• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, साउन १५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

एसईईको नतिजा यसै साता सार्वजनिक गरिँदै

काठमाडौँ, साउन १-

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको जनाए । ‘नतिजा प्रकाशनको लागि अन्तिम÷अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले नतिजा प्राप्त गर्ने सम्भावना धेरै छ ।’

विगतका वर्षमा विद्यार्थीको सिम्बोल नम्बर, जन्ममिति, नामथरलगायत विवरणमा धेरै त्रुटि भएर उनीहरुले सच्याउन दुःख पाउने गरेकाले नतिजाअघि नै अधिकतम जाँच गर्न लागिएको उनले जनाए । विवरण फरक परे सच्याउन देशभरका विद्यार्थी भक्तपुर सानोठिमीस्थित कार्यालय नै आउनुपर्ने बाध्यता छ । बोर्डका प्रादेशिक कार्यालयमा यी विवरण उपलब्ध नहुँदा त्यहाँबाट सच्याउन सकिँदैन ।

कोभिड महामारीको दुई वर्षपछि बोर्डले नै यसपटक एसईई परीक्षा सञ्चालन गरेको थियो । कोभिडका बेला आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरेको थियो । पाँच लाख १४ हजार ७६० जना विद्यार्थीले यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट परीक्षा दिएका छन् । त्यसमध्ये जापानको एक परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।

वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय तहको निर्वाचन, बाढी पहिरोलगायत कारणले केही दिन ढिला हुन पुगेको जनाएको छ । यो वर्ष नयाँ लेटर ग्रेडिङ पद्धतिअनुसार एसईईलगायत कक्षा (१–१२) को नतिजा सार्वजनिक तयारी छ । लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त नगरे माथिल्लो कक्षामा अध्ययन गर्न पाइने छैन । जुन कुनै विषयको सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गरेमात्र माथिल्लो कक्षामा भर्ना हुन पाइन्छ ।

सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक प्राप्त नगर्ने विद्यार्थीको ग्रेडसिटमा ‘नन ग्रेडिङ (एनजी)’ उल्लेख हुनेछ । यस्ता विद्यार्थीले उपल्लो कक्षामा पठनपाठन गर्न पाउने छैनन भने ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर पाउनेछन् । दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड प्राप्त नगर्ने विद्यार्थीले अर्को वर्ष सबै विषयको परीक्षामा संलग्न हुन वा सोही कक्षामा पुनः अध्ययन गर्न पाउने व्यवस्था निर्देशिकामा गरिएको छ । यसका कारण विगत वर्षभन्दा यसपालीको नतिजा खस्कन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

  • neb
  • NEB Result
  • see
  • See Result
  • swseet nepal
  • Yubaraj Sharma Journalist
आइतबार, साउन ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी
आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल
गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ
गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.