काठमाडौं : चर्चका पास्टर चिर्हुजा जगाबेले सात श्रीमती राख्ने आफ्नो सपना रहेको र आफूले पुनः विवाह गर्न सक्ने बताउँछन् ।
उनका हाल ४ श्रीमती र १६ सन्तान छन् । एएफपी रिपोर्टका अनुसार सन् २०१२ मा कङ्गोली पास्टर ६० वर्षीय जगाबेले एकैसाथ ३ जना केटीसँग विवाह गरेका थिए ।
तर, पछि ‘नराम्रो व्यवहार’का कारण एक केटीलाई स्वीकार गरेनन् । तर अहिले उनका ४ जना श्रीमती छन् ।
उनीहरु सबैको उमेर २६ देखि ४८ को बीचमा रहेको छ । रोचक कुरा के भने, अफ्रिकी देशहरूमा एकभन्दा बढी विवाह गर्ने चलन रहेको जगाबेको घटनाबाट स्पष्ट हुन्छ । तर, यो अवैध हो ।
३ दशकअघि यस विषयमा कानुन बनेको थियो । तर जनताले यो कानुन मान्दैनन् । त्यहाँ एक भन्दा बढी विवाहलाई औचित्य दिने गरिएको छ।
रिपोर्टका अनुसार अफ्रिकाका उप–सहारा देशका ११ प्रतिशत जनसंख्याले एकभन्दा बढी विवाह गर्छन् । यसमा कङ्गोको २ प्रतिशत हिस्सा छ । जगाबे चर्चका पास्टर पनि हुन्।
चर्चबाट हरेक आइतवार, उनले मानिसहरूलाई एक भन्दा बढी विवाहको फाइदाहरू बताउँछन्, धेरै प्रशंसा गर्छन् । दक्षिण किभु प्रान्तको राजधानी बुकाभुमा मानिसहरूले उनको कुराहरु ध्यानपूर्वक सुन्छन्। यसमा महिला र पुरुष दुवै समावेश छन्।
आफ्नो प्रवचनमा जगबेले मानवताको कथा एक पुरुष र केही महिलाबाट सुरु भएको दाबी गरेका छन्। एएफपीसँगको कुराकानीमा उनले भने, ‘भगवानले पुरुषलाई एकभन्दा बढी महिलासँग विवाह गर्ने अनुमति दिनुभएको छ ।’
यद्यपि, अन्य क्याथोलिक पादरीहरू जगबेको भनाइसँग सहमत छैनन्। बुकाभुका पास्टर रेमन्ड कोङ्गोलोले भने, ‘अफ्रिकी र कङ्गोली संस्कृतिमा एकभन्दा बढी विवाह गर्ने चलन रहेको छ ।
तर यो भगवानको शिक्षा होइन।’ कङ्गोका वकिल जोसेफ यावीले सन् १९८७ देखि कंगोको संविधानले एकभन्दा बढी विवाहलाई अपराध मानेको बताए। यो देशमा एउटा मात्र विवाह गर्न अनुमति छ।
गजबेजस्तै कालुङ्गु काल्बेका पनि दुई श्रीमती र ८ सन्तान छन् । काल्बेले यसलाई भगवानको कृपा मान्छन्। बाइबलका अगमवक्ताहरूको वर्णन गर्दै उनी भन्छन्, ‘म डेभिड, अब्राहम र सोलोमनलाई पछ्याउने गर्छु, जसले एकभन्दा बढी विवाह गरेका छन्।’
अर्कोतिर गाजाबेकी श्रीमती रक्वेलले भनिन्, ‘म अरु श्रीमतीका सन्तानलाई आफ्नो जस्तै मान्छु ।’ उनकी दोस्रो श्रीमती येलले भनिन्, ‘म उनका अन्य श्रीमतीसँग पनि सर सल्लाह गर्छु ।’



