• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

लोकप्रिय समाचार

कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’ : विश्व स्वास्थ्य संगठन


काठमाडौँ  : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताएका छन् ।

डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा भने, ‘कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ ।’

‘यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित भएर आएको छ,’ उनले भने ।

कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गर्ने यूरोपेली मूलुकको पहिलो सदस्य राष्ट्र डेनमार्कले मंगलबार ओमिक्रोन भेरिएन्टको सामान्य प्रभाव देखिए कै समय देशमा कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गरेसँगै उनको यो भनाइ सार्वजनिक भएको हो ।

डेनमार्कसँगै अन्य धेरै देशहरूले यस्तै सोच बनाइरहेका भन्ने समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन् ।

टेड्रोसले भने, ‘कुनै–कुनै देशहरूमा खोप र ओमिक्रोनको उच्च सङ्क्रमण र स्वास्थ्यमा गम्भीर समस्या देखिएन भन्दैमा कोभिड सङ्क्रमण अब फैलिँदैन भनिहाल्नु असामयिक र चिन्ताको विषय हो ।’

उनले नियन्त्रणका उपायलाई अझै प्रभाबकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, ‘अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो ।’

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले औंल्याएअनुसार १० हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन देखिएदेखि सन् २०२० को तुलनामा करिब नौ करोड व्यक्ति सङ्क्रमित भएको रिपोर्ट छ ।

यस्तो अवस्थामा नयाँ कोभिड विविधता हल्का छ भन्ने जानकारी भएपनि अहिले पनि हामीले संसारका अधिकांश क्षेत्रहरूमा अत्यधिक मृत्युमा घटना देखिइरहेका छन् ।

उनले यो भाइरस पूर्ण सर्नदेखि रोक्न प्रयास गर्नु अत्यावश्यक रहेको बताए ।

‘हामी कुनै पनि देशलाई बन्दाबन्दीमा फर्कन आह्वान गरिरहेका छैनौँ,’ टेड्रोसले भने, ‘हामी सबै देशहरूलाई खोप मात्र नभई हरेक उपकरण प्रयोग गरेर उनीहरूको जनताको सुरक्षा गर्न आह्वान गर्दैछौं ।’

यो भाइरस को विकास जारी रहने भएकाले देशहरूले परीक्षण, निगरानी र अनुक्रम जारी राख्न उनले आह्वान गरेका छन् ।

  • ‘असामयिक’
  • अहिल्यै
  • कोभिडमाथि
  • घोषणा
  • विजय
  • विश्व स्वास्थ्य संगठन
बुधबार, माघ १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण
एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..
लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण
नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु
बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा
राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

लोकप्रिय

भर्खरै

  • १.
    लायन्स क्लब अफ गैँडाकोट कालीगण्डकीद्वारा १२ वर्षीया सायाँ श्रेष्ठलाई ह्वीलचेयर वितरण

  • २.
    एमालेले कारवाही गरेको वडा कमिटी अध्यक्ष रास्वपा प्रवेश…..

  • ३.
    लायन्स क्लब अफ गैँडाकोट सिटीद्वारा अपाङ्ग जीवन विकास केन्द्रमा खाद्यान्न वितरण

  • ४.
    नयाँ व्यवस्थापनसहित आई स्टडी चितवनको औपचारिक रुपमा सेवा सुरु

  • ५.
    बिआइटिएम र बिएचएमको पहिलो सेमेष्टरमै सेन्ट्रल मोडेल कलेजको उत्कृष्ट नतिजा

  • ६.
    राधाकृष्ण मन्दिरमा अखण्ड हरिकीर्तन

  • ७.
    गैँडाकोटमा ‘होम हेप्पीनेस हव’ सञ्चालनमा, फर्निचरमा १० वर्षको ग्यारेन्टी र विशेष छुट

  • ८.
    गैँडाकोटमा साउन ३० गते बृहत रक्तदान कार्यक्रम हुने

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.