• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

आज अन्तरराष्ट्रिय योग दिवस

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३. विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ४. फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५. आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६. बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ७. आज अन्तरराष्ट्रिय योग दिवस

  • ८. कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ९. गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

यिनै हुन् काठमाडौँमा दिनेशले हत्या गरेका श्रीमती सुनिता, छोरी आशिका र छोरा आशिक

काठमाडौँ

राजधानीको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवाद र शंकाले परिवार नै सखाप भएको छ । पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हlत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।

प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो ।

केहीबेर अघि स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेका थिए । सोमबार विहान गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, छोरा ८ वर्षका आशिक र छोरी १३ वर्षकी आशिका मृत भेटिएका थिए ।

यसरि थाहा भयो घटना

काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित पदमसालमा सोमबार बिहान ८ बजेतिर आर्मी स्कुलको गाडी रोकियो । गोरखा भिमसेनथापा गाउँपालिका–६ घर भएका ४१ वर्षीय दिनेश पाण्डेकी छोरी आशिका सैनिक स्कुलमा पढ्थिन् ।

गाडी धेरैबेर रोकियो तर आशिका बस चढ्न आइनन् । स्कुलका स्टाफले बोलाइदिन आग्रह गरेपछि एकजना छिमेकी पाण्डेको घरमा गए । पदमसालस्थित मुल सडकबाट करिब २ सय मिटरभित्र रहेको एकतले घरको ढोका खुलेन । झ्यालबाट हेर्दा विभत्स दृश्य देखियो ।

दिनेश पत्नी ३९ वर्षकी सुनिता भुइँमा मृत अवस्थामा पल्टिरहेकी थिइन् । खाटमा दुई नाबालक १३ वर्षीया छोरी आशिका र ८ वर्षका आशिक मृत अवस्थामा थिए । दिनेशलाई छिमेकीले देखेनन् ।

प्रहरी पुगेर ढोका फुटाउँदा दिनेश पनि अर्को कोठामा मृत अवस्थामा पल्टिरहेका थिए । दिनेशको पेटमा चक्कुले रोपेको डोब थियो । घाँटीमा बिजुलीको तार बाँधिएको थियो । झुण्डिने प्रयास गरेको तर, उनी झुlण्डिन नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेशले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘हत्यापछि आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धान निष्कर्ष छ,’ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

घटनास्थलबाट प्रहरीले १० पेज लामो सुसाइड नोट बरामद गरेको छ । दिनेशले सुरुमा पत्नीसँग आफ्नो लामो गुनासो लेखेका छन् । खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको तर, सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको दिनेशको आरोप छ ।

उनी ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि स्वदेश फर्केका थिए । पछिल्लो समय उनले तारकेश्वरमा घर नजिकै फेन्सी र इलेक्ट्रिक पसल चलाएका थिए । इलेक्ट्रिक सामग्री मर्मत र बिजुलीको काम गर्न दिनेश सिपालु थिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार परिवारमा बेमेल थियो । माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ ।

अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘पत्नीको मोबाइलमा तेस्रो मान्छेको मेसेज आएको भनेर उनीहरुको बिचमा झगडा हुने गरेको देखिन्छ ।’

२०७७ माघमा दिनेशले आफूलाई तरकारी काट्ने चक्कुले हिlर्काएर हlत्या प्रयास गरेको भनेर सुनिताले प्रहरी वृत्त बालाजुमा उजुरी गरेकी थिइन् । ‘मलाई चौकीमा लगेर थुनाउने काम गरियो,’ सुसाइड नोटमा दिनेशले लेखेका छन्, ‘मलाई झुटो मुद्दा लगाएर सुनिताका दाजु र भाइले मेरो सम्पत्ति हडप्न खोजेको मैले बुझेको छु ।’

पारिवारिक कलहका कारण हत्या र आत्महत्याको बाटो रोजेका दिनेशले आफ्ना कलिला दुई सन्तानको हlत्याबारे यस्तो लेखेका छन्, ‘बच्चाको मायाले यिनीहरुलाई पनि सँगै लैजाने निर्णय लिएँ ।’ सुसाइड नोटमा दिनेशले पत्नीलाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।

मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार ५ गते शुक्रबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ३.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

  • ४.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ५.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

भर्खरै

  • १.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • २.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

  • ३.
    फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

  • ४.
    रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने

  • ५.
    कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

  • ६.
    आज मिति २०८३ साल असार ७ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    आज अन्तरराष्ट्रिय योग दिवस

  • ८.
    विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.