• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

१९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

लोकप्रिय समाचार

  • १. १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २. गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३. बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४. गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु


काठमाडौं : मानिसहरुले आफूलाई स्वस्थ राख्न विभिन्न पौष्टिक तत्व भएका खानेकुरा खाने गर्छन् । शरीरका लागि विभिन्न पौष्टिक तत्व मिलाएर खानुपर्ने पोषणविद् बताउँछन् ।

समय परिवर्तनसँगै भान्सामा पाक्ने परिकारहरु पनि परिमार्जन हुँदै गइरहेका छन् । पूर्खाहरुले खाने विधि र अहिलेको आधुनिक समयको खाने शैलीमा व्यापक परिवर्तन आइसकेको छ । पहिलेका खानेकुरा सबै अर्ग्यानिक हुने गर्थे भने अहिले बाहिरकै खानेकुरामा भर पर्नुपर्ने अवस्था छ ।

 

विभिन्न पौष्टिक तत्वमध्ये कार्बोहाइड्रेट एक महत्वपूर्ण तत्व हो । कार्बोहाइड्रेटले मोटोपन बढ्ने, उच्च रक्तचापको समस्या हुने, मधुमेहको जोखिम हुन्छ भन्ने आमबुझाइ पनि छ । यही बुझाइका कारण अहिले धेरैले आलु, चामल लगायत खान छोड्दै गएका छन् ।

तर पोषणविद् डा. मनसा थापा ठकुराठी कार्बोहाइड्रेटको मुख्य स्रोत भात र आलु खाए मोटाइन्छ भन्ने धारणा गलत भएको वताउनुहुन्छ । उहांका अनुसार मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने तत्व कार्बोहाइड्रेट हो । यसबाट मानिसहरु भाग्दै गएकोमा चिन्ता बढेको उहां वताउनुहुन्छ । कार्बोहाइड्रेट मोटोपनको स्रोत होइन भनेर आममानिसलाई बुझाउन आवश्यक रहेको उहांको भनाइ छ ।

 

के हो कार्बोहाइड्रेट ?

कार्बोहाइड्रेट हाइड्रोजन र अक्सिजन मिलेर बनेको पौष्टिक तत्व हो । कार्बोहाइड्रेटसँगै क्यालोरी पनि जोडिएर आउँछ । हामीले खाने भातमा माड र चिनीको रुपमा यो प्राप्त हुने पोषणविद् डा. थापा  वताउनुहुन्छ । यसलाई पचाएर जुन शक्ति बन्छ, त्यसलाई क्यालोरी भनिन्छ ।

कार्बोहाइड्रेट मात्रै नभई जे कुरा पनि बढी आएमा मोटोपनको समस्या हुने उहां वताउनुहुन्छ । ‘कार्बोहाइड्रेटले मुटुलाई त्यति खराब गर्ने होइन, समस्या तब आउँछ जब हामी बढी खान्छौं र त्यही अनुसारको एक्सरसाइज र हिंडडुल गर्दैनौं,’ डा. थापा  वताउनुहुन्छ ।

कार्बोहाइड्रेटयुक्त खानेकुरा खाएपछि त्यो ग्लुकोज (चिनी)मा परिणत हुन्छ । त्यसलाई शरीरले जति आवश्यक ठान्छ, त्यति नै लिन्छ । अनि बढी भएको तत्व कलेजोमा जम्मा भएर बस्छ । यसले ग्लाइकोजिन तत्वको रुपमा काम गर्छ, जतिबेला हामीले धेरैबेरसम्म खाना खाएका हुँदैनौं । जस्तै, व्रत बसेको दिनमा ग्लाइकोजिनले हामीलाई शक्ति प्रदान गर्दछ ।

पोषणविद् डा. थापा उमेर, लिंग, शारीरिक वनावट र कामको प्रकृतिअनुसार कार्बोहाइड्रेट ग्रहण गर्नुपर्ने  वताउनुहुन्छ । एक दिनमा एक व्यक्तिले २२५ देखि ३२५ ग्रामसम्म कार्बोहाइड्रेट खानुपर्दछ ।

उहां वताउनुहुन्छ ‘, ‘मानव शरीरको मस्तिष्कलाई ताजा र स्फूर्त राख्न एक दिनमा लगभग १३० ग्राम ग्लुकोज चाहिन्छ, जुन ग्लुकोज कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।’

कार्बोहाइड्रेटको कमीबाट हुने असर

आधुनिक र व्यस्त जीवनशैलीका कारण अहिले घरमा भन्दा बाहिरकै फास्टफुड खाना खाने प्रचलन बढेको छ । योसँगै कार्बोहाइड्रेटप्रतिको गलत बुझाइ हुँदा पनि यसको कमीले समस्या निम्त्याइरहेको छ ।

यसको कमीले खुट्टा, पिडौंला, मांसपेशी बाउँडिने, दुख्ने लगायतका समस्या आउने डा. थापा  वताउनुहुन्छ । सवारी साधन चल्नका लागि इन्धनको प्रमुख भूमिका हुन्छ, त्यस्तै हाम्रो शरीरको मुख्य इन्धन कार्बोहाइड्रेट हो ।

