×
आइतबार, असार ०८, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

अमेरिकाले गर्‍यो इरानमा आक्रमण

आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

नारायणगढ-बुटवल सडकखण्ड फेरि बन्दः डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

लोकप्रिय समाचार

  • १. गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २. गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३. गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४. काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ५. ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ६. WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

  • ७. सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध

  • ८. मौसमः चार प्रदेशमा रातिदेखि मध्यम वर्षा, तीनमा दिउँसो ठूलो पानी पर्ने

  • ९. दुम्कीवास-दाउन्ने सडक अवरुद्ध , प्रयोग गर्न सकिनेछ यी वैकल्पिक रुट

  • १०. आज मिति २०८२ साल असार ३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी नयाँ कार्यविधि कार्यान्वयनमा


काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले ग्राहकहरुलाई विद्युत् सेवा उपलब्ध गराउन निर्माण गरेको वितरण प्रणालीका विद्युतीय संरचना (तार, पोल, ट्रान्सफर्मर) सार्न आवश्यक प्रक्रिया र मापदण्ड कार्यान्वयनमा ल्याएको छ । प्राधिकरणले ‘विद्युतीय संरचना स्थानान्तरण सम्बन्धी कार्यविधि’ मार्फत संरचना सार्ने कामलाई व्यवस्थित बनाएको छ ।

कार्यविधिमा विद्युतीय संरचना स्थानान्तरण, प्राविधिक जाँच, स्वीकृति दिने अधिकारी, स्थानान्तरण गर्दा लाग्ने खर्च र पूरा गर्नु पर्ने दायित्वलगायतका व्यवस्था गरिएको छ । प्राधिकरणले प्राविधिक जाँच गरी सम्भव देखिएमा मात्र ४००/२३० भोल्ट (एलटी लाइन), ११ केभी र ३३ केभीसम्मको लाइनको तार, पोल र त्यसमा जडान भएको ट्रान्सफर्मरलगायतका संरचनाको स्थानान्तरण गर्नेछ ।

काठमाण्डौ उपत्यकालगायतका देशका विभिन्न सहरी क्षेत्रहरुमा सरकारी निकायहरु, पालिका तहहरु, उपभोक्ता समिति, व्यक्ति/संस्थाहरुमार्फत सडक विस्तारका क्रममा विद्युतीय संरचनाहरु सार्न माग गर्दै प्राधिकरणमा निवेदन आउने गरेको छ ।

साथै व्यक्तिगत जग्गाको बीचमा लाइन परि जग्गा उपभोग गर्न नमिल्ने भएको उल्लेख गर्दै पोल, तार तथा ट्रान्सफर्मर सार्नका लागि प्राधिकरणमाथि दबाब पर्ने गरेको छ । प्राधिकरणले कार्यविधिमार्फत प्राविधिक जाँचबाट उपयुक्त देखिए र स्थानान्तरण गर्ने ठाउँमा विरोध नभएको सुनिश्चित भएमा मात्र विद्युतीय संरचना सार्न सकिने व्यवस्था गरेको छ ।

कार्यविधिले विद्युतीय पोल, तार, ट्रान्सफर्मर लगायतका संरचना स्थानान्तरणको प्रक्रिया, स्वीकृति दिने अधिकारी, सार्दा लाग्ने खर्च कसले बेहोर्ने भन्ने व्यवस्था प्रष्टसँग व्यवस्था गरिएकाले त्यस्ता संरचना सार्ने काममा हुन सक्ने सम्भावित चलखेललाई रोक्ने प्राधिकरणको विश्वास छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय संरचना सार्नका लागि विभिन्न क्षेत्रबाट धेरै माग आउने गरेको, सहरी सौन्दर्यमा बाधा पुगेको, सडक विस्तारमा अवरोध गरेको जस्ता गुनासो आएपछि यसलाई सम्बोधन गर्न नीतिगत व्यवस्था गरिएको बताउनुभयो । ‘पोल सारिदिन्छु भन्दै धेरैले चलखेल गर्ने गरेको सुनेका छौँ, यसलाई नियन्त्रण र व्यवस्थित गर्न स्पष्ट प्रक्रिया र मापदण्डको व्यवस्था गरेका छौँ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

