Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, भदौ ०३, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

पुरुषकै कारण हुन्छ महिलामा पाठेघरको क्यान्सर


पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण के होला ? धेरैलाई थाहा नहुँन सक्छ पुरुषको कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने । पुरुषको कारणले महिलामा कसरी पाठेघरको मुखको क्यान्सर हुन्छ ? स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर बिशाल खनिया यसो भन्छन् ‘ धेरै महिला पाठेघरको मुखको क्यान्सरले पीडित छन् । अधिकांशलाई थाहा नहुन पनि सक्छ, पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण पुरुष हो । यसलाई सर्भाइकल क्यान्सर पनि भनिन्छ ।

बिवाह गरेका महिला वा पुरुषसँग यौन सम्पर्कमा रहेका महिलामा पाठेघरको क्यान्सर हुने संभावना बढी हुन्छ । यौन सम्पर्कका समयमा ह्युमन प्यापिलोेमा नामक भाइरस पुरुषद्धारा महिलामा सर्छ । यही कारणले नै पाठेघरको मुखको क्यान्सर हुन्छ । यो भाइरस महिलामा सर्ने वित्तिकै तत्काल क्यान्सर हुने होइन् । ५ देखि १० वर्ष वा त्यो भन्दा बढी पनि लाग्न सक्छ । यौन सम्पर्क राख्ने सबैलाई यो भाइरस सर्ने अर्थात पाठेघरको मुखको क्यान्सर हुन्छ भन्ने छैन, यो धेरैलाई नसर्न पनि सक्छ ।

पाठेघरको मुखको क्यान्सर हुने मूख्य कारण:
१.मूख्य कारण भनेकै पुरुषसंग यौन सम्पर्क राख्नु ।
२.सानो उमेरमा यौन सम्पर्क राख्दा ।
३.धेरै व्यक्तिसँग यौन सम्पर्क राख्दा ।
४.धेरै बच्चा जन्माउँदा ।
५.योनाङ्ग सफा नगर्दा ।

यसका लक्षणहरु :
१.योनीबाट गनाउँने सेतो पानी बग्ने ।
२.यौन सम्पर्कका बेला रगत आउँने ।
३.महिनावारी हुने समयमा भन्दा अघि पछि पनि रगत बग्ने ।
४.योनी चिलाउने ।
५.दुब्लाउँदै जाने ।
६.संक्रमण भएको लामो समय पछि शरीरका अन्य भागमा सर्यो भने, काखी मुनी गाँठा गुठी आउने ।

कलेजो, फोक्सोमा संक्रमण हुने, कलेजो, फोक्सो सुन्निने वा दुख्ने हुनसक्छ । अन्य अंगमा पनि संक्रमण फैलन सक्छ । कसरी बच्ने त ? यो समस्या निम्न आयस्रोत वा गरिबीको चपेटामा परेका महिलामा बढी देखिएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागी निम्न सावधानि अपनाउन सकिन्छ ।

१. सेतो पानी बग्ने, यौन सम्पर्कका बेला रगत आउँने वा कुनै पनि यस्ता लक्षण देखिए तुरुन्त चिकित्सकसँग सल्लाह लिने ।

२. १० वर्ष पुरा भएका बालिकालाई अनिर्बाय एचपीभी खोप लगाउने ।(यो खोप नजिकको अस्पतालमा निशुल्क पाइन्छ )

३. बिवाह पश्चात वा यौन सम्पर्क राखे पछि वर्षको एक पटक गर्भाशयको माथिल्लो भाग (प्याप स्मेयर)को परीक्षण गर्ने । (चाँडै नै सरकारले सरकारी अस्पतालमा यो परीक्षण निशुल्क गर्ने तयारी गरेको छ ।)

४. कुनै पनि लक्षण देखियो भने जथाभावी औषधि सेवन गर्नुभन्दा चिकित्सको सल्लाहा बमोजिम औषधि सेवन गर्नु राम्रो हुन्छ ।

  • क्यान्सर
  • पाठेघरको
  • पुरुषकै कारण
  • महिलामा
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

लोकप्रिय

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

भर्खरै

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.