काठमाडौं : स्व: पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु एक लाख आर्थिक सहयोग गरिएको छ ।
श्रमजीवी पत्रकार सङ्घ नेपालको पहलमा टिभी टुडे टेलिभिजनको व्यवस्थापन पक्षले रु एक लाख स्व पत्रकार विश्वकर्माकी श्रीमती निर्मला विकका नाममा रहेको नबिल बैंकको खातामा जम्ममा गरिदिएको छ ।
टेलिभिजनले यसअघि विश्वकर्माको कीरिया खर्चवापत रु २१ हजार उपलब्ध गराएको थियो । टिभी टुडेमा कार्यरत विश्वकर्माको यही माघ ५ गते राति ललितपुरस्थित पाटन अस्पतालमा निधन भएको थियो ।