• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन ०१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

बाजुरा बस दुर्घटना अपडेटः २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

लोकप्रिय समाचार

  • १. चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भारतबाट आउने १० प्रतिशतमा कोरोना संक्रमण

भारतबाट नेपाल भित्रिने नागरिकको सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमिण देखिने क्रम निकै बढ्न थालेको छ । भारतमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढिरहेका बेला त्यहाँबाट नेपाल आउने नागरिकमा पनि संक्रमण देखिने क्रम बढेको गौरीफण्टा नाकास्थित सीमा स्वास्थ्य बिटले जनाएको छ ।

धनगढीस्थित त्रिनगर स्वास्थ्य बिटका इन्चार्ज गणेश साउदका अनुसार पछिललो समय भारतबाट आउने मध्ये १० प्रतिशतसम्म मानिसमा कोरोनाको संक्रमण देखिन थालेको छ । पछिल्लो समय भारतबाट गौरीफण्टा नाका हुँदै दैनिक दुई सय ५० जनासम्म मानिस नेपाल भित्रिने गरेकोमा उनीहरूमध्ये १० प्रतिशत सम्मका संक्रमण देखिन थालेको उनले बताए ।

‘एक साता पहिलासम्म कोरोना संक्रमण देखिने क्रम त्यति थिएन्,’ साउदले भने, तर पछिल्लो पाँच दिनयता भारतबाट आउने मध्ये स्वास्थ्य परीक्षण गरिएका ८ देखि १० प्रतिशत नागरिकमा कोरोनाको संक्रमण देखिन थालेको छ, यो क्रम अझै बढ्ने देखिएको छ ।’

भारतमा कोरोना संक्रमणदर बढ्न थालेपछि त्यसको असर नेपालमा देखिने गरेको उनले बताए । ‘भारतमा कोरोनाको जोखिम बढेपछि नेपालीहरू स्वदेश फिर्ता हुने गरेका देखिन्छन्,’ उनले भने, ‘स्वदेश फर्कने मध्ये केही उतै संक्रमित भएर आउनले गरेका छन् ।’

सीमा नाकामा कोरोना संक्रमण पुष्टि हुने नागरिकको संख्या बढ्न थालेपछि उनीहरूलाई व्यवस्थापन गर्ने व्यवस्था भने नरहेको उनले बताए । धनगढी उप(महानगरपालिकास्थित बेली आइसोलेसन सेन्टरमा कोरोना संक्रमित राख्ने गरिएकोमा संक्रमणको जोखिम नरहेको भन्दै अहिले सो आइसोलेसन सेन्टर बन्द गरिएको छ । जसका कारण सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ भएका नागरिकलाई पनि घर पठाउनुपर्ने बाध्यता रहेको स्वास्थ्य बिटका इन्चार्ज साउदले बताए ।

‘रोगको परिक्षण गरिएपछि पोजेटिभ देखिएका नागरिकलाई अरुको सम्पर्कमा जान नदिन आइसोलेसनको व्यवस्था हुनुपर्ने हो,’ साउदले भने, ‘तर अहिले संक्रमितको व्यवस्थापनमा कसैले ध्यान दिएको छैन, जसका कारण कोरोना संक्रमितलाई सिँधै घर पठाउनु पर्ने बाध्यता रहेको छ ।’

भारतबाट आउने नागरिकमा कोरोना संक्रमण दर बढेको बारे स्थानीय तहका जनप्रतिनिधि, सुदूरपश्चिम प्रदेश सरकार र रोग निवारण महाशाखा काठमाडौंलाई जानकारी गराइने गरेको उनले बताए । ‘हामीले संक्रमणको अवस्थाका बारेमा सबै निकायलाई रिपोर्ट दिने गरेका छौं,’ उनले भने, ‘तर उनीहरूको व्यवस्थापनका लागि भने कसैले पनि चासो दिएको पाइदैन, यसले फेरि समाजका कारोना संक्रण फैलाउने त्रास बढेको छ ।’

गौरीफण्टा स्वास्थ्य बिटमा अहिले कोरोना परीक्षणसँगै टिबी, एचआइभी, डेङ्गू, मलेरिया, स्क्रफटाइफस र कालाजारको समेत परीक्षण हुने गरेको छ । तर, भारतबाट आउने सबै नागरिकलाई स्वास्थ्य परीक्षण केन्द्रसम्म पुर्याउन भने समस्या रहेको स्वास्थ्य बिटका इन्चार्ज साउद बताउँछन् । ‘सीमामा रहेका सुरक्षाकर्मीले सबै नागरिकलाई स्वास्थ्य बिट भएको स्थानमा आउने व्यवस्था गरेर सहयोग गर्नुपर्ने हो,’ उनले भने, ‘तर कतिपय सुरक्षाकर्मीलाई समेत छलेर स्वास्थ्य परीक्षणविनै भित्रिने गरेका छन्, यसका लागि जनशक्ति थप्नु पर्ने देखिन्छ ।’

बुधबार, साउन ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी
सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण
यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?
आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज
गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

लोकप्रिय

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

भर्खरै

  • १.
    चितवनमा वन्यजन्तु आक्रमणका पीडितको घरमै पुगिन् मन्त्री चौधरी

  • २.
    सहकारीलाई दुध बिक्री गर्ने किसानलाई दुध बोक्ने क्यान वितरण

  • ३.
    यस्तो छ आजको मौसमः कहाँ-कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

  • ४.
    आज मिति २०८३ साल असार २५ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    आजको मौसम : पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल असार २३ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नीताको निर्देशकिय फिल्म ‘पार्वती’को गीत ‘नौतुनाको रेल’ रिलिज

  • ८.
    गैँडाकोटमा पहिलोपटक ‘पढ्दै कमाउँदै’ अवधारणासहित एन.आई.टी. कलेज सञ्चालनमा

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.