चितवन : नारायणगढ- मुग्लिन सडक खण्डको दुई नम्बर पुलमा दुई ट्रक एक आपसमा ठोक्किएको छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ७८०४ र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको लु २ ख ५६५४ ट्रक मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका दुई नम्बर पुलमा एक आपसमा ठोक्किएको इलाका प्रहरी कार्यलय मुग्लिनले जनाएको छ । ट्रकका दुवै चालक घाइते भएका छन् ।
घाइते दुबैलाई उपचारको लागी भरतपुर ल्याइएको छ । नारायणगढ- मुग्लिन सडक खण्ड अहिले एकतर्फि रुपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।