चितवन : चितवनका किराना पसलहरु अबदेखि शनिबार बन्द हुने भएको छ ।
किराना व्यवसायी संघ चितवनको आज (सोमबार) बसेको कार्यसमिति बैठकले शनिबार पसल बन्द गर्ने निर्णय गरेको हो । बजारको मागलाई सम्बोधन गर्दै अबदेखि किराना पसल शनिबार बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए ।
संघको निर्णयमा ऐकेवद्धता जनाउन उनले सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरे । यस अघि चितवनको किराना पसल सोमबार बन्द हुँदै आएको थियो ।