×
शुक्रबार, असार ०६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • १०. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

भिजिट भिसामा खाडी मुलुक जान वार्षिक ५ लाख आम्दानी हुनुपर्ने


काठमाडौं : अब भिजिट भिसामा खाडी मुलुक जान कम्तीमा ५ लाख रुपैयाँ आम्दानी हुनुपर्ने भएको छ । गृहसचिव टेकनारायण पाण्डेले भिजिट भिसासम्बन्धी मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गर्न बनाइएको कार्यदलको प्रतिवेदनको आधारमा यो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयको शान्ति, सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेल नेतृत्वको समितिले भिजिट भिसामा जान १० लाख आय देखाउनुपर्ने भनेको थियो । तर १० लाख आय अव्यवहारिक भएको भन्दै आलोचना भएपछि मन्त्रालयले ५ लाख रुपैयाँ करयोग्य आय देखाए पुग्ने निर्णय गरेको हो ।

 

मन्त्रालयका एक अधिकारीका अनुसार कार्यविधि तयार भएर कार्यान्वयनमा आउनुअघिका लागि मात्र यो व्यवस्था लागू गर्न सचिवस्तरबाट निर्णय गरिएको हो । भिजिट भिसामा जान दुई वर्षभन्दा बढी विदेशमा बसेको अभिलेखबाट प्रमाणित हुनुपर्ने सर्त राखिएको छ । साथै, खाडी मुलुकको हकमा कम्तीमा दुई पटक र खाडी मुलुकभन्दा बाहिर एक पटक विदेश यात्रा गरेको हुनुपर्ने पनि भनिएको छ ।

भिजिट भिसामा जान कम्तीमा कक्षा १२ को औपचारिक शिक्षा वा सो सरहको प्राविधिक ज्ञान सीप लिएको हुनुपर्ने भनिएको छ । ‘आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति एकाघरका आमाबाबु, सासु ससुरा, छोराछोरी, श्रीमान्–श्रीमती हुनुपर्छ’ नयाँ मापदण्डमा भनिएको छ ।

 

ट्राभल एजेन्सीको घोषित टूर–प्याकेजमा जानेका लागि निर्धारित भ्रमण कार्यक्रम सकिएपछि फर्काउने प्रतिबद्धता र जिम्मेवारी स्वःघोषणा गरेको हुनुपर्ने भनिएको छ । त्यसमा पनि खाडी मलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्वस्वीकृति आवश्यक पर्ने भनिएको छ ।

‘औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरु पनि जान पाउने छन्’ मापदण्डमा भनिएको छ, ‘वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनका लागि म्यानपावर व्यवसायीहरु पनि जान पाउनेछन् ।’ उनीहरुले एकाघरका आमाबाबु, सासु ससुरा, छोराछोरी र श्रीमान् श्रीमतीलाई पनि लैजान पाउने छन् ।

खाडी मुलुक, मलेसिया, अफ्रिकी मुलक र जोखिम भएका ठाउँमा भ्रमणमा जाने खेलाडी तथा कलाकारको हकमा आयोजकबाट प्राप्त आधिकारिक निमन्त्रणा वा प्रायोजनको पत्र हुनुपर्ने भनिएको छ । साथै, आयोजकको आमन्त्रण तथा प्रायोजन सम्बन्धी कागजात वेवसाइट/अनलाइन रुजु हुनुपर्ने भनिएको छ ।

‘अथवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणित, सिफारिस भएको हुनुपर्नेछ’ मापदण्डमा भनिएको छ, ‘यसरी समूह वा व्यक्तिगत रुपमा भ्रमणमा जाने विषयमा सिफारिस गर्दा सिफारिस गर्ने निकाय जिम्मेवार हुनेछ ।’

  • ५ लाख
  • आम्दानी
  • खाडी मुलुक
  • जान
  • भिजिट
  • भिसामा
  • वार्षिक
  • हुनुपर्ने
शुक्रबार, फागुन २७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै
मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै
आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    WAY ग्रुप नेपाल, नवलपुरको विशेष साधारण सभाबाट नयाँ कार्यसमिति चयन

  • ३.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ४.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ५.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

  • २.
    मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • ३.
    नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ४.
    देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीबाट आज उद्घाटन हुँदै

  • ५.
    आज मिति २०८२ साल असार ६ गते शुक्रबार, यस्तो छ तपाईकोे राशिफल

  • ६.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • ७.
    आजको मौसम : आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

  • ८.
    दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.