• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, असार २६, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

फिफा विश्वकप : कुरासाओ र इक्वेडर गोलरहित बराबरीमा

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४. सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५. आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

ट्याटु खोप्दा शरीरको कुन भागमा बढी दुख्छ ?

एजेन्सी – बेलायती विज्ञान तथा जीवविज्ञानकी शिक्षिका नताली विल्सरले आफ्नो हातमा अल्बर्ट आइन्स्टाइनको ट्याटु खोपेकी छिन् । उनको खुट्टामा, नाडीमा र गोलीगाँठोमा पनि विभिन्न डिजाइनका ट्याटूहरू छन् ।

उनका लागि यी सबै ट्याटुहरूमध्ये सबैभन्दा पीडादायी खुट्टाको माथिल्लो भाग र गोलीगाँठो तिर बनाएको ट्याटु थियो । उनले बीबीसीको पोडकास्ट ‘टिच मी लेसनस’ मा भनिन्, ‘पीडा आफूलाई सुरक्षित गर्ने एउटा तरिका हो र नसाका कारण यस्तो पीडा महसुस हुन्छ ।’

उनले पोडकास्ट प्रस्तुतकर्ता बेला म्याकी र ग्रेग जेम्ससँगको कुराकानीमा भनिन्, ‘शरीरको जुन हिस्सामा कम बोसो हुन्छ र धेरै स्नायु हुन्छन्, त्यो भागमा ट्याटु बनाउनु सबैभन्दा पीडादायी हुन्छ ।’ विल्सर भन्छिन्, ‘खुट्टा र घुँडाबाहेक कम्मर, काखी, काँध र करङको नजिकको क्षेत्र अत्यन्तै संवेदनशील हुन्छ तर, यो व्यक्तिमा भर पर्छ कि उसको शरीरको कुन भाग बढी संवेदनशील छ । ’

उनले भनिन्, ‘शरीरको जुन भागमा ट्याटु बनाइन्छ अर्थात् सुईले छालामा प्ङ्क्चर गरिरहेको हुन्छ, त्यतिबेला स्नायुले मस्तिष्कमा पीडाको सन्देश पठाउँछ ।’ तर के बुझ्नु पर्छ भने एक व्यक्तिलाई ट्याटु बनाउन जति दुख्छ, त्यस्तै अरुलाई पनि दुख्छ भन्ने छैन । दुखाइको मात्रा विभिन्न व्यक्तिहरूको संवेदनशीलतामा निर्भर हुन्छ ।

एक व्यक्तिको सहनशीलता क्षमता पनि अर्को व्यक्तिको सहनशीलता क्षमताभन्दा फरक हुने उनी बताउँछिन् । त्यसैले दुखाइको मात्रा फरक हुन सक्छ ।

पहिलो ट्याटू

ट्याटू शताब्दीयौं देखि मानव सभ्यता को एक हिस्सा रहँदै आएको छ । संसारका विभिन्न भागहरूमा विभिन्न नाममार्फत् ट्याटूहरू अभ्यास गरियो । तर उत्जीको शरीरमा संसारको सबैभन्दा पुरानो ट्याटु फेला परेको थियो । जसलाई हिमपुरुष ९आइसम्यान० पनि भनिन्छ ।

सन् १९९१ मा यो ममी इटालीको आल्प्स क्षेत्रको दुर्गम क्षेत्रमा फेला परेको थियो । यो विगत ५ हजार वर्षदेखि हिउँमा दबिएको थियो । विल्सर भन्छिन्, ‘यद्यपि उत्जीका ट्याटु, धेरै सानो थिए । त्यो थोप्ला र ड्यासहरूले बनाइएको चित्र जस्तै थियो । मानवशास्त्रीहरू ट्याटु भनिएको त्यो चिन्ह चिकित्सा उद्देश्यको लागि एक्यूपंक्चर उपचारको संकेत पनि हुन सक्ने विश्वास गर्छन् ।’

उनी भन्छन्, ‘यो निकै रोचक कुरा हो । त्यो समयमा (अर्थात् ढुङ्गे युग र धातु युगमा पनि) मानिसहरूलाई ट्याटु कसरी प्रयोग गर्ने भनेर थाहा थियो र मानिसहरूले यसलाई एकदम सही तरिकाले प्रयोग गर्थे ।’ त्यस पछि, ट्याटूहरू बिस्तारै कथाहरू सुनाउने माध्यम बन्यो ।

विल्सर थप्छिन्, ‘पौराणिक कथा अनुसार क्याप्टेन जेम्स कुकले १८ औं शताब्दीको उत्तरार्धमा धेरै मानिसहरूलाई भेटे । प्रशान्त महासागरमा आफ्नो यात्राको क्रममा, उनले ट्याटु भएका धेरै मानिसहरूलाई भेटे । उनका चालक दलका ९० प्रतिशत सदस्यहरूले अनुभवलाई जीवित राख्न ट्याटु बनाए । ’

‘ब्रिटिश नौसेनाका सिपाहीहरूले यो परम्परा विरासतमा पाए र आफ्नो यात्रामा ट्याटु बनाउन थाले । उनीहरूले ट्याटू बनाउन पिसाब र बारूदको प्रयोग गरे,’ विल्सर भन्छिन् । ट्याटु मेसिनहरू १९ औं शताब्दीको अन्तसम्ममा अस्तित्वमा आए । जुन वास्तवमा थोमस एडिसनको प्रिन्टरमा आधारित थियो ।

‘यो सन् १८७५ मा बनाइएको थियो र त्यो समयदेखि नवीनतम मोडेलसम्म यसमा धेरै परिवर्तन भएका छैनन् । यसमा भएका सुईले अझै पनि एक मिनेटमा ५० देखि ३,००० पटकसम्म छालामा रोप्न सक्छ ।’

शरीरको सबैभन्दा ठूलो भाग

छालाले शरीरको भित्री भागलाई ढाक्ने काम गर्छ । हरेक २८ दिनमा हाम्रो छाला नयाँ हुन्छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि छाला नयाँ बन्यो भने ट्याटुको रंग किन उस्तै रहन्छ ?

प्रोफेसर विल्सरका अनुसार छालाका मुख्य तीन तह हुन्छन् । बाहिरी छेउमा एपिडर्मिस, बीचमा डर्मिस, जहाँ रगत नलीहरू, पसिना ग्रन्थीहरू, रोम–छिद्र र स्नायुहरू छन् । भित्री तह हाइपोडर्मिस तह हो ।’

उनी भन्छिन्, ‘ट्याटुको मसीलाई छालाको नसा भएको भागमा इन्जेक्सन गरिन्छ । एपिडर्मिसले सुरक्षित हुने भएकाले ट्याटुको रङ फिक्का हुँदैन ।’

विल्सर भन्छिन्, ‘जब मसी इन्जेक्सन गरिन्छ, स्नायुहरूले मस्तिष्कमा सन्देश पठाउँछ कि तिनीहरू घाइते छन् । यसपछि, मस्तिष्कले शरीरको त्यो भागको सन्देश लिएर सुरक्षात्मक व्यवहार अख्तियार गरेर ह्वाइट–ब्लड–भेसल्सलाई उक्त स्थानको सुरक्षाका लागि निर्देशन दिने गर्छ ।’

शनिबार, साउन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा
बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर
रास्वपा महाधिवेशन आजदेखि चितवनमा,रवि र बालेनले उद्घाटन गर्ने
आज अन्तरराष्ट्रिय योग दिवस

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ५.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • २.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ३.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ७.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

  • ८.
    बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.