भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन् । महानगरको २ नम्बर वडाको मतगणना हुँदा बीचमा एमालेका विजय सुवेदीले अग्रता लिएका थिए । सो वडाको अन्तिम मतपरिणाम आउँदा रेनुले फेरि अग्रता बनाएकी हुन् ।
८०८५ मतगणना हुँदा रेनु दाहालले २९१८ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २९१५ र स्वतन्त्र जगन्नाथ पौडेलले ९२४ मत पाएका छन् । रेनुले ३ मतको अग्रता लिएकी छन् ।
उपमेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३१९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ २३१६ ले मत पाएकी छन् ।
वडाध्यक्षमा कांग्रेसका मनोज रानाभाट २१०५ मतसहित विजयी भएका छन् ।