• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, बैशाख १८, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६. एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ७. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ९. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • १०. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

झुण्डिनुअघि सलिनले सानीआमासँग सोधेका थिए- ममी म मरें भने के गरिसिन्छ ?


काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शोकमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।

उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृत फेला परेका थिए।

उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झुण्डिएको अवस्थामा फेला परेका थिए। सडकबाट केही दूरीमा रहेको एक रूखमा उनी झुण्डिएका थिए।

घटनास्थलबाट उनको मोबाइल र ब्याग पनि फेला पर्‍यो। नजिकै सडक छेउमा उनले चलाउने स्कुटर पनि पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। उनको ब्यागबाट प्रहरीले अर्को एउटा डोरी, पासपोर्ट, नागरिकतालगायत केही कागजातहरू पनि फेला पारेको थियो।

उनले त्यसरी आत्महत्या नै गर्छन् भनेर कसैले सोच्नै नसकेको काका श्यामकुमार बताउँछन्। उनका अनुसार सलिन अष्ट्रेलिया जाने तरखरमा थिए।

त्यसको लागि उनी बागबजारको एक कन्सल्टेन्सीमा गएर आइइएलटिएस गर्दै थिए। कालिमाटीस्थित इन्टेन्सिभ इन्टरनेशनल कलेजमा कक्षा १२ सकेसँगै पछिल्लो एक वर्षदेखि उनी अष्ट्रेलियामा जाने तयारी गरिरहेका थिए। अष्ट्रेलियामा उनका अर्का एक जना साथी पनि छन्।

कन्सल्टेन्सीमा जान उनी सधैँ बिहान साढे ८ बजे नै घरबाट निस्किन्थे। त्यो दिन बिहान स्थानीयले बोलाएपछि श्यामकुमार सलिनकै स्कुटर लिएर हिँडेका थिए। आठ बजेपछि उनले सलिनलाई फोन गरेर जानुपर्ने नपर्नेबारे सोधेका पनि थिए।

‘बाहिर गाउँकै समस्याले बोलाएपछि म गएको थिएँ। आठ बजिसकेको थियो। साढे ८ मा त ऊ हिँड्थ्यो सधैँ,’ श्यामकुमारले भने, ‘अनि मैले कहाँ हो कतिबेला जाने भनेर सोधेको थिएँ। धेरैबेर कुरा पनि भएको थिएन।’

भतिज हिँड्ने बेला भयो भनेर हतारहतार घर आएर स्कुटर छाडेर उनले गाडी लिएर हिँडेका थिए। फेरि उनले ९ बजे पनि फोन गरेर कहाँ हो भनेर सोधेका थिए। कक्षा सुरू हुन लागेको र साढे १० बजेदेखि ११ बजेसम्म घर फर्किन्छु पनि भनेका थिए।

फोन गरेपछि श्यामकुमार वडा कार्यालयमा गए। आइतबार र सोमबार ब्रत बसेको हुँदा मंगलबार बिहान आमा-बुवा पनि सँगै खाना खान भनेर सलिनलाई कुरिरहेका थिए। साढे ११ बजे फोन गर्दा पनि उनको फोन लागेन। त्यसपछि खाना खाएर बुवा अफिस पनि हिँडेका रहेछन्।

फेरि पौने १ बजे बुवाले फोन गरेर सोधे- तँ कहाँ छस्? सलिन रातोपुलस्थित आफ्नी सानीआमाको घरमा पुगेका रहेछन्। ‘त्यहाँ गएको रहेछ। छोरा आएपछि आमा पनि खुसी नै हुने भइहाली। खाना पनि खाए, गफ गरे,’ श्यामकुमारले भने।

सलिनले आफ्नी सानीआमासँग ७५० डलर मागे। किन चाहिएको भन्ने प्रश्नमा भने उनले आफ्नो पार्सल आउँदै गरेको र त्यो लिनलाई भनेका थिए। अचानक पैसा मागे पनि जिस्किएको भन्ने सोचेरै सानीआमाले कुरैकुरामा टालिन्।

