• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बिहीबार, बैशाख १७, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

स्काभेटर दुर्घटना : बेपत्ता रावल मृत फेला

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २. रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३. गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४. कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५. आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने

  • ८. कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

  • ९. आजको मौसम : पहाडी भूभागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षाको सम्भावना

  • १०. आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

पति पत्निको तौल ३६२ किलो , २ बर्षमा १८१ किलो घटाएर बने रोल मोडल


काठमाडौं : यो जोडीको रोचक कथा अहिले भाइरल भइरहेको छ । श्रीमतीको नाम लेक्सी रीड र पतिको नाम ड्यानी रीड हो । लेक्सी अहिले ३० वर्षकी भइन् । उनले विवाहपछि फिटनेस यात्रा सुरु गरेकी हुन् ।

सन् २०१६ मा, उनको तौल लगभग २१९ किलो थियो भने उनका श्रीमान् ड्यानीको तौल १२७ किलो थियो । महिलाले १४१ किलो तौल कम गर्दा श्रीमानले ४३ किलो तौल घटाएका छन् । लेक्सी र ड्यानी रीड संसारका लागि रोल मोडेल बनेका छन्, जसले मात्र १८ महिनामा आफ्नो जीवन परिवर्तन गरेका छन् ।

लेक्सीले दुवैको जीवन राम्रो बनाउन केही नियम बनाएकी थिइन् । उदाहरणका लागि १ वर्षसम्म न त बाहिरको खानेकुरा खाने, न त मादक पदार्थ पिउने आदि नियम बनाइएको थियो । त्यसपछि दुवैले एकअर्कासँग गरेको वाचा पूरा गर्दै तौल घटाएका हुन् ।

लेक्सीका अनुसार बाल्यकालदेखि नै उनको तौल बढी थियो । उनले धेरै पटक तौल घटाउने सोच बनाएकी थिइन् तर सकिनन् । जब उनी २५ वर्षकी भइन्, उनको तौल १७७ किलोग्राम थियो ।

त्यस क्रममा उनी आफ्नो जीवनमा खासै खुसी थिइनन्, किनभने उनको प्रेमी ड्यानी (हालको पति) को पनि तौल धेरै बढेको थियो । अर्थात् बढ्दो तौलबाट दुवै जना निकै चिन्तित थिए । ड्यानीको तौल लगभग १२७ किलो भइसकेको थियो ।

उनको तौल बढ्नुको कारण उनी खान मन पराउथे । उनी सधैं बाहिरबाट खाना मगाउने गर्थे, जसकारण उनको तौल क्रमशः बढ्न थाल्यो । दुवैजना पेट नभरिदासम्म कुनै पनि रेस्टुरेन्टबाट बाहिर निस्कन मान्दैन्थे । उनीहरु घण्टौंसम्म खाना खान्थे । लेक्सी सधैं बाहिरबाट ल्याएको खाना र प्रशोधित खाना खान्थिन्, जसकारण उनको तौल विस्तारै बढ्दै गयो ।

तर जब उनले ड्यानीसँग डेट गर्न सुरु गरिन्, तब उनीहरूले बढेको तौलका कारण घरबाहिर निस्कन, हाइकिङ वा साइकल चलाउन नसकेको महसुस गरेका थिए ।

जसका कारण दुबै जना टिभी अगाडि बसेर फिल्म हेर्दै जंक फुड खान थाल्थे । केही समय पछि, लेक्सीले महसुस गरिन् कि उनीहरूले जीइरहेको जीवन स्वस्थ जीवनशैली होइन ।

त्यसका लागि दुवैले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ भन्ने विचार उनमा आयो । उनी सोच्दै थिइन्, केही समयपछि ड्यानीले उनलाई विवाहको प्रस्ताव राखे । त्यस समयमा, ड्यानीले लेक्सीको शरीरको आकारलाई कहिल्यै हेरेका थिएनन् । लेक्सी सधैं उनको लागि रानी जस्तै थिइन् र सधैं हुनेछिन् । त्यसपछि दुवैले विवाह गरे, आगामी जीवनको बारेमा सोच्न सुरु गरेका हुन् ।

लेक्सीको तौलका कारण बच्चा जन्माउन ठूलो जोखिम थियो । उनी गर्भवती भए पनि दुईमध्ये एकको मृत्यु हुनसक्ने पक्का थियो । त्यस बाहेक लेक्सीले आफूले तौल घटाउन नसके आगामी दिनमा यात्रा गर्न नसक्ने कुरा थाहा पाएकी थिइन् । हवाईजहाजको बारेमा सोच्न छोडेका उनीहरू कुनै पनि कारमा फिट हुन सक्ने अवस्था थिएन । विवाहको एक वर्षपछि पनि लेक्सी र ड्यानी आफ्नो अधिकांश समय टिभी हेर्दै बिताउने गर्थे । ड्यानीलाई यो सबै मनपर्‍यो, तर लेक्सी यसबाट दिक्क भइसकेकी थिइन् ।

