×
बुधबार, असार ११, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

२०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४. आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५. आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६. आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ७. रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ८. गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ९. नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • १०. काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था


गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थित सिद्धबाबा माध्यमिक विद्यालयमा दलित समुदायका विद्यार्थीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गरिँदै आएको छ । वडा कार्यालयको पहलमा दलितले उच्च माध्यमिक तहसम्म निःशुल्क अध्ययनको सुविधा पाएका हुन्।

 

२०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा–८ को वडाध्यक्षमा निर्वाचित प्रकाश भलामीले पदभार ग्रहण गर्दा दलित, अति विपन्न र एकल महिलाका छोराछोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने घोषणा गरेका थिए । आफ्नो कार्यकालभरि उनले उक्त घोषणा कार्यान्वयन गरे ।

दलित समुदायको वर्चश्व रहेको सो वडामा गरिबीका कारण कतिपय बालबालिकाले अध्ययन गर्न पाएका थिएनन् । पालिकाबाट वडालाई विनियोजित बजेटबाट रकम छुट्याएर ती वर्ग समुदायका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरिएको पूर्व वडाध्यक्ष भलामीले बताए ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सो वडाको अध्यक्षमा निरञ्जन काउछा विजयी भए । उनले पनि दलित तथा विपन्न समुदायका बालबालिकालाई उच्च माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरी स्वास्थ्य बिमासमेत गराइने जनाए ।

सिद्धबाबा माध्यमिक विद्यालयकी लेखापाल शारदा भलामी थापाका अनुसार दलित तथा विपन्न परिवारका छोराछोरीको शिक्षाका लागि आर्थिक वर्ष २०७४/०७५ मा ३ लाख ९१ हजार ५ सय शुल्क लागेकोमा ३ लाख ६० हजार रुपैयाँ वडा कार्यालयले भुक्तानी गरेको थियो भने बाँकी रकम विद्यालयले ब्यहोरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा भने कोभिडका कारण विद्यालय बन्द भयो । आर्थिक वर्ष २०७७/०७८ मा कुल ४ लाख १३ हजार ७ सय शुल्क लागेकोमा ३ लाख ९२ हजार रुपैयाँ वडा कार्यालयले भुक्तानी गरेको थियो भने बाँकी रकम विद्यालयले ब्यहोरेको थियो ।

सो विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले संविधानमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा सामुदायिक विद्यालयहरुले निःशुल्क पढाउन नसकेपछि न्युनतम शुल्क लिएर निजी क्षेत्रका विद्यालयमा भन्दा गुणस्तरीय शिक्षा प्रदान गरिँदै आएको बताए ।

‘हाम्रो विद्यालयमा ५९ जना शिक्षक, स्टाफ छन् । जम्मा २२ जनालाई मात्र सरकारले तलव खुवाउँछ,’ उनले भने, ‘यसर्थ न्युनतम शुल्क लिएर पढाउन बाध्य छौं ।’

उनले माध्यमिक तहसम्मको शिक्षा स्थानीय सरकारको मातहतमा हुँदा पनि निःशुल्क अध्ययनका लागि पहल गर्न नसकेको स्थितिमा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले दलित तथा विपन्नका लागि भए पनि चुनौती मोलेर निःशुल्क शिक्षाको व्यवस्था गरेको बताए ।

  • कक्षा १२ सम्म
  • दलित समुदायका विद्यार्थी
  • निःशुल्क अध्ययन
बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई
काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह
एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ३.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

भर्खरै

  • १.
    २०८२ साल असार ११ गते बुधबार, आजको राशिफल

  • २.
    उत्कृष्ट करदाताको सम्मान भरतपुर ३ का प्रेमकुमार श्रेष्ठलाई

  • ३.
    काठमाडौँका नदीहरुमा जलसतह सतर्कता तह आसपासः तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह

  • ४.
    आज मिति २०८२ साल असार ९ गते सोमबार, यस्तो छ तपाईकोे राशिफल

  • ५.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • ६.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ७.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ८.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.