भरतपुर : चितवनमा पछिल्लो २४ घण्टामा एक जनामा पनि कोरोना संक्रमण नभेटिएको पाइएको छ । ८३ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा संक्रमित एक जना पनि नभेटिएको स्वास्थ्य कार्यलय चितवनले जनाएको छ ।
चितवनमा अब एक जना मात्रै कोरोनाका सक्रिय संक्रमित मात्रै रहेका छन् । संक्रमित भरतपुर अस्पतालमा उपचाररत छन् ।
पछिल्लो १४ दिनदेखि संक्रमित नथपिएको कार्यलयले जनाएको छ।
भरतपुरबाहेक छ वटा स्थानीय तहमा कोरोना संक्रमितको संख्या शुन्यमा झरेको छ ।
जिल्लामा हालसम्म ३३ हजार ५४८ जना संक्रमित भेटिएकामा ३३ हजार ९८ जना संक्रमण मुक्त भइसकेका छन् । हालसम्म ४४९ संक्रमितको मृत्यु भएको छ ।