कार्बोहाइड्रेटको स्रोत

कार्बोहाइड्रेटका मुख्य स्रोत वनस्पति, ग्लुकोज पाउने अन्न, चिनी पाउने फलफूल र तरकारी हुन् । यस्तै दाल भात तरकारी, गाँजर, उखु, पाकेको फर्सीमा पनि कार्बोहाइड्रेट पाइन्छ । खस्रो चामल, बोक्रा भएको दाल र गेडागुडीबाट कम्प्लेक्स कार्बोहाइड्रेट पाइने डा. थापा  वताउनुहुन्छ ।

कार्बोहाइड्रेटले शरीरमा चमक ल्याउँछ । हातका नङ र हाडसँगै मांसपेशी बलियो हुन्छ । महिलाहरुका लागि यो अझै आवश्यक हुने डा. थापा  वताउनुहुन्छ । यस्तै कुपोषणबाट बचाउन पनि कार्बोहाइड्रेटले महत्वपूर्ण भूमिका खेल्छ ।

 

आलु र चामल किन महत्वपूर्ण ?

आलु र चामल नेपालीहरुको भान्सामा प्रायः नछुट्ने खाद्यवस्तु हुन् । तर मोटाइन्छ भन्दै अहिले धेरैले आलु र चामल कम खान थालेका छन् । आलु आफैंमा बैगुनी तरकारी नभएको पोषणविद् डा. थापा  वताउनुहुन्छ । यसमा फाइबर, भिटामिन, मिनरल हुन्छ ।

ठिक्क खाँदा आलुले शरीरलाई धेरै फाइदा गर्दछ । आलुलाई राम्रोसँग पखालेर बोक्रासहित खाँदा अझै बढी फाइदा हुने डा. थापाको भनाइ छ । किनकि, आलुको बोक्रामा फाइबर पाइन्छ । आलुलाई घरमा पकाएर खाने, कम तेलमा पकाउने गर्नुपर्ने उहां वताउनुहुन्छ । तर बजारमा पाइने तेलमा तारेर बनाएको आलु चिप्स, कुरकुरे, फ्रेन्च फ्राइ जस्ता परिकार भने नखान उहांको सुझाव छ ।

यसैगरी नेपालीमा भान्सामा नछुट्ने चामलको प्रयोगमा पनि ध्यान दिनुपर्छ । साधारण मिलमा कुटेको सेतो चामलभन्दा खैरो चामलमा भाइबर र भिटामिन बढी हुने हुनाले यसको प्रयोग बढाउनुपर्ने डा. थापा वताउनुहुन्छ  । यसरी आलु र चामल सही रुपमा उपभोग गरेको यसले कार्बोहाइड्रेटको कमी पूरुा गर्छ भने विभिन्न रोगबाट समेत बचाउँछ ।

भान्साभित्र नै औषधि उपचारको पद्धति रहेको पोषणविद् डा. थापा वताउनुहुन्छ  । उमेरअनुसारको शारीरिक वजन हुनु जरुरी हुने उहांको भनाइ छ । पछिल्लो पुस्ता दुब्लो–पातलो शरीरप्रति आकर्षित भएको पाइन्छ, तर यसको पनि सीमितता हुन्छ । उहां वताउनुहुन्छ ‘, ‘१५ वर्षको उमेरका केटा-केटीको तौल ४५ देखि ४७ केजीसम्म एकदमै राम्रो हुन्छ ।’

यसैगरीको घरमा पकाएको सादा खानामा नै जोड दिएर कार्बोहाइड्रेट मिलाएर खानसके शरीरका लागि फाइदाजनक हुने डा. थापा  वताउनुहुन्छ ।

  • कार्बोहाइड्रेट
  • खानेकुराबाट
  • टाढा हुँदैछन्
  • पाइने
  • मानिसहरु
सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा. गोविन्द केसीसँग ७ बुँदे सहमति, अनसन तोडियो
विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो
सर्लाहीमा घर प्लास्टर गर्ने क्रममा छतबाट खसेर दुई जना मजदुरको मृत्यु
जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन
फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने
चितवनमा ‘चितवन अटो शो २०२६’ आयोजना हुने

लोकप्रिय

  • १.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

भर्खरै

  • १.
    बालिकामाथि यौन दुर्व्यवहार गर्ने गैंडाकोटको सरस्वती निकेतनका शिक्षक पक्राउ, स्कुलले गर्‍यो बर्खास्त

  • २.
    गैँडाकोटमा विद्यार्थीमाथि Bad Touch र दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, संस्थालाई नजोड्न विद्यालयको आग्रह

  • ३.
    १९ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गर्ने बाबु चितवनबाट पक्राउ

  • ४.
    गैँडाकोट नमुना माविमा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा सम्पन्न…

  • ५.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ६.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ७.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ८.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.