नवलपुर । गण्डकी प्रदेश सरकारले यही असार २९ गते बुधबार गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।भानु जयन्तीका अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।
गत चैतमा मन्त्रिपरिषद्ले बिदा सम्बन्धी निर्णय गरी प्रदेश राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको छ ।आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै सरकारी कार्यालय,शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।