‘समस्यामा परेका व्यक्तिहरुले पोल सारिदिन्छु भन्दै आउने व्यक्तिहरुको पछि नलागी प्राधिकरणको स्थानीय कार्यालयमा गएर निवेदन दिन सक्नुहुन्छ, त्यसपछि कार्यविधि बमोजिम प्राविधिक नापजाँचको प्रक्रिया अगाडि बढ्छ, विकल्पसहित सम्भव देखिएमा मात्रै संरचना सारिने छ नत्र यथावत् नै रहने छन् ।’ स्थानान्तरण उपयुक्त देखिएमा आवेदक र पालिकाको प्रतिनिधिको उपस्थितिमा संरचना सारिने छ ।

प्राधिकरणको मौजुदा विद्युत् वितरण प्रणालीका विद्युतीय संरचना व्यक्ति/संस्थाको घर कम्पाउण्ड रहेको जग्गामा वा त्यस्तो जग्गामाथिबाट गएको वा सडक विस्तार गर्दा वा अन्य कुनै कार्य गर्न त्यस्तो संरचना स्थानान्तरणका लागि प्राधिकरणको सम्बन्धित स्थानीय कार्यालयमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आवेदनका साथमा नागरिकता, धनीपुर्जाको प्रतिलिपि, सम्बन्धित पालिकाको सिफारिस लगायतका कागजात पेस गर्नुपर्ने छ । तर, नेपाल सरकारका कुनै कार्यालय वा सरकारको पूर्ण स्वामित्वको संस्थाले भने संरचना स्थानान्तरणको कारणसहित पत्र पठाउनु पर्नेछ ।

प्राधिकरणको स्थानीय कार्यालको प्रमुखले संरचना स्थानान्तरणको आवेदन प्राप्त भएको १५ दिनभित्रमा प्राविधिक जाँच गराउनु पर्ने छ । ठाउँकाे स्थलगत निरीक्षण गरी विद्युतीय संरचना मर्मतसम्भार गर्न सहज पहुँच हुने, संरचना व्यवस्थित र सुरक्षित हुने र अरुलाई असर नपर्ने लगायतका आधार मानी प्राविधिक जाँच गरिने छ ।

संरचना स्थानान्तरण गर्न उपयुक्त देखिएमा प्राधिकरणको स्थानीय कार्यालय प्रमुखले सम्बन्धित वडाध्यक्ष, स्थानान्तरण हुने ठाउँको कम्तीमा एक जना संधियार, आवेदकसमेतको सहमतिमा स्थानान्तरण हुने ठाउँको यकिन गरिने छ ।

उपयुक्त देखिएमा कारण, ठाउँको विवरण, लाइनको नक्सा, अनुमानित खर्चसहितको प्रतिवेदन बुझाउनु पर्ने छ । जाँचमा स्थानान्तरण सम्भव नदेखिएमा त्यसको लिखित जानकारी आवेदकलाई दिनुपर्नेछ ।कार्यविधिमार्फत स्थलगत प्रतिवेदनमा स्थानान्तरण उपयुक्त देखिएमा सार्न स्वीकृति दिने जिम्मेवार व्यक्तिहरु तोकिएको छ ।

४००/२३० भोल्टेज स्तरका वितरण लाइनको स्वीकृति सम्बन्धित प्रादेशिक/प्रदेश डिभिजन कार्यालय प्रमुखले दिने छन् । सडक विस्तारको लागि ११ केभी स्तरका वितरण लाइन सार्ने स्वीकृति वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकले दिनेछन् ।