फेरि सलिनले सानीआमासँग हाँसीहाँसी नै सोधेका थिए, ‘ममी म मरें भने के गरिसिन्छ?’ उनले पनि जिस्किएरै जवाफ फर्काए, ‘मर्छस् मर्छस्। ग्वाङ्ग्रे।’ उनलाई घरमा मायाले ग्वाङ्ग्रे भनेर पनि बोलाउने रहेछन्।

केहीबेर फोन चलाएपछि उनी त्यहाँबाट निस्किए। त्यहाँबाट पनि उनी घर गएनन्, ललितपुरको फुल्चोकी डाँडामा पुगे। ‘रातोपुलमा पैसा लिएर न एयरपोर्टमा पैसा दिन पो सजिलो हुन्छ भनेर हो कि। के हो थाहा भएन। तर पछि ऊ घर आएन,’ श्यामकुमारले भने।

राति पौने ८ बजेसम्म पनि उनी घर फर्किएका थिएनन्। बुवाले निरन्तर फोन गर्दा पनि सलिनले उठाइरहेका थिएनन्। पछि सिधै प्रहरीले फोन उठायो र भन्यो- सलिन अधिकारी यहाँ झुन्डिएको छ।

त्यो सुनेपछि घरमा कोलाहल सुरू भइसकेको थियो। श्यामकुमारले पनि दाइ रोइरहेको सुनेपछि के भएको भनेर चासो राखे। सलिनले आत्महत्या गरेको खबर सुनेपछि उनलाई विश्वास लागेन। उनले फेरि आफैं प्रहरीलाई फोन गरेर जानकारी लिए।

त्यसपछि उनले घटनास्थलमा आफूहरू नपुगुञ्जेल डोरी नकाट्न र मुचुल्काको काम सुरू नगर्न भन्दै घरबाट गाडी लिएर हिँडे। सलिनको शव सुरूमा एक जना ड्राइभरले देखेका रहेछन्। उनी फुल्चोकी डाँडाबाट फर्किरहेका थिए। स्कुटर रोकेकै ठाउँमा गाडी रोकेर चुरोट खान लाग्दा कोही झुन्डिएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

‘माथिबाट एउटा गाडी तल झरिरहेको रहेछ। बीच बाटोमा चुरोट खाने भनेर रोकेको रहेछ,’ श्यामकुमारले भने, ‘यताउती हेर्दा मान्छे झुन्डिएको देखेछन्। अनि आएर प्रहरीलाई खबर गरेछन्।’

घटनास्थल पुगेका श्यामकुमार लगायतलाई घटना शंकास्पद लागेन। आत्महत्या नै गरेका हुन् भनेर आश्वस्त भए। त्यसपछि प्रहरीले पोष्टमर्टमको लागि शव ललितपुरको पाटन अस्पताल पठायो। मृतक परिवारलाई बुधबार बिहानै प्रहरी वृत्त सातदोबाटोमा बोलाएको थियो।

श्यामकुमारलगायत केही आफन्तहरू सातदोबाटो पुगेका थिए। त्यहाँ पुगेर घटनास्थलबाट बरामद भएको फोन हेरेको श्यामकुमारले बताए। उनले आत्महत्या गर्नुअघि सुसाइड नोट लेखेर आफ्नो अष्ट्रेलियामा भएको साथीलाई पठाउन पनि खोजेका रहेछन्।

उनले घटनास्थल, रूख र डोरीसमेतको तस्बिर खिचेर पठाउन खोजेका थिए। तर फुल्चोकीको डाँडामा राम्ररी नेटवर्क नटिपेको हुँदा सेन्ड नभएको श्यामकुमारले बताए।

‘फोनमा पनि सबै अनलक गरेको रहेछ। हामीले पछि भेटाएपछि सबै हेरोस् भनेर पो हो कि। हामीले फोन हेर्दा फोटोहरू पनि पठाउन खोजिएको रहेछ। फुल्चोकी जानु अघि मेसेजमा साथीसँग पनि कुराकानी भइरहेको रहेछ। तर त्यहाँ पुगेपछि भने टावर टिपेन होला, मेसेज गएन। मेसेजमात्रै गएको भए पनि तुरून्तै हामीसम्म खबर आइपुग्थ्यो कि!,’ उनले भने।

