Sweet Nepal skip
  • समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, भदौ ०१, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

लोकप्रिय समाचार

  • १. गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २. राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३. गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

कार्बोहाइड्रेट पाइने खानेकुराबाट टाढा हुँदैछन् मानिसहरु


काठमाडौं : मानिसहरुले आफूलाई स्वस्थ राख्न विभिन्न पौष्टिक तत्व भएका खानेकुरा खाने गर्छन् । शरीरका लागि विभिन्न पौष्टिक तत्व मिलाएर खानुपर्ने पोषणविद् बताउँछन् ।

समय परिवर्तनसँगै भान्सामा पाक्ने परिकारहरु पनि परिमार्जन हुँदै गइरहेका छन् । पूर्खाहरुले खाने विधि र अहिलेको आधुनिक समयको खाने शैलीमा व्यापक परिवर्तन आइसकेको छ । पहिलेका खानेकुरा सबै अर्ग्यानिक हुने गर्थे भने अहिले बाहिरकै खानेकुरामा भर पर्नुपर्ने अवस्था छ ।

 

विभिन्न पौष्टिक तत्वमध्ये कार्बोहाइड्रेट एक महत्वपूर्ण तत्व हो । कार्बोहाइड्रेटले मोटोपन बढ्ने, उच्च रक्तचापको समस्या हुने, मधुमेहको जोखिम हुन्छ भन्ने आमबुझाइ पनि छ । यही बुझाइका कारण अहिले धेरैले आलु, चामल लगायत खान छोड्दै गएका छन् ।

तर पोषणविद् डा. मनसा थापा ठकुराठी कार्बोहाइड्रेटको मुख्य स्रोत भात र आलु खाए मोटाइन्छ भन्ने धारणा गलत भएको वताउनुहुन्छ । उहांका अनुसार मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने तत्व कार्बोहाइड्रेट हो । यसबाट मानिसहरु भाग्दै गएकोमा चिन्ता बढेको उहां वताउनुहुन्छ । कार्बोहाइड्रेट मोटोपनको स्रोत होइन भनेर आममानिसलाई बुझाउन आवश्यक रहेको उहांको भनाइ छ ।

 

के हो कार्बोहाइड्रेट ?

कार्बोहाइड्रेट हाइड्रोजन र अक्सिजन मिलेर बनेको पौष्टिक तत्व हो । कार्बोहाइड्रेटसँगै क्यालोरी पनि जोडिएर आउँछ । हामीले खाने भातमा माड र चिनीको रुपमा यो प्राप्त हुने पोषणविद् डा. थापा  वताउनुहुन्छ । यसलाई पचाएर जुन शक्ति बन्छ, त्यसलाई क्यालोरी भनिन्छ ।

कार्बोहाइड्रेट मात्रै नभई जे कुरा पनि बढी आएमा मोटोपनको समस्या हुने उहां वताउनुहुन्छ । ‘कार्बोहाइड्रेटले मुटुलाई त्यति खराब गर्ने होइन, समस्या तब आउँछ जब हामी बढी खान्छौं र त्यही अनुसारको एक्सरसाइज र हिंडडुल गर्दैनौं,’ डा. थापा  वताउनुहुन्छ ।

कार्बोहाइड्रेटयुक्त खानेकुरा खाएपछि त्यो ग्लुकोज (चिनी)मा परिणत हुन्छ । त्यसलाई शरीरले जति आवश्यक ठान्छ, त्यति नै लिन्छ । अनि बढी भएको तत्व कलेजोमा जम्मा भएर बस्छ । यसले ग्लाइकोजिन तत्वको रुपमा काम गर्छ, जतिबेला हामीले धेरैबेरसम्म खाना खाएका हुँदैनौं । जस्तै, व्रत बसेको दिनमा ग्लाइकोजिनले हामीलाई शक्ति प्रदान गर्दछ ।

पोषणविद् डा. थापा उमेर, लिंग, शारीरिक वनावट र कामको प्रकृतिअनुसार कार्बोहाइड्रेट ग्रहण गर्नुपर्ने  वताउनुहुन्छ । एक दिनमा एक व्यक्तिले २२५ देखि ३२५ ग्रामसम्म कार्बोहाइड्रेट खानुपर्दछ ।

उहां वताउनुहुन्छ ‘, ‘मानव शरीरको मस्तिष्कलाई ताजा र स्फूर्त राख्न एक दिनमा लगभग १३० ग्राम ग्लुकोज चाहिन्छ, जुन ग्लुकोज कार्बोहाइड्रेटबाट प्राप्त हुन्छ ।’

