×
शनिबार, जेठ ३१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

लोकप्रिय समाचार

  • १. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४. मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५. यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ७. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. आज मिति २०८२ साल जेठ २६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ९. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • १०. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

कसरी लिने ‘क्यू आर कोड’ सहितको कोभिड खोप प्रमाणपत्र ?


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे पछिल्लाे तथ्यांक अनुसार नेपालको ६९ प्रतिशत जनसङ्ख्यालाई पूर्ण खोप लगाइएको छ भने ७७ प्रतिशतले कम्तिमा एउटा खोप लगाएका छन् । खोप लगाएपछि सम्बन्धित स्वास्थ्य संस्था वा खोप केन्द्रले खोपको विवरण भएको कार्ड उपलब्ध गराउँछन्। तर खोप केन्द्रबाट प्राप्त उक्त कार्डले खोप लगाएको प्रमाणको रूपमा काम गर्दैन, विशेष गरी विदेश यात्रा गर्दा। विदेश यात्रा गर्नेले कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएको प्रमाणित गर्न नेपाल सरकारले उपलब्ध गराएको डिजिटल प्रमाणपत्र प्राप्त गर्नुपर्नेछ।

साउथ एसिया चेकले कोभिड खोपको प्रमाणिकरणका लागि प्राप्त गर्नुपर्ने क्यु आर कोडको बारेमा एक जानकारीमुलक सामग्री तयार पारेकाे छ।

के हो क्यु आर कोड ?

क्यु आर ‘क्वीक रेस्पोन्स’ को संक्षिप्त रूप हो । यसले वेब साइटको ठेगाना, एप डाउनलोडका लागि लिङ्कहरू र बैंक खाता विवरणहरू आदि संग्रह गर्छ। यसमा रहेको विवरणका आधारमा कोडको व्यवस्था फरक हुन्छ। क्यु आर कोड स्क्यान गर्ने एप वा स्मार्टफोन प्रयोग गरी सजिलै स्क्यान गर्न सकिन्छ। धेरैजसो स्मार्टफोनहरूमा आजकल क्यु आर कोड स्क्यानर हुन्छ । नभए एप डाउनलोड गर्नुपर्छ । स्मार्टफोन प्रयोगकर्ताहरूले वाइफाइमा जोड्न वा अनलाइन भुक्तानीका लागि क्यु आर कोड स्क्यानर प्रयोग गर्छन्।

व्यापक रूपमा प्रयोग हुने यो प्रविधि नेपाल सरकारले कोभिड-१९ खोप बारे जानकारीको संग्रह र पहुँच सहज बनाउनका साथै खोप प्रमाणपत्र जारी गर्न अपनाएको छ।

खोप लगाएपछि खोप केन्द्रले एउटा कार्ड दिन्छ जसमा खाेप लगाउने व्यक्तिको विवरण र लगाएको खोपको बारेमा जानकारी हुन्छ। एकपटक पूर्ण खोप लगाएपछि तपाईले क्यु आर कोड भएको डिजिटल प्रमाणपत्रको लागि आवेदन दिन सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालय र स्थानीय स्वास्थ्य संस्थाहरूमा खोप प्रमाणपत्रका लागि निवेदन दिनुपर्छ। स्वास्थ्य मन्त्रालयस्थित व्यवस्थापन महाशाखाका प्रमुख डा रुद्रप्रसाद मरासिनीका अनुसार क्यु आर कोडमा व्यक्तिले लगाएका सबै डोज खोपको बारेमा जानकारी समावेश गरिएकाे हुन्छ । “उक्त जानकारी क्यु आर कोडमा संग्रहित हुन्छ जुन विश्वभर स्क्यान गरी हेर्न सकिन्छ सकिन्छ,” उनले भने ।

यो किन आवश्यक छ?

क्यु आर कोड सहितको खोप प्रमाणपत्र व्यक्तिले कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएको प्रमाण हो। यो प्रमाणपत्र स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका अधिकारीहरू र सम्बन्धित स्थानीय सरकारका स्वास्थ्य एकाइले प्रमाणित गर्छन्।

क्यु आर कोडले मन्त्रालयको वेबसाइटमा पुर्याउँछ जहाँ प्रयोगकर्ताको बारेमा, खोप र खोप लगाएको मिति बारे जानकारी हुन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अन्तर्राष्ट्रिय टर्मिनल भवन। तस्बिरः साउथ एसिया चेक

कसरी प्राप्त गर्न सकिन्छ क्यु आर कोड?

क्यु आर कोड सहितको खोप प्रमाणपत्रको लागि आवेदन दिन तपाईले पहिले कोभिड विरुद्धको खोपको पूरा मात्रा लगाएको हुनुपर्छ। तपाईले त्यसको कार्ड प्राप्त गरेपछि https://vaccine.mohp.gov.np/public-request-form मार्फत क्यु आर कोडको लागि अनलाइन आवेदन दिन सक्नुहुन्छ।

माथिको वेबसाइटमा उलब्ध फाराममा खोपको नाम र ब्याच नम्बर भर्नुपर्छ। त्यसमा खोप लगाएको मिति र स्थानको बारेमा विवरणहरू दिनु पर्दछ।

यी विवरणहरू प्रस्तुत गरेपछि तपाईले निम्न कागजातहरूको फोटो खिची वा स्क्यान गरेर वेबसाइटमा अपलोड गर्नुपर्छ।

१. नागरिकता प्रमाणपत्र

२. पासपोर्ट साइज फोटो

३. खोप कार्ड

तपाईले आवेदन दिएपछि दर्ता नम्बर प्राप्त गर्नुहुन्छ।

यदि कार्डमा स्थानीय सरकार, खोप केन्द्र वा स्ट्याम्प प्रष्ट छैन भने तपाईले खोप केन्द्रमा सम्पर्क गर्नुपर्छ। त्यस्ता अस्पष्ट वा अपुरा कागजात पेश गरेमा क्यु आर कोड प्रमाणपत्रको आवेदन अस्वीकृत हुन सक्छ।

के अफलाइन आवेदन दिन सकिन्छ?

