• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

लोकप्रिय समाचार

  • १. आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २. भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३. पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

‘रिभेन्ज पोर्न’ को शिकार बन्दै नेपाली युवती, को–को छन निशानामा ?

काठमाडौँ । सामाजिक सञ्जालको विकासले केही सुविधा दिएपनि यसको दुरुपयोग बढ्दो क्रममा देखिएको छ । कसैको निजी कुरा, यौन सामग्री, फोटो वा भिडियो सम्बन्धित व्यक्तिको सहमति विना चरित्रहत्या गर्ने वा पीडा दिने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमा राख्ने वा शेयर गर्ने ‘रिभेन्ज पोर्न’ का गतिबिधिहरु नेपालमा समेत बढ्न थालेका हुन् ।

इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरू बारे उजूरी बढेसँगै प्रहरीले अनुसन्धान पनि गरिरहेको छ । तर सामाजिक सञ्जालमार्फत तस्वीर र भिडियोको अनधिकृत प्रयोग, तस्वीरहरू तोडमोड गरेर विभिन्न ग्रुप र पेजमा राख्ने क्रम रोकिएको छैन । प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा पुगेकी एक परिचित मोडल र रात्रि क्लब संचालक समेत रहेकी युवतीले आफूमाथी भएको अन्याय बारेको जानकारि उजूरीमार्फत साइबर सेलमा पुर्याएको दाबी गर्दै बिक्रिति फैल्याउनेहरुलाई रोक्न नसकिएका बताउँछिन् ।

फोटो, भिडियोको अनधिकृत प्रयोगसँगै अश्लील शब्द लेखेर सामाजिक अवहेलना गरेको लगायत गुनासो बोकेर प्रतिष्ठित कलाकारदेखी सामान्य जीवनयापन गर्नेहरु समेत साइबर ब्यूरो लगायतका प्रहरी कार्यालयमा पुग्ने क्रम बढिरहेको छ । विदेशमा बसोबास गरिरहेकी अर्की एक युवतीले पनि आफ्नो तस्बीरको दुरुपयोग गरेर मानसिक तनाब दिएको भन्दै उजूरी गरेकि छिन । तर उनको उजूरी अनुसार कोही कारबाहीको दायरामा नआएको गुनासो उनको छ ।

केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता समेत रहनुभएका प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्याल कसैको तस्वीर सम्बन्धित व्यक्तिको मञ्जुरी नलिई अन्यत्र प्रयोग गर्नु अपराध भएको बताउनुहुन्छ । “यस्तो गलत कार्यमा संलग्नहरूबारे गम्भीर रूपमा अनुसन्धान गरिरहेका छौं “–अर्यालले बताउनुभयो । साइबर ब्यूरो नै इन्स्टाग्राम र मेसेजिङ एप टेलिग्राममा खोलिएका दर्जनौं गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर राखेर अनर्गल प्रचार र अश्लील रूपमा चर्चा हुने गरेको उजुरी पछिल्लो समय सयौँको संख्यामा आएको बताउँछ ।

ब्यूरोले वेब सामग्रीको रेटिङ र चर्चा गरिने साइट रेडइटमा नेपाली युवाहरूले खोलेको ‘हिमालय बेब्स’ ग्रुप बन्द गराएको छ । इन्स्टाग्राममा रहेका काण्ड हब, बबाल इन्क, कबाडी मिम र लस्टीक्लिक ग्रुपबाट नेपाली युवतीहरू पीडित बनेको बारे अनुसन्धान गरिरहेको दाबी गर्ने साईबर ब्यूरोका अनुसार यी ग्रुपमा मोडल, कलाकार र सामाजिक सञ्जालमा सक्रिय युवतीहरूका तस्वीर निकालेर राख्दै ‘समाजमा बिग्रेकी महिला’ का रूपमा परिचय बनाउनेगरि चरित्रहत्या गर्दै मानसिक प्रताडना दिइने गरेको पाइएको छ । यी घटनामाथी सुक्ष्म अध्ययन गरिरहेको ब्यूरो इन्टरनेटको माध्यमबाट अपराध गर्नेहरु सबै कानुनको दायरामा आउने दाबी गर्छ । तर कहिलेसम्म भन्ने ठोस जवाफ भने ब्यूरोसँग छैन ।

‘रिभेन्ज पोर्न’ नेपाल भित्रिएको आशंका
कसैको निजी कुरा, यौन सामग्री, फोटो वा भिडियो सम्बन्धित व्यक्तिको सहमति विना चरित्रहत्या गर्ने वा पीडा दिने उद्देश्यले इन्टरनेटमा राख्ने वा शेयर गर्ने कार्यलाई ‘रिभेन्ज पोर्न’ का रुपमा हेर्ने गरिएको छ । ‘रिभेन्ज पोर्न’ पछिल्लो समय भारतमा मौलाएको साइबर अपराध हो । आफूले मन पराएकी युवतीले प्रस्ताव अस्वीकार गरे वा प्रेम सम्बन्ध बिग्रिएपछि गोप्य रूपमा खोलिएका ग्रपहरूमा तस्वीर राखेर अश्लील चर्चा गर्ने प्रवृत्ति भारतमा बढेको छ । भारत हुँदै ‘रिभेन्ज पोर्न’ एशिया भित्रिएको पुष्टि भएको थियो।

कस्ता युवतिहरु छन त निशानामा ?
नेपालको घटनामा समेत युवतीहरूको तस्वीर राखेर शरीरबारे चर्चा गर्ने र विभिन्न आक्षेप लगाएर चरित्रहत्या गर्नेहरु बढ्दो क्रममा देखिएका छन् । युवतीले छोटा कपडा लगाएका तस्वीर पोस्ट गर्ने र कतिपय तस्वीर फोटोसपबाट नग्न बनाएर राखिएका छन् । आफ्नो सुन्दरता र शरीर आफ्नो इच्छा अनुसार देखाउन पाउने अधिकारको उपयोग गर्ने युवतीहरू, विशेषगरि मोडलिङ र फिल्मी क्षेत्रमा लागेकासँगै आफ्नो कामुकता प्रदर्शन गर्नेहरु यस्ता अपराधिक गिरोहको शिकार बन्ने गरेका छन् । केहीको नग्नता प्रदर्शन गर्ने तस्विरको दुरुपयोग देखिदा केही बदलाको भावनाले ‘रिभेन्ज पोर्न’को शिकार बन्ने गरेका छन् ।

आफ्नो सुन्दरता र शरीर आफ्नो इच्छा अनुसार देखाउन पाउने अधिकारको उपयोग गर्ने युवतीहरू नै आपराधिक समूहको निशानामा परिरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । कतिपय ग्रुपहरु कसले खोलेको भन्नेबारे सदस्यहरूलाई समेत नहुने र यो अपराध हो भन्ने थाहा नहुने युवाहरू समेत यसका भागीदार भएका कारण अनुसन्धानसँगै कारबाही जटिल बनेको छ ।

शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत
पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला
भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह
बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

लोकप्रिय

  • १.
    आज मिति २०८३ साल भदौ १५ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

  • २.
    भोटेकोशी बाढीपीडितका लागि अक्सफोर्ड कलेजले दियो ५ लाख ५ हजार रुपैयाँ राहत

  • ३.
    पोखराको फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई घाइते

  • ४.

  • ५.
    आज मिति २०८३ साल भदौ १३ गते शनिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ६.
    रसुवाको बाढी : २८ प्रहरी कर्मचारी अझै सम्पर्कविहीन, १५७ शव फेला

  • ७.
    भोटेकोशी बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी तथा उद्धारमा जुट्न आग्रह

  • ८.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.