कार्बोहाइड्रेटको कमीबाट हुने असर

आधुनिक र व्यस्त जीवनशैलीका कारण अहिले घरमा भन्दा बाहिरकै फास्टफुड खाना खाने प्रचलन बढेको छ । योसँगै कार्बोहाइड्रेटप्रतिको गलत बुझाइ हुँदा पनि यसको कमीले समस्या निम्त्याइरहेको छ ।

यसको कमीले खुट्टा, पिडौंला, मांसपेशी बाउँडिने, दुख्ने लगायतका समस्या आउने डा. थापा  वताउनुहुन्छ । सवारी साधन चल्नका लागि इन्धनको प्रमुख भूमिका हुन्छ, त्यस्तै हाम्रो शरीरको मुख्य इन्धन कार्बोहाइड्रेट हो ।

कार्बोहाइड्रेटको स्रोत

कार्बोहाइड्रेटका मुख्य स्रोत वनस्पति, ग्लुकोज पाउने अन्न, चिनी पाउने फलफूल र तरकारी हुन् । यस्तै दाल भात तरकारी, गाँजर, उखु, पाकेको फर्सीमा पनि कार्बोहाइड्रेट पाइन्छ । खस्रो चामल, बोक्रा भएको दाल र गेडागुडीबाट कम्प्लेक्स कार्बोहाइड्रेट पाइने डा. थापा  वताउनुहुन्छ ।

कार्बोहाइड्रेटले शरीरमा चमक ल्याउँछ । हातका नङ र हाडसँगै मांसपेशी बलियो हुन्छ । महिलाहरुका लागि यो अझै आवश्यक हुने डा. थापा  वताउनुहुन्छ । यस्तै कुपोषणबाट बचाउन पनि कार्बोहाइड्रेटले महत्वपूर्ण भूमिका खेल्छ ।

 

आलु र चामल किन महत्वपूर्ण ?

आलु र चामल नेपालीहरुको भान्सामा प्रायः नछुट्ने खाद्यवस्तु हुन् । तर मोटाइन्छ भन्दै अहिले धेरैले आलु र चामल कम खान थालेका छन् । आलु आफैंमा बैगुनी तरकारी नभएको पोषणविद् डा. थापा  वताउनुहुन्छ । यसमा फाइबर, भिटामिन, मिनरल हुन्छ ।

ठिक्क खाँदा आलुले शरीरलाई धेरै फाइदा गर्दछ । आलुलाई राम्रोसँग पखालेर बोक्रासहित खाँदा अझै बढी फाइदा हुने डा. थापाको भनाइ छ । किनकि, आलुको बोक्रामा फाइबर पाइन्छ । आलुलाई घरमा पकाएर खाने, कम तेलमा पकाउने गर्नुपर्ने उहां वताउनुहुन्छ । तर बजारमा पाइने तेलमा तारेर बनाएको आलु चिप्स, कुरकुरे, फ्रेन्च फ्राइ जस्ता परिकार भने नखान उहांको सुझाव छ ।

यसैगरी नेपालीमा भान्सामा नछुट्ने चामलको प्रयोगमा पनि ध्यान दिनुपर्छ । साधारण मिलमा कुटेको सेतो चामलभन्दा खैरो चामलमा भाइबर र भिटामिन बढी हुने हुनाले यसको प्रयोग बढाउनुपर्ने डा. थापा वताउनुहुन्छ  । यसरी आलु र चामल सही रुपमा उपभोग गरेको यसले कार्बोहाइड्रेटको कमी पूरुा गर्छ भने विभिन्न रोगबाट समेत बचाउँछ ।

भान्साभित्र नै औषधि उपचारको पद्धति रहेको पोषणविद् डा. थापा वताउनुहुन्छ  । उमेरअनुसारको शारीरिक वजन हुनु जरुरी हुने उहांको भनाइ छ । पछिल्लो पुस्ता दुब्लो–पातलो शरीरप्रति आकर्षित भएको पाइन्छ, तर यसको पनि सीमितता हुन्छ । उहां वताउनुहुन्छ ‘, ‘१५ वर्षको उमेरका केटा-केटीको तौल ४५ देखि ४७ केजीसम्म एकदमै राम्रो हुन्छ ।’

यसैगरीको घरमा पकाएको सादा खानामा नै जोड दिएर कार्बोहाइड्रेट मिलाएर खानसके शरीरका लागि फाइदाजनक हुने डा. थापा  वताउनुहुन्छ ।

  • कार्बोहाइड्रेट
  • खानेकुराबाट
  • टाढा हुँदैछन्
  • पाइने
  • मानिसहरु
सोमबार, फागुन ०९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
बागलुङको जैमिनी नगरपालिकाद्धारा एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितको घोषणा

लोकप्रिय

  • १.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • २.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ३.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

भर्खरै

  • १.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • २.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ३.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

  • ४.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • ५.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ६.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ७.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ८.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.