काठमाडौं : काभ्रेपलाञ्चोकमा टाटा सुमो ठोक्किँदा ५ वर्षीय बालकसहित ५ जनाको मृत्यु भएको छ ।
रोशी गाउँपालिका-११ बढुवेशीमा भारतीय तीर्थयात्री बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको गाडीहरु ठोक्किएको हो । दुर्घटनामा १८ जना घाइते भएका छन्।
भारतीय पर्यटक बोकेको यू पी ५८ टी ८१८१ नम्बरको मिनी बस र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप ठोक्किँदा दुर्घटना भएको काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।
घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।