चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका ५ नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षममा बालकृष्ण चापागाईसहित कांग्रेसको प्यानल नै विजयी भएको हो । उनले एक हजार १०२ मत प्राप्त गरे ।
उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कृष्ण चौधरीलाई १३४ को मतान्तरले पछि पारे । चौधरीले ९६८ मत पाए ।
उक्त वडामा गत स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो । यस पटक कांग्रेसले एमालेको उक्त भत्काउन सफल भएको हो ।