• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

तारा एयरको विमान दुर्घटना : दुर्घटनास्थलमा १६ जनाको शव भेटियो


मुस्ताङ : आइतवार बिहानबाट सम्पर्कविहीन भएको तारा एअरको एउटा यात्रुवाहक विमान दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।

सोमवार ट्वीट मार्फत् प्राधिकरणले १६ जनाको शव भेटिएको र एकत्रित गरिएको तर पहिचान हुन बाँकी रहेको जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले फिस्टेल एअरको हेलिकप्टरले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा १४,५०० फिटको उचाइमा विमान दुर्घटना भएको पुष्टि गरेको जनाएको छ।

प्राधिकरणले उक्त हेलिकप्टर दुर्घटना स्थल अवतरण गरेको र उद्धारको कार्य तीव्र रूपमा जारी रहेको जारी विज्ञप्तिमा उल्लेख गरेको छ।

घट्ना स्थलबाट प्राप्त जानकारी अनुसार हाल सम्म १६ जनाको शव भेटिएको, एकत्रित गरिएको र पहिचान हुन बाँकी रहेको छ ।

 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले हालसम्म नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सहित २३ जना दुर्घटना स्थलमा पुगिसकेको बताउनुभएको छ।

“विमान एकदमै खोँच भएको ठाउँमा खसेको रहेछ। हराइरहेकाहरूको खोजी भइरहेको छ। तर बाक्लो बादल लागेका कारण हवाई माध्यमको सहयोग लिन सकिएको छैन”, कर्णले भन्नुभयो।

उहाँले जोमसोमसहित आसपासका क्षेत्रमा हेलिकप्टरहरू तैनाथ राखिएको जानकारी दिनुभएको छ।

यसअघि नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान मुस्ताङको थासाङ गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताउनुभएको थियो।

सामाजिक सञ्जाल ट्विटरमा उहाँले लेख्नुभएको थियो, “खोजी तथा उद्धार कार्यमा संलग्न फौजहरूले विमान दुर्घटना स्थल भौतिक रूपमा पत्ता लगाएका छन्।”

विमान सञ्चालक तारा एअरले पनि एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाग्रस्त भेटिएको घटनाले स्तब्ध बनाएको जनाएको छ।

त्यसैगरी विमान दुर्घटना स्थलमा पुगेका एकजना स्थानीय ईन्द्र सिंह शेरचनले विमान क्षतविक्षत अवस्थामा भेटिएको बताउनुभएको छ।

“विमान क्षतविक्षत अवस्थामा खोँचमा परेको छ। मान्छेहरू पनि देखिन्छन्”, दुर्घटना स्थलबाट शेरचनले भन्नुभयो।

वडाध्यक्षको भनाई

विमान दुर्घटना भएको थासाङ गाउँपालिका २ का वडाध्यक्ष दीपक शेरचनले दुर्घटना भएको भनिएको स्थान मानव बस्तीभन्दा धेरै माथि धौलागिरी हिमशृङ्खलाको फेदमा रहेको बताउनुभयो।

उहाँका अनुसार त्यस क्षेत्रमा यो मौसममा यार्सागुम्बा खोज्नेहरू जाने गरेका छन्।

“यार्सागुम्बा खोज्नेहरूले हिजै आवाज सुनेको भनेका थिए, तर बादल लागेका कारण खोज्न सकिएन। आज बिहान विमान क्षतविक्षत अवस्थामा भेटिएको त्यहाँ पुगेका मान्छेहरूले जानकारी दिए”, उहाँले भन्नुभयो।

पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको विमान सम्पर्कविहीन भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त ट्विनअटर नाइन एन एटीई विमानमा चालकदलका तीन जनासहित २२ जना सवार थिए।

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदरकुण्ड जान स्वदेशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्।

जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ।

घटना के हो ?
तारा एअरले विमानमा चार जना भारतीय, दुई जर्मन र बाँकी नेपाली नागरिक रहेको जनाएको छ।

जोमसोम विमानस्थलका प्रमुख पुष्कलराज शर्माका अनुसार ९ः५५ बजे उडेको विमान केही मिनेटपछि सम्पर्कविहीन भएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान १०ः११ बजेपश्चात् जोमसोम टावरमा सम्पर्कमा आएन। त्यसअघि प्राधिकरणले विमानसँग अन्तिम पटक घोडेपानी भन्ने स्थानमा १०ः०७ बजे जाँदा सम्पर्क भएको जनाएको थियो।

विमान तथा उडानको तथ्याङ्क राख्ने बेवसाइट फ्लाइटरेडार२४ का अनुसार अहिले हराइरहेको विमानले आफ्नो पहिलो उडान ४३ वर्षअगाडि गरेको थियो।

फ्लाइटरेडारका अनुसार सम्पर्कविच्छेद हुनुअघि उक्त विमान १२,८२५ फिटको उचाइमा थियो। अन्तिम सम्पर्क हुँदा विमान रहेको स्थानको ल्याटिट्यूड र लङ्गिट्यूड सार्वजनिक गरेको छ।

  • १६ जना
  • तारा एयर विमान
  • दुर्घटना
  • शव भेटियो
सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.