पोखरा, १५ जेठ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमानमा गोरखाका ४ जनन यात्रु रहेको पाइएको छ । जहाज सहित सम्पर्क विहीन भएका मध्य गोरखाका ४ जना रहेका हुन् ।
चालक दलका ३ जना र १९ जना यात्रु सहित बिहान करिब १० बजेदेखि जहाज वेपत्ता भएको छ । जहाजमा गोरखाको शहिदलखन गाउँपालिका ५ तीनमाने घर भएका गणेश नारायण श्रेष्ठ, रोजिना श्रेष्ठ, रश्मी श्रेष्ठ र रविना श्रेष्ठ रहेको बताईएको छ।
उनिहरु हिजो काठमाण्डौबाट पोखरा गएको र आज जोमसोम घुम्ज गएको स्थानीयहरु बताउँछन् । उनको परिवार केही दिनदेखि घुम्नका लागि हिँडेका थिए ।