हुम्लाकी १५ वर्षीया कलशा नेपाली सुर्खेत लाटीकोइलीस्थित शिव माध्यमिक विद्यालय कक्षा १० पढ्छिन्। एक वर्षकै उमेरमा आमा बाबुले कलशालाई हुम्लाबाट नेपालगञ्ज ल्याएर काकाको घरमा छोडिदिएका थिए।
कलशालाई नेपालगञ्ज छोड्नुको कारण उनी जन्मजात नै अपांग थिइन्। उनका बायाँ खुट्टा र बायाँ हात बाङ्गा छन्। अपांग छोरीलाई पाल्न समस्या हुने र गाउँ समाजमा तिरस्कृत हुनुपर्ने डरले भाइको घरमा आएको मौकामा त्यहीँ छोडेर हिँडेका रहेछन्।
कलशालाई अंकल आन्टीले एक वर्ष पालनपोषण गरे। दुई वर्षकी भएपछि उनीहरुले पनि एप होस्टेल बालगृहमा लगेर छोडिदिए। दूधे बालिका कलशाले आमाबुबाको काख र साथ पाइनन् नै लामो समयसम्म अंकलआन्टीको आश्रय पनि पाउन सकिनन्।
९ वर्षसम्म होस्टेलमा बसेर उनले त्यहाँका धाइआमाहरुको माया पाइन्। कक्षा आठसम्म त्यहीँ अध्ययन गरेकी उनी एक वर्षसम्म सल्यानको जामुने बजारमा बसिन्।
दुई वर्षअघि उनलाई साझा घर नेपाल नाम संस्थाले वीरेन्द्रनगरमा ल्याएको छ। कक्षा ९ र १० शिव माध्यामिकमै पढेकी छन्। आमाबुबा छन् भन्ने मात्रै सुनेकी उनले अहिलेसम्म पनि भेट्न पाएकी छैनन्। बरु उनलाई भेट्न अंकलआन्टी भने आइरहन्छन्।
अंकलआन्टी कहिलेकाहीँ भेट्न आउनुहुन्छ। मेरा लागि साझा घर नै आमा बुबा। खान पाका छौं पढ्न पाएका छौं कलशाले भनिन्। बुबा आमा भन्ने नै थाहा नपाएकोले उनीहरुको सम्झना नै नआउने कलशा बताउँछिन्।
अपांग भएकै कारण आमाबुबाबाट अपहेलित हुन परेकोले आफूजस्तै अपांगता भएकाहरुको सेवा गर्न नर्स बन्ने सपना बोकेको कलशाले बताइन्। म अपांग भएकै कारण मेरा बुबाआमाले बेवारिसे बनाएर छोडे। मलाई आमाबुबाको माया के हो थाहा नै छैन।
उहाँहरु गाउँमा हुनुहुन्छ भन्ने सुनेको तर अहिलेसम्म एक कल फोन समेत भएको छैन कलशाले भनिन् नर्स बनेर फलोरेन्स नाइटिङ्गेलको जस्तै गरिब असाहय र अपांगता भएकाहरुलाई सेवा गर्ने मन छ।
भिडियो
https://youtu.be/axOeMWwlJg8