• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, जेठ ०४, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

लोकप्रिय समाचार

  • १. Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २. २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३. कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४. फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५. काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६. सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ७. आज मिति २०८३ साल वैशाख ३१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८. पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

  • ९. पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • १०. बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था

गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको सुविधा पाएका हुन्।

२०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा–८ को वडाध्यक्षमा निर्वाचित प्रकाश भलामीले पदभार ग्रहण गर्दा दलित, अति विपन्न र एकल महिलाका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका थिए । आफ्नो कार्यकालभरि उनले उक्त घोषणा कार्यान्वयन गरे ।

दलित समुदायको वर्चश्व रहेको सो वडामा गरिबीका कारण कतिपय बालबालिकाले अध्ययन गर्न पाएका थिएनन् । पालिकाबाट वडालाई विनियोजित बजेटबाट रकम छुट्याएर ती वर्ग समुदायका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको पूर्व वडाध्यक्ष भलामीले बताए ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सो वडाको अध्यक्षमा निरञ्जन काउछा विजयी भए । उनले पनि दलित तथा विपन्न समुदायका बालबालिकालाई उच्च माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरी स्वास्थ्य बिमासमेत गराइने जनाए ।

सिद्धबाबा माध्यमिक विद्यालयकी लेखापाल शारदा भलामी थापाका अनुसार दलित तथा विपन्न परिवारका छोराछोरीको शिक्षाका लागि आर्थिक वर्ष २०७४/०७५ मा ३ लाख ९१ हजार ५ सय शुल्क लागेकोमा ३ लाख ६० हजार रुपैयाँ वडा कार्यालयले भुक्तानी गरेको थियो भने बाँकी रकम विद्यालयले ब्यहोरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा भने कोभिडका कारण विद्यालय बन्द भयो । आर्थिक वर्ष २०७७/०७८ मा कुल ४ लाख १३ हजार ७ सय शुल्क लागेकोमा ३ लाख ९२ हजार रुपैयाँ वडा कार्यालयले भुक्तानी गरेको थियो भने बाँकी रकम विद्यालयले ब्यहोरेको थियो ।

सो विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा सामुदायिक विद्यालयहरुले निःशुल्क पढाउन नसकेपछि न्युनतम शुल्क लिएर निजी क्षेत्रका विद्यालयमा भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको बताए ।

‘हाम्रो विद्यालयमा ५९ जना शिक्षक, स्टाफ छन् । जम्मा २२ जनालाई मात्र सरकारले तलव खुवाउँछ,’ उनले भने, ‘यसर्थ न्युनतम शुल्क लिएर पढाउन बाध्य छौं ।’

उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा हुँदा पनि निःशुल्क अध्ययनका लागि पहल गर्न नसकेको स्थितिमा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले दलित तथा विपन्नका लागि भए पनि चुनौती मोलेर निःशुल्क शिक्षाको व्यवस्था गरेको बताए ।

  • कक्षा १२ सम्म
  • दलित समुदायका विद्यार्थी
  • निःशुल्क अध्ययन
बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

२४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन
कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन
बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द
फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय

  • १.
    Royal Enfield ले नेपालमा सार्वजनिक गर्‍यो नयाँ Guerrilla 450

  • २.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • ३.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    काठमाडौँ उपत्यकामा सार्वजनिक बसको छड्के अनुगमन तथा निरीक्षण अभियान

  • ६.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

भर्खरै

  • १.
    २४ घण्टाको ट्राफिक कारबाहीः १९ लाख ९५ हजार राजस्व सङ्कलन

  • २.
    कोहलपुर–सुर्खेत प्रसारण लाइनमा क्षति, मर्मत र छानबिन तीव्र पार्न मन्त्री श्रेष्ठको निर्देशन

  • ३.
    बिपी राजमार्ग तथा हिल्सा–सिमकोट सडकखण्ड बन्द

  • ४.
    फाइभजीः डिजिटल’ अर्थतन्त्रको नयाँ आधार

  • ५.
    सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु

  • ६.
    पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

  • ७.
    प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

  • ८.
    जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.