• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, साउन १६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी

लोकप्रिय समाचार

  • १. गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २. ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३. आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४. गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

‘अस्ट्रेलिया आउँदा कालो पाइन्ट र कालै जुत्ता ल्याएस्’


सिड्नी : उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आउने विद्यार्थीलाई यहाँका आफन्त वा साथीभाइले दिने एउटा साझा सल्लाह हो- आउँदा कालो जुत्ता, कालो पाइन्ट र सेतो सर्ट लिए आउन नभुल्नू है।

अर्थात यहाँ आएपछि साधारणतया काम गर्ने भनेको रिटेल, क्लिनिङ र अतिथि सत्कार नै हो र त्यसका लागि कालो पाइन्ट र कालो जुत्ता अनिवार्य मानिन्छ। त्यसैले पनि यता आउनेका लागि यो साझा सुझाव हो।

अन्तर्राष्ट्रिय विद्यार्थीको हकमा आइटी पढेकाहरू कुकरी काम गर्ने र एकाउन्टेन्टहरू रिटेल अनि क्लिनिङ तिर भेटिनु अस्ट्रेलियाको लागि सामान्य विषय हो।

अब हामीले यस्ता साझा सुझावलाई फरक अध्यायमा रूपान्तरण गर्नुपर्ने वरिष्ठ कम्प्युटर ईन्जिनियर सुनिल सिग्देलले बताए।

‘यो सुझावमा कता कता अवहेलनाको भाव झल्कन्छ। हामी पढेर आएका कयौं नेपाली विद्यार्थीले ज्ञान र सिपका आधारमा कोट टाई लगाउन सक्षम छौं भन्ने अवधारणा विकसित गर्नुपर्छ’, उनले भने।

नवलपुरको गैडाकोट स्थायी घर भएका सुनिलले आफू अस्ट्रेलिया आउँदा पनि यस्तै सुझाव पाएको जानकारी दिए।

होटल म्यानेजमेन्टमा मास्टर्स गर्न आएका सुनिलले सम्भावनाको आधारमा यता आएर आइटीमा मास्टर्स गरे। त्यसपछि सिकेको ज्ञानलाई केही महिना अनुभवमा लगाए। अहिले स्थापित ईन्जिनियरका रूपमा जागिरे छन्।

‘अस्ट्रेलियामा सम्भावनाका अनेक बाटा छन्। त्यसलाई पछ्याउने जिम्मेवारी विद्यार्थीको मिहेनत र लगनमा निर्भर रहन्छ’, सुनिलले अनुभव सुनाए।

‘मैले आईटीमा मास्टर्स गरेर जागिर खोज्ने प्रयास गरेँ। तर थाहा भयो प्रमाणपत्रले मात्र काम पाइन्न रहेछ। त्यसपछि आइटीको अनुभव बटुल्न म एक्स्ट्राट्रेक पुगेँ’, उनले आफ्नो विगत सम्झदै अगाडि भने, ‘त्यहाँ तीन महिना दिनरात अभ्यास गरेपछि ज्ञानको प्रमाणपत्र मात्र होइन शिप पनि हात पारेँ, अहिलेको मेरो सफलता त्यसैको उपज हो।’

सुरूमा क्लाउड सपोर्ट ईन्जिनियरबाट जागिरे यात्रा सुरू गरेका सुनिल यतिखेर एमओक्यु डिजिटलमा सिनियर डेस्क ईन्जिनियरका रूपमा कार्यरत छन्।

उनको अनुभव र भोगाइले सुनिललाई कालो पाइन्टबाट सुट पाइन्टमा बदलेको छ। आफूले पढेको आधारमा कामको खोजी गर्ने र अनुभव लिने कुरामा नेपाली विद्यार्थी पछि परेको सुनिलले बताए।

नेपाली विद्यार्थीले कामको खोजी गर्ने, समय सापेक्ष आवेदन दिने र आत्मविश्वासी अन्तर्वार्ता दिनेजस्ता कुरामा ध्यान दिने हो भने यहाँ राम्रो काम पाउन समस्या नहुने सुनिलको अनुभव छ।

पछिल्ला दिनमा प्रसस्तै नेपाली युवाले आइटी, एकाउन्टिङ र ईन्जिनियरिङमा महत्वपूर्ण सफलता हात पारेको एक्स्ट्राटेकका निर्देशक बिनोद कुँवर बताउँछन्।