व्यक्ति/संस्थाको निजी स्वामित्वको ११ केभी र सडक विस्तारका लागि ३३ केभीलाइन सार्ने स्वीकृति कार्यकारी निर्देशकबाट दिइने छ । व्यक्ति/संस्था वा प्राधिकरणको स्वामित्वमा रहेको ३३ केभी र ११ केभी रिङमेन लाइन स्थानान्तरण स्वीकृति प्राधिकरण सञ्चालक समितिले दिने छ । निजी जग्गामाथि गएको ओभरहोड लाइन त्यही जग्गामा भूमिगत गर्न नसकिने व्यवस्था गरिएको छ ।

स्थानान्तरणको लागि आवश्यक पर्ने ठाउँ र मार्गअधिकारको व्यवस्था आवदेक आफैँले गर्नुपर्ने छ । स्थानान्तरण गरी जग्गाको साँध सिमानामा ल्याउनु पर्दा सम्बन्धित संधियार र अन्य निकायको सहमति लिनु पर्ने भएमा त्यस्तो सहमति लिखित रुपमा पेस गर्नु पर्नेछ भने आवेदकको विद्युत् महसुल बक्यौता हुनुहुँदैन ।

अन्य निकायका संरचना (दूरसञ्चार, केबुल, खानेपानी आदि) लाई असर पर्ने भए सम्बन्धित निकायको सहमति पेस गर्नुपर्ने छ । पालिकाको अनुरोधमा विद्युतीय संरचना स्थानान्तरण गर्न लाग्ने खर्चको सत्तरी प्रतिशत पालिकाले र बाँकी तीस प्रतिशत प्राधिकरणले बेहोर्ने छ ।

व्यक्ति/संस्था/निकायको अनुरोधमा संरचना स्थानान्तरण गर्नुपरेमा त्यसको सम्पूर्ण खर्च सम्बन्धित आवेदकले बेहोर्नु पर्नेछ । लागत अनुमान ५ लाखसम्म, ५–२० लाखसम्म र २० लाख रुपैयाँभन्दा बढी रहेको पोल स्थानान्तरण कार्य आवेदकले रकम जम्मा गरेको क्रमश : ३ महिना, ६ महिना र १२ महिनाभित्र सम्पन्न गरिनेछ ।

  • कार्यान्वयन
  • नयाँ कार्यविधि
  • विद्युतीय
  • सम्बन्धी
  • संरचना
  • स्थानान्तरण
सोमबार, माघ २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल
अमेरिकाले गर्‍यो इरानमा आक्रमण
गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड
ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट
रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान
टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

लोकप्रिय

  • १.
    गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र

  • २.
    गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै

  • ३.
    गैंडाकोटमा १५ दिने वातावरणमैत्री झोला निर्माण तालिम सुरु

  • ४.
    काठमाडौंमा स्कुलभित्रै माइक्रो भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

  • ५.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरको नेतृत्वमा थाहा नगरपालिकामा सरसफाइ तथा सचेतना अभियान सम्पन्न

भर्खरै

  • १.
    एसिसी यु-१६ कप क्रिकेटः पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

  • २.
    अमेरिकाले गर्‍यो इरानमा आक्रमण

  • ३.
    आज मिति २०८२ साल असार ८ गते आइतबार, यस्तो छ तपाईकोे राशिफल

  • ४.
    गैँडाकोटको सरस्वती निकेतनलाई ‘बेष्ट सेकेन्डरी स्कुल’ अवार्ड

  • ५.
    ढड्डाघारी माविमा नमूना मतदानबाट विद्यार्थी नेता छनौट

  • ६.
    रास्वपाको स्थापना दिवसमा गैँडाकोट–२ मा सरसफाइ र जनचेतना अभियान

  • ७.
    टी-२० त्रिकोणात्मक सिरिजःअन्तिम खेलमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

  • ८.
    मनसुनीसहित चार वायु थप सक्रियः आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.