त्यो मेसेजमै उनले ती साथीलाई नै एउटा सुसाइड नोट पनि पठाएका रहेछन्। जसमा भनिएको थियो, ‘म स्क्याममा डुबें। मैले धेरै साथीभाइ घरपरिवारको पैसा तिर्न सकिनँ। त्यसैले म सदाका लागि बिदा हुन्छु।’

उनले यो मेसेज दिउँसो २:५७ बजे पठाउन खोजेका थिए। तर त्यो गएन। फोनमा अर्को एक जनासँग पनि निरन्तर कुरा भएको देखियो। जसको नाम ‘मम’ भनेर सेभ गरिएको थियो। दोहोरो सम्वाद त्यति धेरै भएको पनि देखिन्न तर सलिनले निरन्तर पैसा पठाइरहेको जानकारी गराइरहेका थिए।

‘मम भनेर ह्वाट्सएपमा राखेको देखिन्छ। मैले यति पैसा पठाएँ भनेर भनिरहेको मात्रै देखिन्छ। फेरि ऊ सानीआमाकोमा छु भनेको बेलैमा गेमओभर भनेर मेसेज पनि आएको रहेछ,’ उनले भने। उनी कसैको स्क्याममा फसेको हुनुपर्ने श्यामकुमार बताउँछन्। जसले उनलाई पैसा पठाइराख्न बाध्य बनायो।

उनले त्यसरी नै अन्दाजी १२ लाख जति पैसा ती ठगलाई पठाइसकेको हुनुपर्ने श्यामकुमारको अनुमान छ। यसबारे यकिन विवरण आइनसकेको उनले बताए। उनले कति पैसा पठाए भन्नेबारे बैंकबाट पनि विवरण मागिरहेको बताए।

सलिनले आफ्नी सानीआमासँग जसरी अरू आफन्त तथा साथीभाइसँग पनि पैसा सापटी मागेका रहेछन्। आफ्नै भाइ र आमाको गहना पनि नजिकैको गहना पसलमा बन्दकी राखेर पैसा सापटी लिएको श्यामकुमारले बताए।

नजिकै रहेको भत्केपाटीको इसेवाको काउन्टरबाट मात्रै उनले २० पटक पैसा पठाइसकेका रहेछन्। तर तिर्नै नसकेपछि र यसबारे कसैलाई पनि भन्न नसकेपछि भने सलिनले आत्महत्याको बाटो रोजेको हुनुपर्ने श्यामकुमारको भनाइ छ।

‘कुन मान्छेले कसरी ठग्यो थाहा भएन। हामीलाई पनि ह्वाट्सएपमा लटरी पर्‍यो। तपाईंको पार्सल लिन आउनु भन्ने जसरी आइरहेको हुन्छ। त्यसमै फसेको भन्ने लाग्छ,’ उनले भने, ‘अरू सबैसँग पैसा मागे पनि मसँग भने मागेन। यति धेरै पैसा मागिसकेको रहेछ। कसैलाई पनि थाहै भएन। काम पर्‍यो, सामान आउँदैछ भनेर कतिलाई त्यसरी नै मागेको रहेछ।’

उनी श्यामकुमारको नजरमा सामान्य खालका व्यक्ति थिए। महत्वकांक्षी मान्छे नभएको उनले बताए। आफूले समाजको लागि काम गर्न भनेर लागिरहँदा नै आफ्नै भतिजा समस्यामा फसिरहेको बारेमा जानकारी लिन नसक्दा उनी दु:खी छन्।

source onlinedabali

सोमबार, साउन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती
आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ६.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

भर्खरै

  • १.
    वैशाख शुक्ल पूर्णिमाः मनाइँदै बुद्ध जयन्ती

  • २.
    आज १३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

  • ३.
    आज मिति २०८३ साल वैशाख १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • ५.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ६.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ७.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ८.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.