×
सोमबार, असार ०२, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २. भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३. स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४. आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५. आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६. क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

  • ७. आज मिति २०८२ साल जेठ २९ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

  • ८. चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

  • ९. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • १०. ग्रीनल्याण्डकी प्रिन्सिपल कार्की तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

एमालेका गोलेलाई १ मतले हराउँदै माओवादी केन्द्रका थिङ विजयी


काभ्रेको खानीखोला गाउँपालिकामा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सन्तमान थिङ विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार आशाराम गोलेलाई १ मतले पराजित गरे । सन्तमानले ४४८ र आशारामले ४४७ मत प्राप्त गरे । सन्तमान नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला समन्वय समितिका सदस्य समेत हुन ।

यसैगरी काठमाडौंको शंखरापुर वडा नंबर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । सो वडाध्यक्षमा माओवादी केन्द्रका बाबुराम दंगाल विजयी भएका छन् । ६ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६ सय ६ मत ल्याएका छन् ।

यस्तै एमालेका प्रकाश दंगालले ५ सय ५६ मत पाएका छन्। ४ वडा सदस्यमा भने नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरू विजयी भएका छन् । यसैगरी काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं २ को अध्यक्षमा भाइकृष्ण तामाङ विजयी भएका छन् । उनले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका अर्जुन बहादुर तामाङलाई पछि पार्दै विजय हासिल गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका भाइकृष्णले १०८४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । यस्तै दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। माओवादी केन्द्रका छविराम सुवेदीले गाउँपालिका अध्यक्षमा विजय हासिल गरेका हुन्।

निर्वाचन अधिकृत हरि प्रसाद घिमिरेका अनुसार सुवेदीले ३ हजार २ सय मत प्राप्त गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढामगरले २५४४ भोट प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार शशीराम विश्वकर्माले १९२० मत पाएका छन्।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन्। उनले २८३४ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी अमृता सिंहले २४०५ भोट पाएकी छन्। उपाध्यक्षमा एमालेकी गिता चन्दले १९१८ मत पाएकी छन्।

यस्तै दार्चुलाको अपि हिमाल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। माओवादीबाट अध्यक्षका उम्मेदवार भक्तसिंह ठेकरे (बोहरा) एमालेका उम्मेदवार धर्मानन्द सिंह मन्याललाई पारजित गर्दै विजयी भएका हुन्। यो सँगै माओवादी केन्द्रले अहिलेसम्म २ वटा स्थानीय तह जितेको छ।

यस्तै माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँ पालिकामा पनि विजयी खाता खोलेको हो। उक्त पालिका अध्यक्ष, उपाध्यक्ष नै माओवादीले जीत निकालेको निर्वाचन आयोगले जनाएको छ।

  • १ मतले हराउँदै
  • एमालेका गोलेलाई
  • माओवादी केन्द्रका थिङ
  • विजयी
आइतबार, जेठ ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान
गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु
WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न
WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा
भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

लोकप्रिय

  • १.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • २.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

  • ३.
    स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभावः आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

  • ४.
    आज देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८२ साल जेठ २८ गते बुधबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    क्रिकेट विश्वकप लिग–२ः नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत

भर्खरै

  • १.
    नवलपुरमा ट्राफिक सप्ताह सम्पन्न, जनचेतनाको सन्देश बोकेर टुङ्गियो अभियान

  • २.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ३.
    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ४.
    आज मिति २०८२ साल असार २ गते सोमबार, यस्तो छ तपाईको राशिफल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ६.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ७.
    भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

  • ८.
    भारतको अहमदाबादमा एयर इण्डियाको विमान दुर्घटना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.