रियाकलापलाई पारिवारिक वातावरणमा प्रस्तुत गरेका छौँ ।’

गीतकार भट्टराईका अनुसार गीत सिर्जना गर्दा तीज पर्वको संयोगान्त र वियोगान्त दुवै पक्षको विश्लेषण गरेर बदलिँदो परिवेशअनुकुल बनाउन खोजिएको छ । गीतकार भट्टराईकाअनुसार, तीज कुनै बेला वेदनाका गीत गाउने पर्व थियो । ‘त्यो पक्ष भनेको शास्त्रीय नभइ सामाजिक परिवेश थियो, अहिले त्यो परिवेश फेरिएको छ, त्यसैले हामीले वेदनाका गीत गाउने समयलाई सामाजिक विकासको चरणका रुपमा सम्झना गर्दै परिवर्तित परिस्थितिलाई चित्रण गर्दै जानुपर्छ,’उनले भने ।

शनिबार, साउन २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
आहा ! ढोरपाटन
‘महाराजधिराज’मा आर्यन सिग्देल
देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना
नयाँ वर्षको अवसरमा मेड इन नेपाल एक्स्पोः दिउँसो प्रदर्शनी, साँझ कन्सर्ट
नयाँ वर्षमा नारायणी किनारमा नेपाली सङ्गीतको महामेला हुँदै,पाँच व्याण्डसहित भव्य कन्सर्ट

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

भर्खरै

  • १.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ५.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ६.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ७.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ८.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.