• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
शुक्रबार, चैत २७, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

सुनसरीमा चैते धान रोपाइँ

लोकप्रिय समाचार

  • १. आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २. आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

मदिरा सेवनले मस्तिष्क भयानक जोखिममा , सतर्क रहन जरुरी


काठमाडौं : रक्सी स्वास्थ्यको लागि कति लाभदायक र कति घातक छ भन्ने कुरा धेरैको चासोको विषय हो । रक्सीसँग जोडिएको विभिन्न तथ्यको विषयमा पनि मानिसहरूलाई जान्ने इच्छा हुन्छ ।

मदिराले हाम्रो शरीरमा कस्तो असर पार्छ ? रक्सीको सेवनपछि मानिस उत्तेजित र आनन्दित हुन्छन्, यसको कारण के हो ?

वरिष्ठ न्युरो सर्जन प्राध्यापक डा. राजीव झा

रक्सी खाएपछि मानिसहरू विभिन्न स्टेजबाट गुज्रिरहेको हुन्छन् । पहिलो सुरुवाती स्टेजमा मान्छेहरूले आनन्द महसुस गर्छन् । एकदमै रिल्याक्स फिल गर्छन् । धेरै मान्छेले तनाव भइराथ्यो, त्यहीं भएर रक्सी खाए भनेको पनि सुनेका छौं हामीले । रक्सी खाएपछि शरीरमा एउटा स्पेसल हर्मोनको विकास हुन्छ । जसलाई हृयाप्पी हर्मोन भनिन्छ जुन मस्तिष्कमा विकास हुन्छ । जसले गर्दा मानिसले आनन्दित महसुस गर्छ । त्यसैले रक्सी खाएर आनन्द महसुस गर्छु भनेको सत्य पनि हो ।

रक्सी भनेपछि यसमा धेरै कुरा मिसिएको हुन्छ । स्पि्रट, अल्कोहल र रक्सीमा प्रयोग भएको मुख्य इथानो आदि रक्सीको सेवनपछि पेटमा जान्छ, अनि पेट र सानो आन्द्राबाट एकदमै चाँडो सोसिन्छ, पानीसँग छिटो घुल्छ र शरीरको हरेक भागमा पुग्छ । शरीरको हरेक अंगमा यसले असर गर्छ । दिमाग, मुटुदेखि हातखुट्टा सबैतिर यसले असर गर्छ ।
रक्सी रगतको माध्यमबाट पनि शरीरको हरेक अंगमा पुग्ने गर्छ । सबैभन्दा बढी रगत लिने भनेको मस्तिष्कले हो । जसले गर्दा मानिसले खाएको रक्सी मस्तिष्कसम्म छिटो पुग्छ । त्यसैले मस्तिष्कसँग सम्बन्धित समस्या बढी देखिन सक्छ ।

रक्सीले शरीरमा मुड राम्रो गर्ने हर्मोनहरु रिलिज गर्छ । डोपामाइन र सेरोटोनिन भन्ने मुड राम्रो गर्ने हर्मोनहरु विकास हुन्छ जसले मस्तिष्कलाई आनन्दित र उत्तेजित बनाउँछ । मस्तिष्कमा करोडौँ नसाहरू हुन्छ । जसलाई न्युरोन भनिन्छ, जुन एकअर्कासँग जोडिएको हुन्छ । जब मान्छेले रक्सी खान्छ तब त्यो दुई नसाबीच एकापसमा जोडिंदैनन् । यी दुईको सम्बन्ध नभएपछि मानिसहरूको बोली लरबराउने र हिंड्न नसक्ने लगायतका लक्षण देखा पर्छन् ।

रक्सी रगतको माध्यमबाट विभिन्न भागमा पुग्छ र सबै अंगलाई केही न केही असर त पुगेकै हुन्छ । तर सबैभन्दा धेरै असर पुग्ने भनेको मस्तिष्कमा हो । मस्तिष्कको पनि थुप्रै भाग हुन्छ । त्यसकारण दिमागको हरेक भागको छुट्टाछुट्टै आफ्नै काम हुन्छन् । हातखुट्टा चलाउनेदेखि बोल्ने, आँखा देख्ने र मानिसको शरीरलाई ब्यालेन्स गर्ने सबै काम दिमागले नै गर्ने हो । त्यस कारण जब मान्छेले रक्सी खान्छ, त्यसको ३० मिनेटभित्रमा नै त्यसको असर सुरु हुन्छ । रक्सी सेवन गरेको भोलिपल्ट अलि बढी असर देखिन्छ ।

टाउको दुख्ने, बोली लरबराउने, बान्ता हुने आदि लक्षण देखिन्छ । सुरुसुरुमा मानिसहरूलाई थाहा हुँदैन, तर पछि बिस्तारै त्यसको असर देखिंदै जान्छ । तत्काल असर नगरे पनि पछि भविष्यमा गएर त्यसले मस्तिष्कमा असर गर्छ ।

रक्सी मात्रा, रक्सीको प्रकार र मानिसको तौलले पनि रक्सीको असर कम र धेरै निर्धारण गर्छ । अलि कमजोर मान्छे र महिलालाई रक्सी छिटो लाग्छ ।

३० किलोको मान्छे र ७० किलोको मान्छेले सँगै बसेर उत्तिकै मात्रामा रक्सी खायो भने ३० किलोको मान्छेलाई छिटो लाग्छ । कम तौल भएको मान्छेलाई त बढी तौल भएको मान्छेको तुलनामा डबल डोज हुन्छ । यसको मतलब तौल कम भएको व्यक्तिलाई छिटो रक्सी लाग्छ । त्यस्तै महिलाहरूमा पनि रक्सीको प्रभाव छिटो देखा पर्छ ।

