चितवन : जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा होली पर्व मनाएको छ । घरविदामा जान नपाई सुरक्षार्थ खटिएका कार्यालय सहायकदेखि कार्यालय प्रमुख प्रहरी उपरीक्षकसम्मले विहान सामुहिक पर्व मनाएका हुन् ।
पर्वमा जनताको सुरक्षाका लागि अन्य समयभन्दा बढी खटिनुपर्ने भएकाले विदा कम पाउने र पर्वमा घरको याद आउने हुंदा यसरी मनाउने सामुहिक पर्वले आत्मियता बढाउने प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले बताउनुभयो ।
साथै परिवारसँग बसेर पर्व मनाउन नपाएको न्यास्रो समेत मेटिने अधिकारीले बताउनुभयो ।
प्रहरी विहान पर्व मनाएर पुन नियमित कार्यमा खटिएका छन् । अन्य दिनमा भन्दा आज बढी सुरक्षाकर्मी खटिएको चितवन प्रहरीले जनाएको छ।
होली पर्वको अवसरमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरेर नियमित भन्दा बढी पेट्रोलिङ बढाईएको डिएसपी अधिकारीले बताउनुभयो । पर्वमा उच्छृङ्खल गतिविधि नगर्न, मोटरसाईकलमा क्षमताबढी व्यक्ति नबस्न प्रहरीले आग्रह गरेको छ ।
सांझपख नारायणी नदी किनारमा सुरक्षा बढाईएको उहाले बताउनुभयो ।