‘पढाइसँगै आवश्यक अनुभव, सिकाइ र कमाइसम्म पुर्‍याउने हाम्रो योजनामा हामी सफल छौ’, उनले भने, ‘सुरूमा आइटीका विद्यार्थीलाई तीन महिनाको अभ्यास दिएर कामसँग जोड्ने हामी विस्तारै रोजगार बनाउने लक्ष्य राखेका हौ।’

एक्स्ट्राटेकले दुई वर्षमा करिब एक हजार विद्यार्थीलाई क्याजुअल, पार्टटाइम र फुल टाइम गरी जागिरमा जोड्ने काम गरेको निर्देशक कुँवरले दाबी गरे।

आफ्नो दुई वर्षे कार्य योजना सफल भएपछि एक्स्ट्राटेकले एकाउन्टिङ र ईन्जिनियरिङमा विद्यार्थीलाई कामसँग जोड्ने नयाँ योजना सार्वजनिक गरेको छ।

‘हामीले जसरी हिजो व्यवसायीक काम खोजीमा दुःख पायौं, अब आउने पुस्तालाई त्यसो नहोस् र उनीहरूले अध्ययन गरेको विषयमा जागिर पाउन् भन्ने हाम्रो मुल उद्देस्य हो’, निर्देशक कुँवरले सेतोपाटीसँग भने।

व्यवसायीक काममा सफलता पाएसँगै कयौं विद्यार्थीले आफ्नो स्थायीत्व प्राप्तिको बाटोलाई सहज बनाएका छन्।

‘हामीले अनुभव मात्र होइन, भेषभुषा र बोलिचालीमा समेत कसरी प्रस्तुत हुने भन्ने सिकाउँछौ जुन अस्ट्रेलियामा पेशागत खोजीको महत्वपूर्ण पाटा हुन्’, उनले भने।

विद्यार्थीलाई पढाइ अनुसारको काम खोज्न र उनीहरूलाई कामको लागि योग्य बनाउन २४ सैं घन्टा अभ्यास ल्याब खुला गरेको एक्स्ट्राटेकका अपरेशनल मेनेजर सन्तोष श्रेष्ठले जानकारी दिए।

‘अस्ट्रेलियामा कामको लागि प्रमाणपत्र भन्दा अनुभव हेरिन्छ। त्यसका लागि विद्यार्थीलाई काम पाएको पहिलो दिनदेखि काम गर्ने क्षमताको विकास गराउने काममा हामी सफल छौ’, उनले भने।

नेपाली विद्यार्थीमा पढाइ र क्षमता भए पनि आत्मविश्वास निकै कमजोर भएको उनीहरूको अनुभव छ।

‘काम खोज्ने कुरामा महत्वपूर्ण व्यक्तिसँग नभेट्ने, आफ्ना कुरा प्रष्टसँग नराख्ने अनि आफूलाई कमजोर ठान्नेजस्ता प्रवृत्ति देखिएको छ। जुन कुराले पाएको मौका पनि गुम्ने खतरा हुन्छ’, उनले भने, ‘यस्ता विषय पनि हामीले विद्यार्थीलाई सिकाउनु जरूरी छ जसले नेपाली विद्यार्थीलाई कालो जुत्ता र कालै पाइन्ट होइन कोट र टाईमा सजिएर हिँड्न सिकाउनेछ।

setopati

  • अस्ट्रेलिया
बिहिबार, असार ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाग्लुङ्गका सुर्य लामिछानेद्धारा एनसीसी केन्द्रिय सदस्यमा उम्मेद्वारी
नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो
“One Team, One Dream” एनआरएनए दक्षिण अष्ट्रेलियाको चुनावका लागि ‘टिम उदाहरण’ को घोषणा
रुसलाई ट्रम्पको धम्कीः ५० दिनभित्र युक्रेनसँग शान्ति समझौता गर, नत्र भारी कर लगाउँछु
गुजरातमा पुरानो पुल भत्किँदा ९ जनाको मृत्यु
प्रधानमन्त्री ओली आज स्पेन जाँदै

लोकप्रिय

  • १.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • २.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • ३.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

भर्खरै

  • १.
    ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

  • २.
    आज मिति २०८२ साल साउन ११ गते आइतबार, यस्तो छ तपाईको राशिफल

  • ३.
    गैडाकोटमा बृहत खुल्ला तिज गीत प्रतियोगिता हुँदै: पहिलो पुरस्कार १० हजार रुपैयाँ

  • ४.
    गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

  • ५.
    एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

  • ६.
    गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

  • ७.
    एक्सपर्ट चितवनमा भोलि ५० बढी युनिभर्सिटी भेट्न पाइने

  • ८.
    बाढीपहिरो: यी ११ सडक पूर्णरूपमा अवरुद्ध

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.