महिलाहरूमा विभिन्न हर्मोनमा अलि बढी ˆयाट हुन्छ । जसले गर्दा पुरुषको तुलनामा महिलालाई अलि छिटो रक्सी लाग्छ ।

रक्सीले तुरुन्तै असर देखाउँछ र फेरि बिस्तारै हटेर जान्छ । तर रक्सीको सेवनले क्षति भइसकेको दिमाग र नसाहरुले पछि भविष्यमा असर देखाउँछ । धेरै रक्सी खाएको व्यक्ति तुरुन्तै ढल्छ र उठेपछि टाउको दुख्ने, बान्ता हुने र काममा ध्यान दिन नसक्ने जस्ता लक्षण देखा पर्छ । धेरै रक्सी खाने व्यक्तिहरूमा हातखुट्टा झम्झमाउने, दुख्ने जस्ता समस्या पछि गएर देखिन्छ ।

अन्धाधुन्ध रक्सी पिउँदा स्नायु प्रणालीको हरेक ठाउँमा यसले क्षति पुराउँछ । राम्ररी आँखा देख्न नसक्ने, सोच्ने शक्तिमा कमी, स्मरण शक्तिमा कमी लगायतका स्नायु दिमागको कामहरू जति पनि छ । हरेक काममा यसले ह्रास ल्याउँछ ।

सकेसम्म मदिरा पान नगरेको नै ठीक हो । तर विभिन्न अध्ययनले बताएअनुसार संसारभरिका १०० मा ८० देखि ८५ जना मान्छेहरू कहीं न कहीं रक्सी सेवन गर्छन् । हाम्रो देशमा यति नै मात्रा भनेर त कतै तोकिएको छैन । तर विदेशी देशहरूमा भने एउटा मात्रा तोकिएको छ । जस्तै बियर एक क्यान, वाइन एक ग्लास, हृविस्की भए हृविस्की ग्लासको एक चौथाइ ।

शतप्रतिशत हुन्छ । कहिले खराब हुन्छ भन्ने कुरा मात्र निश्चित छैन । रक्सी खाएर दिमाग मात्र होइन, शरीरको विभिन्न अंगहरु जस्तै कलेजो पनि खराब हुन्छ । रक्सीको सेवनले कलेजो खराब भयो भने दुख्दैन जसले गर्दा पूरै खराब भएपछि मात्र पत्ता लाग्छ । नियमित रक्सी सेवन गर्ने मान्छेहरूको दिमागको टेस्ट गरेर हेर्ने हो भने सामान्य मान्छेको तुलनामा नियमित रक्सी खाने मान्छेको दिमाग सुकेको हुन्छ । र, दिमागले राम्ररी काम गर्न सक्दैन ।

रक्सीको कारण मस्तिष्क पक्षघात हुने जोखिम पनि धेरै हुन्छ । रक्सीले पहिले आनन्द दिन्छ । डोज बढ्दै जाँदा मान्छे आक्रामक भएर जान्छ । रक्सी जति बढी खायो मान्छे त्यति नै उत्तेजित हुँदै जान्छ । रक्सीले शरीरमा धेरै क्यालोरी दिन्छ, जसले गर्दा मानिस एकदमै उत्तेजित हुन्छ । हाम्रो मुटुको सामान्य चाल एक मिनेटमा ६० देखि ८० हुन्छ । तर रक्सी सेवनपछि त्यो भन्दा बढ्न थाल्छ ।

उत्तेजना सँगसँगै मान्छेको ब्लड सुगर र प्रेसर बढेर जान्छ । ब्लड प्रेसर धेरै उच्च अवस्थामा पुग्छ, जसले गर्दा मस्तिष्कघात हुनसक्छ । धेरै जनाको तथ्यांक हेर्दा अत्यधिक रक्सीको सेवनले मस्तिष्कघात हुन्छ । प्रेसर र सुगरको औषधि सेवन गर्नेहरूको लागि त झन् यो बढी खतरनाक हुन्छ । अत्यधिक रक्सी सेवनले तुरुन्तै मृत्यु पनि हुनसक्छ ।

आँखासँग मस्तिष्कको कनेक्सन हुन्छ । जसले गर्दा रक्सीको सेवनले आँखासम्बन्धी समस्या पनि हुनसक्छ । रक्सीमा भएको (मेथिलिन इन्टक्सीकेसन) जुन एक किसिमको नराम्रो केमिकल हो । यो रिलिज भयो भने मान्छे कोमामा जानेदेखि दृष्टि गुम्ने पनि हुनसक्छ ।

यसरी दृष्टि गुमिसकेपछि र्फकन गाह्रो हुन्छ।

  • जोखिममा
  • भयानक
  • मदिरा सेवनले
  • मस्तिष्क
बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड
पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना

लोकप्रिय

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    आज देशका धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

  • २.
    आज मिति २०८२ साल चैत २५ गते बुधबार , यस्तो छ तपाईको आजको राशिफल

  • ३.
    निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

  • ४.
    पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

  • ५.
    आज मिति २०८२ साल चैत्र २० गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

  • ६.
    होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न देऊ : व्यवसायी

  • ७.
    चुलोचौकोदेखि क्याम्पससम्मः बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

  • ८.
    बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.