चितवन, असार २६–
चितवनको भरतपुर महानगरपालिका–१ बालकुमारी कलेज रोड नारायणगढमा रहेको रोयल इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टको सम्बन्धन प्राप्त निकायबाट अवलोकन गरिएको छ ।
स्कटल्याण्डको स्कटिस क्वालिफिकेशन अथोरिटीको तर्फबाट साउथ एसियाकी इन्टरनेशनल रिजनल म्यानेजर मार्गरेट चुरानले कलेजको अवलोकन गरेकी हुन् । अवलोकन पश्चात नारायणगढमा आयोजित कार्यक्रममा बोल्दै चुरानलले स्कटल्याण्डको सरकारी मान्यता प्राप्त संस्थाबाट रोयल इन्टरनेशनस्वीकृत प्राप्त कलेज भएकाले विद्यार्थीको भविष्य उज्वल रहेको बताइन् । उनले यहाँ शिक्षा लिएपछि थप उच्च शिक्षाका लागि विदेश जान पनि सकिने र स्वदेशमै रोजगारीको प्रशस्त अवसर समेत रहेको बताइन् ।
स्कटिस क्वालिफिकेशन अथोरिटी नेपालको सिटिईभीटी जस्तै सरकारी संस्था हो । यसले विश्वका विभिन्न देशहरुमा होटेल म्यानेजमेन्ट सम्बन्धी अध्यापनका लागि स्वीकृति दिने गरेको छ ।
कार्यक्रममा बोल्दै एलसीसीआई ग्लोबल क्वालिफिकेशनका चिफ अपरेटिभ अफिसर रोशन राठीले एलसीसीआईले उत्कृष्ट पाठ्यक्रम बनाएको भन्दै विद्यार्थीको भविष्य उज्वल बनाउन तर्फ संस्था केन्द्रीत रहेको बताए । उनले आफूहरुले बनाएको पाठ्यक्रम कोर्ष अन्य ६ देशहरुमा समेत लागू भइरहेको जानकारी दिए । एलसीसीआई विभिन्न विषयवस्तुलाई समेटेर पाठ्यक्रम निर्माण गर्दै आइरहेको छ । यस पाठ्यक्रमलाई स्कटल्याण्डको स्कटिस क्वालिफिकेशन अथोरिटीले मान्यता समेत दिएको छ ।
सन् २०१८ मा नारायणगढमा स्थापना भएको रोयल इन्टरनेशनल कलेजले हालसम्म २ सय भन्दा बढी दक्ष कामदार उत्पादन गरि सकेको छ ।
यस कलेजमा २१ महिनाको एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट र १५ महिनाको डिप्लोमा इन म्यानेजमेन्ट विषयमा पढाई हुने गरेको छ । २१ महिने कोर्षमा १५ महिना सैद्धान्तिक पढाई र ६ महिना तारे होटलमा इन्र्टनसिपको रुपमा पढाई हुने कलेजका प्रमुख आशिष घिमिरेले जानकारी दिए । १५ महिने कोर्षमा ९ महिनामा कलेजमा पढाई र ६ महिना तारे होटलमा इन्र्टनसिप हुने गरेको घिमिरेले बताए । यहाँ होटल सम्बन्धी कुक, वेटर, बारिस्ता, हाउसकिपिङलगायतका सीपहरु सिकाइन्छ । यहाँ सिप सिकेकाहरु कोही थप शिक्षाका लागि अष्ट्रेलिया पुगेका छन् भने धेरैजसो नेपालकै तारे होटलहरुमा रोजगारीमा रहेका छन् ।
यहाँ अध्ययनरत विद्यार्थीहरुले क्रेडिट ट्रान्सफरको रुपमा अष्ट्रेलिया। युके, अमेरिका, फ्रान्स, न्यूजील्याण्डलगायतका देशमा सिधै व्याचलर दोस्रो वर्षमा अध्ययन गर्न जान पाउछन् । यहाँ अहिले २१ महिने कोर्षमा ७० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विहान ४ घण्टा अध्यापन हुने यस कलेजमा चितवनसहित छिमेकी जिल्लाहरु नवलपुर, तनहुँलगायतका जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।