अष्ट्र्रेलियामा महिलाका पाँच हजार भित्री वस्त्र चोर्ने व्यक्ति खोज्दै प्रहरी
मेलबर्नमा प्रहरीले ठूलो संख्यामा महिलाका भित्री वस्त्र फेला पारेको छ। प्रहरीले महिलाका भित्री वस्त्रहरू चोरी गरेर त्यहाँ थुपारिएको अनुमान गरेको छ।
मेलबर्नको हिकफर्ड स्ट्रिटमा रहेको घरमा प्रहरीले ५००० हजारभन्दा बढी महिलाका भित्री वस्त्र फेला पारेको हो। ति मध्ये अधिकांश अन्डरवेयर र जिम गर्दा लगाउने लुगाहरू रहेका छन्।
प्रहरीले बुधबार दिउसो करीब ३ बजेतिर मेलबर्नको उक्त घरमा छापा हानेको थियो। त्यहाँबाट चोरी गरिएका महिलाका भित्री वस्त्रहरू फेला परेका हुन्।
मेलबर्न प्रहरीले मेलबर्नको उत्तरी भागमा कसैको भित्री वस्त्र चोरिएको भए अनुसन्धानमा सघाउन अनुरोध गरेको छ। त्यसैगरी, यस घटनासँग सम्बन्धित जानकारी भएका व्यक्तिहरूले प्रहरीसँग सम्पर्क गर्न पनि अनुरोध गरिएको छ।