• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

मुखमा लगाउनै नहुने १० कुराहरू : डा. प्रकाश आचार्य


अनुहार राम्रो, चम्किलो भएको कसलाई मन पर्दैन । आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन् । जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन् । तर हामीले प्रयोग गर्ने वस्तुहरुले के कति हानी पुर्‍याई रहेको हुन्छ? त्यो हामीलाई थाहा हुन्न । यसै सन्दर्भमा अनुहारमा लगाउन नहुने दश कुराहरू के के हुन् त ? आउनुस् छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्यको कुरा सुनौँ ।

के के हुन् त अनुहारमा लगाउनै नहुने दश कुराहरु:
१. नुहाउने साबुन र स्याम्पो अनुहारमा प्रयोग गर्नु हुँदैन:

यसमा सल्फेट (सोडियम लरेन्ट) भन्ने पदार्थ धेरै फिँज आओस भनेर प्रयोग गरिएको हुन्छ । जसले शरिर र कपालको फोहोर निकाल्न सहयोग गर्दछ । तर यसमा पिएचको मात्रा धेरै हुन्छ । हाम्रो अनुहारमा बढिमा पिएच मान ६ सम्म हुने भएकाले नुहाउने साबुन र स्याम्पुको प्रयोगले हाम्रो अनुहार ज्यादै सुख्खा हुन गई मोस्चराइजर समेत घटाउँछ ।

२. धेरै तातो र धेरै चिसो पानीले मुख धुनु हुँदैन:

धेरै तातो/चिसो पानीले मुख धुँदा अनुहारको छालामा भएको मोइस्चराइजर घटाउँदछ भने पिएच गडबढी गराउँदछ । मनतातो पानी वा तातो पानीबाट निस्केको वाफले मुख धुँदा उपयुक्त हुने गर्दछ ।

३. स्टेरोइड भएको क्रिमहरु अनुहारमा प्रयोग गर्नु हुन्न:
लामो समयसम्म स्टेरोइडको प्रयोगले अनुहारको छाला पातलो बनाई दिन्छ । यसको प्रयोगले छाला सेन्सेटिभ बनाउने तथा अनुहारका नसाहरू बाहिर निस्किने भएकाले अनुहार रातो देखिने हुन्छ ।

४. कागतीको रस अनुहारमा प्रयोग गर्नु हुन्न:

कागतीको रसमा भिटामीन सीको मात्रा धेरै हुने भएकाले अनुहारमा प्रयोग गर्नु उपयुक्त हुँदैन । कागतीको (साइट्रिक एसिड) पिएच(२-३) न्यून हुने भएकाले अनुहारको पिएच गडबढी गराउँछ । कागतीको रस अनुहारमा लगाएर उज्यालो/घाममा निस्किँदा फाइटो फोटोडर्मा डाइटिस नामक एलर्जी हुने सम्भावना धेरै हुन्छ । जसको असर लामो समयसम्म (पोष्ट इन्फ्लोमेन्ट्री हाइपरटेसन-पिआईएच) दाग बस्दछ । त्यसैले कागती खानु राम्रो हो तर अनुहारमा लगाउनु राम्रो होइन ।

५. वडी लोसन र मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुन्न:

छालामा लगाउने वडी लोसन मोइस्चराइजर अनुहारमा प्रयोग गर्नु हुँदैन । यसमा कडा किसिमको रसायनिक पदार्थ बढी हुने भएकोले अनुहारको पिएचमा गडबढी गर्दछ । तर अनुहार र शरिर दुवैमा प्रयोग गर्न मिल्ने लोसन/मोस्चराइजरले भने असर गर्दैन ।

६. नरिवलको तेल अनुहारमा प्रयोग गर्नु हुँदैन:

अनुहारमा डण्डीफोर र धेरै तेलआउने मानिसले झन् नरिवलको तेल अनुहारमा लगाउनु हुँदैन । नरिवलको तेल अन्य तेलको तुलनामा बाक्लो हुने भएकाले अनुहारमा भएका तेल/पसिनाका ग्रन्थीहरुलाई ब्लक गरी दिन्छ ।

७. डेओडेरेन्ट, पर्फ्युम र हेअर स्प्रे अनुहारमा प्रयोग गर्नु हुँदैन:

प्राय जसो गर्मी महिनामा धेरै पसिना बउने मानसिहरूकले अनुहारम डेओडेरेन्ट लगाउने गरेको देखिन्छ । मेकअप सेभ गर्न हेअर स्प्रेको प्रयोग गर्ने गरेको देखिन्छ । यस्ता वस्तुहरुमा अनुहारलाई हानी गर्ने धेरै रसायनहरू हुने गर्दछ ।

८. पेट्रोलियम जेल्ली अनुहारमा लगाउनु हुँदैन:

नेपाली बजारमा पाइने भ्यासलिन पेट्रोलियम जेल्लीको उदाहरण हो । यो अनुहारमा लगाउन उपयुक्त हुन्न । यसले अनुहारमा भएका तेल/पसिना ग्रन्थीहरूलाई ब्लक गरी दिन्छ । विशेष गरी डण्डीफोर भएकाहरुले झन् लगाउनु हुँदैन ।

९. अनुहारमा हेअर कलर प्रयोग गर्नु हुँदैन:

अहिले हेअर कलर र आँखि भौँको कलर मिलाउन आँखिभौँमा पनि हेअर कलर प्रयोग गर्ने गरेको पाइएको छ । हेअर कलरमा अनुहारलाई एलर्जी गराउने रसायनहरु हुने भएकाले यसको प्रयोग गर्नु हुँदैन ।

१०. अनुहारमा टुथपेस्ट प्रयोग गर्नु हुँदैन:

डण्डीफोरका समस्या भएकाहरुले डण्डीफोर निको पार्न टुथपेस्ट प्रयोग गरेको पाइन्छ । तर टुथपेस्टले छालामा भएको मेलानिमको मात्रा बढाउने गर्दछ । मेलानिमको मात्रा बढी हुँदा अनुहारको छालामा कालो दाग बस्ने समस्या बढ्दछ ।

तसर्थ, एक पटक छाला रोग विशेषज्ञको सल्लाह लिएर मात्र अनुहारमा कुन किसिमको मेकअप प्रोडक्ट प्रयोग गर्ने भन्ने निर्णय लिनु उचित हुने सल्लाह दिनुहुन्छ छाला तथा यौन रोग विशेषज्ञ डा. प्रकाश आचार्य ।

  • १० कुराहरू
  • डा. प्रकाश आचार्य
  • मुखमा
  • लगाउनै नहुने
शुक्रबार, चैत १८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

भर्खरै

  • १.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • २.
    चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

  • ३.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ४.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.