काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय भावनाको विकास गर्न समुदायको सचेततापूर्वक खबरदारी आवश्यक रहेको बताउनुभएको छ ।
तामाङ समुदायको पर्व सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले विभिन्न समुदायका सांस्कृतिक पर्वहरुले नेपालीहरु बीच आपसी हार्दिकता र सामाजिक सहिष्णुताको विकास भई राष्ट्रिय अखण्डता र ऐक्यवद्धतामा सघाउ पुर्याउने भन्दै सो कुरा बताउनुभएको हो ।
‘संविधानले सुनिश्चित गरेको समावेशीता र समानुपातिकतालाई मजबुत गरी समाजवादी लक्ष्य हासिल गर्न र राष्ट्रिय भावनाको विकास गर्न पनि समुदायको सचेततापूर्वक खबरदारी आवश्यक छ,’ उहाको सन्देशमा उल्लेख छ ।