काठमाडौं : अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिकापछि उनका बुवालेसमेत अदालतमा बयान फेरेका छन् ।
मंगलबार उपस्थित नभएका सरकारी पक्षकाहरुलाई झिकाउन पेसी तोकिएको छ । मंगलबार नै दुर्गेश थापाले पनि बकपत्र दिएका छन् । सुरुदेखि नै यस विवादमा तानिएका थापाले दुई जनाको बिषयमा आफूलाई थाहा नभएको भनेका छन् ।
आफूले सुनेको मात्रै भएको हुँदा धेरै जानकारी नभएको उनको भनाई रहेको छ । तपाईंलाई जानकारी गराउ कि आइतबार नाबालिकाले पनि बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरुमा सत्यता नभएको भनेकी थिइन् ।