काठमाडौं। अष्ट्रेलियन हाइ कमिसनका उच्च पदाधिकारीको टोली नेपालमा आएको छ।
उनीहरुले शुक्रबार बिहान नेपालका शैक्षिक परामर्श व्यवसायसँग सम्बन्धित संघसंस्था तथा व्यक्तिसँग छलफल गर्दैछन्। स्रोतका अनुसार उक्त छलफल भोलि शुक्रबार बिहान ९ बजे अस्ट्रेलियन दूतावास महाराजगन्जमा हुनेछ।
शुक्रबार बिहान हुने छलफलमा पछिल्लो समय बढेको अष्ट्रेलियाको भिसा रिजेक्सनबारे छलफल हुने बताइएको छ। छलफलमा भिसा रिजेक्सनकाे कारण र समाधानका उपायबारे विस्तृत छलफल हुनेछ।
सो क्रममा कन्सलटेन्सीका लागि आचारसंहिता पनि तय गरिने बताइएको छ।
त्यस्तै, नक्कली डकुमेन्ट पठाउने कन्सलटेन्सी र सञ्चालक नै कालोसूचीमा पर्नेसम्मको छलफल हुनेछ।
सम्बन्धित समाचारः यसकारण भएको रहेछ अष्ट्रेलियाको भिसा रिजेक्सन
काठमाडौं। गलत तथा नक्कली कागजात नै अष्ट्रेलियाको भिसा रिजेक्सन (अस्वीकृत)को कारण रहेको पाइएको छ।
अष्ट्रेलिया जानका लागि निवेदन दिँदा नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्दा अष्ट्रेलियाको भिसा रिजेक्सन बढी मात्रामा हुने गरेको अष्ट्रेलिया सरकारको गृह विभागले जनाएको छ।
ISMT College
Big Education
Mayaz Wax
यसका साथै, बैंकबाट गरिने आय प्रमाणीकरण, सम्पति मूल्याङकन नक्कली हुनु तथा विश्वसनीय नबनाइँदा भिसा रिजेक्सन बढेको विभागले जनाएको छ।
त्यस्तै, अष्ट्रेलिया सरकारको गृह विभागका अनुसार विदेशमा बसोबासका लागि खर्च बढी भएकोले विद्यार्थीले व्यहोर्न नसक्ने अवस्था छ। साथै, धेरै विद्यार्थीले भिसाका लागि निवेदन दिँदा वार्षिक आम्दानी अपत्यारिलो देखाइएको हुन्छ, जसले पनि भिसा रिजेक्सन बढेको अष्ट्रेलिया सरकारको गृह विभागको प्रतिवेदनमा उल्लेख छ।
यो समस्या स्नातक र स्नातकोत्तर (ब्याचलर र मास्टर्स) अध्ययनका लागि अष्ट्रेलिया जान निवेदन दिने विद्यार्थीहरुको भन्दा डिप्लोमा अर्थात व्यावसायिक शिक्षा तथा प्रशिक्षण (भीईटी) जाने विद्यार्थीमा बढी छ।
यस्ता छन् भिसा रिजेक्सनका अन्य कारणः
– शैक्षिक कागजातमा भएका सम्पूर्ण जानकारी सही नभर्नू, पासपोर्ट, नागरिकता, जन्ममिति, शैक्षिक प्रमाणपत्र आदी डकुमेन्टमा नाम, स्पेलिङ, जन्ममितिमा फरक पर्नु,
– मिति, ठेगाना, सम्पर्क नम्बरलगायतका जानकारीमा सान–साना गल्ती भेटिनु,
– अष्ट्रेलिया पढ्न जान चाहनुको कारणबारे स्पष्ट नखुलाइनु,
तीन महिनाअघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए। तर, अष्ट्रेलिया सरकारले कडाइ गरेसँगै ९० प्रतिशत बढी भिसा रिजेक्सन हुन थालेको छ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष पाण्डेका अनुसार पछिल्लो ३ महिनामा ९० प्रतिशत भिसा रिजेक्सन भएको छ। त्यस्तै, पछिल्लो १० दिनमा भीईटीको ९९ प्रतिशत भिसा रिजेक्सन भएको छ। तर, उनले यसमा विद्यार्थीको गल्ती भने नभएको बताए।




