टिकटकबाट चर्चा कमाएपछि म्युजिक भिडियोकी अत्यन्तै व्यस्त मोडल बनेकी उषा उप्रेतीले इन्टरनेटको गर्मी बढाएकी छिन् ।
उषा नयाँ चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् ।
उषा आफूलाई रोमान्टिक लभ स्टोरी चलचित्र सुहाउने बताउँछिन् । यसैले अहिलेका चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतसँग डेब्यु गर्ने उनको इच्छा छ । यसबाहेक राम्रो ब्यानर र सफल निर्देशकको चलचित्रबाट अफर आएको खण्डमा आफू झनै उत्साहित हुने उषा बताउँछिन् ।
उनले फ्लोरल बिकिनीमा स्विमिङ पूलमा फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरिएका तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ ।
उषाले पछिल्लो समय उनी कुकुरसँग रमाइरहेको तस्बिर साझा गरेकी छन् । कुकुरले उनको गालामा चुम्बन गरेको देख्न सकिन्छ । तस्बिरमा फ्यानले भाग्यमानी कुकुर भनेर प्रतिक्रिया दिइरहेका छन् ।