• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

साताको पहिलो दिन घट्यो सुनको मूल्य

चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

विश्व हाँसो दिवस मानाउँदै

रास्वपा सचिवालयको बैठक बस्दै

काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

आठ वर्षपछि ११ वर्षीया प्रियंकाले उज्यालो देख्दा …

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६. वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • ७. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. आज मिति २०८३ साल वैशाख १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

‘तीन जनाको टाउकोमा प्रहार, शरीरमा चोटैचोट, दिनेशको मृत्यु झुण्डिएर’


काठमाडौँ — परिवारै सखाप हुने गरी भएको तारकेश्वर नगरपालिकाको काभ्रेस्थली घटनामा तीन जनाको टाउकोमा बोधो वस्तुले प्रहार, शरीरका विभिन्न भागमा धारिलो वस्तुले घोपेर तथा एक जनाको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।

भीमसेनथापा गाउँपालिका–६ गोरखा स्थायी घर भई काठमाडौंको तारकेश्वर नगरपालिका २, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीय सुनिता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिक साउन १६ गते बिहान घरमै मृत फेला परेका थिए । त्यसपछि प्रहरीले शव र घटनाको मुचुल्का उठाएर पोस्टमार्टमका लागि चारै जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने उल्लेख गरिएको थियो । शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टले पनि तीन जनाको हत्या गरेर दिनेशले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने देखाउँछ । पोस्टमार्टममा संलग्न चिकित्सकका अनुसार दिनेशको मृत्यु ‘हृयांगिङ’बाट भएको देखिन्छ । ती चिकित्सकले सुनिता, आशिका र आशिकको मृत्युको कारण टाउकोमा बोधो वस्तुले हानेर अनि शरीरका विभिन्न भागमा धारिलो वस्तु घोपेर भएको देखिन्छ ।

‘सुनिता, आशिका र आशिकको मृत्यु शरीरका विभिन्न भागमा ‘मल्टिपल स्ट्याविङ’ (विभिन्न भागमा घोपेर) र टाउकोमा ‘ब्लन्ट हन्ट’ (बोधो वस्तुले प्रहार) बाट भएको देखिन्छ,’ पोस्टमार्टममा संलग्न एक चिकित्सकले कान्तिपुरसँग भने, ‘दिनेशको देब्रे हात र पेटमा चोट लागेको तथा घाँटीमा डोरीले बेरिएरको देखिन्छ । यसलाई हामीले ‘पार्सियल हृयांगिङ’बाट डेथ भएको उल्लेख गरेका छौं ।’

पोस्टमार्टम रिपोर्टलाई आधार मानेर घटनाको विश्लेषण गर्दा दिनेशले श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिकको पहिला हत्या गरेर उनले आत्महत्या गरेको देखिन्छ । पोस्टमार्टम रिपोर्टमा तीन जानमाथि छाती र पेटसहित शरीरका भित्रि भागसम्म धारिलो वस्तुले घोपेको चोट देखिन्छ । त्यस्तै टाउकोमा बोधो वस्तुले प्रहार (ब्लन्ट हन्ट) गरिएको देखिएको छ ।

पोस्टमार्टममा संलग्न चिकित्सक र अनुसन्धानमा खटिएका प्रहरी अधिकारी दिनेशले तीन जनालाई बेहोस बनाउन पहिले टाउकोमा हानेर त्यसपछि धारिलो वस्तुले घोपेको हुन सक्ने बताउँछन् । उनका अनुसार परिवारका सदस्यको हत्या गरेर विछिप्त बनेपछि आफ्नै शरीरका विभिन्न भागमा धारिलो वस्तु प्रहार गरेको र त्यसको पीडा खप्न नसकेर घाँटीमा डोरीले बेरेर मृत्यु रोजेको हुनसक्ने देखिन्छ ।

शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले घटना विश्लेषण, प्रकृति, स्थलगत अवलोकन र पोस्टमार्टम रिपोर्ट केलाउँदा दिनेशले तीन जनाको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताए । ‘पोस्टमार्टम रिपोर्टको नतिजा अनि घटनाको स्थलगत अवलोकन/विश्लेषण गर्दा घटना दिनेशबाटै भएको हुनसक्ने देखिन्छ, हामीले रिपोर्ट प्रहरीलाई पठाइसकेका छौं, यस बारेको बाँकी विषय प्रहरीबाटै आउला ।’ प्रहरीले घटनास्थलमा फेला पारेको मृतक दिनेशको सुसाइड नोटमा पनि ‘श्रीमती र छोरा/छोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख छ ।

१२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र उनकी श्रीमती सुनिताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवाद हत्याको रुपमा पुगेको प्रहरीले जनाएको छ ।

सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइतीपक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसा गरेको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेका छन् । सुसाइड नोटमा दिनेशले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लग्नु (मार्नु) परेको उल्लेख गरेका छन् ।

दिनेश र सुनिताबीचको पारिवारिक विवाद प्रहरीसम्मै पुग्ने गरेको र मिलापत्र टुंगिने गरेको देखिएको छ । तर, यस पटक श्रीमती र सन्तानको हत्या गरेर उनले आत्महत्या गर्न बाध्य भएको सुसाइड नोटमै खुलाएका छन् ।

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साताको पहिलो दिन घट्यो सुनको मूल्य
चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण
२४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन
वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
विश्व हाँसो दिवस मानाउँदै
रास्वपा सचिवालयको बैठक बस्दै

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ६.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

भर्खरै

  • १.
    साताको पहिलो दिन घट्यो सुनको मूल्य

  • २.
    चितवनमा उद्योगी व्यवसायीलाई लक्षित गरी एआई तथा डिजिटल मार्केटिङ अभिमुखीकरण

  • ३.
    २४ घण्टामा ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

  • ४.
    वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

  • ५.
    विश्व हाँसो दिवस मानाउँदै

  • ६.
    रास्वपा सचिवालयको बैठक बस्दै

  • ७.
    काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

  • ८.
    आज मिति २०८३ साल वैशाख २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.