किनभने उनी जीवनमा धेरै गर्न चाहन्थिन् । जब नयाँ वर्ष २०१६ आउन लागेको थियो, लेक्सीले दुवैका लागि केही नियम बनाइन्, फिटनेस यात्रा सुरु गर्ने सोचिन् । जब लेक्सीले ड्यानीलाई यो कुरा बताइन्, ड्यानीलाई यो मन परेन, किनभने ड्यानीलाई घरमा बस्न, सुत्न र खान मन पर्थ्यो । तर उनले आफ्नी श्रीमतीको निर्णयलाई सम्मान गरे र उनीसँग हरेक नियम पालना गर्न थाले ।

नयाँ वर्षको पहिलो दिनदेखि नै दुवैले एकअर्कालाई जीवनशैली ठीक राख्ने वाचा गर्दै हप्ताको ५ दिन ३० मिनेट व्यायाम गर्नुपर्ने नियम बनाएका थिए । ड्यानी र लेक्सीलाई जिम जान हुन धेरै गाह्रो भयो । किनभने दुवैसँग व्यक्तिगत प्रशिक्षण लिन पर्याप्त पैसा थिएन । तर व्यक्तिगत तालिम लिनुको सट्टा उनीहरु आफैं व्यायाम गर्न थाले र दिनहुँ जिमको हरेक गतिविधि ट्र्याक गर्न र आफ्नो फोटो खिच्न थाले ।

जिम जानु लेक्सीको लागि वरदान थियो, किनकि उनले बिस्तारै तौल घटाउन थाले र यसले उनको आत्मविश्वास बढायो । त्यसपछि उनले जिममा अन्य कक्षा पनि लिन थाले र नयाँ साथीहरू पनि बनाउन थाले । नयाँ साथी बनाएर उनीहरुले धेरै कुरा सिक्न पाए । त्यसपछि लेक्सीले एक महिनामा करिब ९ केजी तौल घटाएकी थिइन् ।

त्यसपछि दुवैले १८ महिना–२ वर्ष मेहनत गरेपछि ड्यानीको तौल ८६ केजी र लेक्सीको तौल लगभग ७८ केजी भयो । जब लेक्सी र ड्यानीले व्यायाम गर्न थाले, दुवैको तौल करिब ३६२ केजी थियो, त्यसपछि दुवैको यात्रामा कुल १८१ केजी घट्यो ।

 

त्यसपछि उनीहरु दुवैले वाचा गरे अनुसार स्वस्थ आहार पछ्याए, दुवैले घरमा पकाएको खाना खान्छन् ।

उनीहरुको एक वर्षको वाचा अझै जारी छ । दुवैले घरमा पकाएको खानेकुरा मात्र खाने गर्छन्, किनभने बाहिरको जङ्क र प्रशोधित खानाले धेरै नोक्सान गर्छ भन्ने कुरा उनीहरुले थाहा पाएका छन् । यसबाहेक, उनीहरूले उच्च प्रोटीन र अन्न–आधारित खाना दुवै खान्छ, जसले पेट भरी राख्छ र ऊर्जा पनि प्रदान गर्दछ ।

 

  • १८१ किलो
  • २ बर्ष
  • ३६२ किलो
  • तौल
  • पतिपत्नि
  • रोल मोडल
शनिबार, माघ २२, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हर्मुज बन्दहुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
अन्नपूर्णमा वसन्तयामको आरोहण सुरु
हरिवंशको ‘पाँच पाण्डव’ तिहारमा आउने
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

लोकप्रिय

  • १.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • २.
    रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन

  • ३.
    गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

  • ४.
    कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

  • ५.
    आज मिति २०८३ साल वैशाख १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

भर्खरै

  • १.
    एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच

  • २.
    नहर अतिक्रमण हटाउन चार सय घरटहरा हटाइँदै

  • ३.
    फेवा संरक्षित जलाधार व्यवस्थापकीय योजना कार्यान्वयनमा लगिने

  • ४.
    आजको मौसमः यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

  • ५.
    आज मिति २०८३ साल वैशाख १७ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६.
    आरम्भ कलेजमा ३ दिने अनुसन्धान विधि तालिम कार्यक्रम सम्पन्न

  • ७.
    आजको मौसम : यी प्रदेशमा बर्सातको पूर्वानुमान

  • ८.
    आज मिति २०८३ साल वैशाख १५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.