जेठ ८ ,चितवन ।भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन् ।पछिल्लो मतगणनाको विवरण अनुसार रेनुले ७ हजार ४ सय १५ मतान्तरले सुवेदीलाई पछाडी पार्नुभएको छ । रेनु दाहालले ३५ हजार ९८ मत ल्याउदा सुवेदी सुवेदीले २७ हजार ६ सय ८३ मत ल्याउनुभएको छ । स्वतन्त्र उम्मेदवार पौडेलले ११ हजार ८ सय ३५ मत ल्याउनुभएको छ ।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार फराकिलो मतान्तरले अगाडी छन् । कांग्रेसका चित्रसेन अधिकारी १५ हजार ४ सय २६ मतले अगाडी हुनुहुन्छ । चित्रसेनले ३७ हजार ३ सय २६ मत ल्याउदा राप्रपाका हिमला गुरुङले २१ हजार ९ सय मत ल्याउनुभएको छ । महानगरमा अब ३८ हजार हाराहारीको मत गणना हुन बाँकी छ ।अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।