क्यु आर कोड सहितको खोप प्रमाणपत्र प्राप्त गर्ने सबैभन्दा सजिलो तरिका अनलाइन आवेदन दिनु हो। तर, यदि तपाई अनलाइन आवेदन दिन सक्नुहुन्न भने आवश्यक कागजातसहित सम्बन्धित स्थानीय सरकार वा स्वास्थ्य सेवा विभागमा छापिएको फाराम बुझाउन सकिन्छ । यी संस्थाहरूले त्यसपछि कम्प्युटरमा सो फाराम र कागजात स्क्यान गरी अपलोड गर्छन्।

क्यु आर कोड सहितको प्रमाणपत्र बन्न कति समय लाग्छ?

आवेदकहरूलाई तुरुन्तै क्यु आर कोड उपलब्ध गराउने सरकारी नीति भएता पनि कामको बोझ धेरै भएकाले त्यसलाई प्रमाणित गर्न र जारी गर्न ७२ घण्टादेखि सात दिनसम्म लाग्छ । तपाईलाई जरुरी छ भने स्थानीय सरकार वा स्वास्थ्य सेवा विभागमा सम्पर्क गर्न सक्नुहुन्छ।

आफ्नो क्यु आर कोड सहितको प्रमाणपत्र प्राप्त गर्न तपाईले https://vaccine.mohp.gov.np/verify-status मा लग इन गर्नु पर्छ। दर्ता नम्बर प्रस्तुत गरेपछि आफ्नो खोप प्रमाणपत्र डाउनलोड गर्न सकिन्छ। यसलाई नागरिक एपबाट पनि डाउनलोड गर्न सकिन्छ।

क्यु आर कोड सहितको खोप प्रमाणपत्र व्यक्तिले कोभिड-१९ विरुद्धको खोपको पूरा मात्रा प्राप्त गरेको प्रमाण हो। यो प्रमाणपत्र मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका अधिकारीहरू र सम्बन्धित स्थानीय सरकारका स्वास्थ्य एकाइहरूद्वारा प्रमाणित गरिन्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरवेजको विमान। तस्बिरः साउथ एसिया चेक।

के देशभित्रै यात्रा गर्दा यो चाहिन्छ?

चाहिँदैन ।आन्तरिक यात्रा गर्दा यो आवश्यक नभएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए। “यात्रुहरूले आन्तरिक हवाई यात्राका लागि खोप केन्द्रले उपलब्ध गराएको खोप कार्ड देखाउनुपर्छ। तर क्यु आर कोड आवश्यक छैन,” उनले साउथ एसिया चेकलाई भने।

कति खर्च लाग्छ?

यो नेपाल सरकारले प्रदान गर्ने निशुल्क सेवा हो। यसको मतलब आवेदन प्रक्रियाको कुनै पनि चरणमा पैसा तिर्नु पर्दैन।

आवेदन प्रक्रियाको लागि तलका प्रक्रिया पूरा गर्नुहोस् :

https://vaccine.mohp.gov.np/public-request-form मा लग इन गर्नुहोस् ।
आवश्यक सबै विवरणहरू उल्लेख गरेर फाराम भर्नुहोस्।
खोप केन्द्रले जारी गरेको खोप कार्ड, आफ्नो नागरिकता प्रमाणपत्र, राहदानी साइजको फोटो अपलोड गर्नुहोस्।
आवेदन पेश गर्नुहोस्।
दर्ता नम्बर टिप्नुहोस्।
प्रमाणपत्र डाउनलोड गर्न https://vaccine.mohp.gov.np/verify-status मा लग इन गर्नुहोस्।
प्रमाणपत्र डाउनलोड गर्न https://vaccine.mohp.gov.np/verify-status मा लग इन गर्नुहोस्।
दर्ता नम्बर प्रविष्ट गर्नुहोस् र प्रमाणपत्र डाउनलोड गर्नुहोस्।
‘साउथ एसिया चेक’ बाट

आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना
प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह
ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित
एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

लोकप्रिय

  • १.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ४.
    मौसमः आज कता-कता छ, वर्षाको सम्भावना ?

  • ५.
    यज्ञको पूर्णाहुति गर्न चर्चित धर्मगुरु कालिवावा आज कोटीहोममा आउँदै

  • ६.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

भर्खरै

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ३.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    प्रेसमैत्री नीति र बजेट निर्माण गर्न पत्रकार महासंघ चितवनको आग्रह

  • ७.
    ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

  • ८.
    एक्सपर्ट स्पिच स्टार’ मा असार १५ सम्म भिडियो पठाउन पाइने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.