• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
आइतबार, साउन ३१, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

कार्यालयकै मिलेमतोमा काठ लुकाइयो

डडेल्धुरा : परशुराम नगरपालिका–५ परिगाउँमा रहेको भुवनेश्वर नमुना माविको हाताभित्र कटान गरिएको रूखको काठ लुकाइएको छ । गत ३ माघमा डिभिजन वन कार्यालय डडेल्धुराको अनुमतिविना काटिएको रूख वनकै मिलेमतोमा लुकाइएको हो ।

भवन र मैदान बनाउने निहुँमा व्यक्तिगत स्वार्थको लागि कटान गरिएका सिसम, हल्दु, साल र खयरका सयौ रूख कटान गरी लुकाइएको स्थानीयको भनाइ छ । विद्यालय परिसरमा रूख कटान गरेका ठूटासमेत डोजर प्रयोग गरेर माटोले पुरिएको छ ।

आठरदश रूख कटान भएको देखाउनको लागि मात्र रूखका ठूटा छोडिएको छ । रूख कटान भएको तीन दिनपछि मात्र प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको डिभिजन वनले आठवटा सिसम र दुई वटा हल्दुका रूख कटान गरिएको रिपोर्ट सार्वजनिक गरेको छ ।

तर, त्यस क्षेत्रका स्थानीय भने डिभिजन वनले गलत रिपोर्ट सार्वजनिक गरेको बताउँछन् । विद्यालय हाता भित्रका साल र खयरका रूख कटान गरिएको भए पनि अनुसन्धानको रिपोर्टमै नभएको विद्यालय व्यवस्थापन समिति सदस्य केशव नाथ बताउँछन् ।

उनले विद्यालय व्यस्थापन समितिमा समेत कुनै निर्णय नै नगरी रूख कटान गरी लुकाइएको बताए । ‘यहाँ सयभन्दा बढी सिसम, हल्दु, साल र खयरका रूख थिए । तर, आज छैनन् । रूख कटान भएको थाहा पाएपछि दोस्रो दिन वनको टोली यहाँ आएको थियो। साँझ डोजर चलेर सबै लुकाइयो,’ उनले भने ।

ईलाका वन कार्यालयलाई जानकारी गराएको र रेञ्जर विद्यालयमा पुग्दासमेत जानकारी गराई रूख कटान गरिएको विद्यालयका प्रध्यानाध्यापक डम्बर थ्वालले बताए ।

‘वडा अध्यक्ष मिनबहादुर चन्दको अध्यक्षतामा बैठक बसी रूख कटान गर्ने र कटान गरेका रूख व्यवस्थापन गर्ने जिम्मा पनि उनलाई नै दिइएको थियो । वनले भने रूख कटानको आदेश दिएको थिएन्,’ उनले भने ।

डोजर प्रयोग गरी लुकाइएको काठ वनकै साँठगाँठमा अन्यत्र सारिएको आशंका स्थानीयको छ । आफ्नै हातले साल र खयरका रूख रोपेको केसी नाथ बताउँछन् । उनी भन्छन्, ‘यसमा वनको मिलेमतो छ । नत्र अवैध रूपमा किन रूख काटिए रु’

अवैध रुख कटान गरी बिक्रीसमेत गरिएको गुनासो आएपछि वन कार्यालयले अनुसन्धान गरेको थियो । तर, रूख कटानमा संलग्न भएका भनिएका परशुरामधाम सब डिभिजन कार्यालय जोगबुडाका प्रमुख सन्तोष भट्टलाई अनुसन्धान अधिकृत तोकी अनुसन्धान गरिएपछि स्थानीय झन् आक्रोशित भएका छन् ।

कटान गरिएको काठको परिणाम सिसम ४५ क्युफिट र बाँकी हल्दु गरी १८८ दशमलव ८० क्युफिट रहेको भट्टले बताएका थिए । अहिले विद्यालय हाताभित्र उक्त काठ पनि छैन । अनुसन्धानपछि रातभरि डोजर प्रयोग गरी काठ लुकाइएको विद्यालय व्यवस्थापन समिति सदस्य नाथको भनाइ छ ।

प्रध्यानाध्यापक डम्बर थ्वाल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्का बोहरालाई मंगलबार वन कार्यालयले नियन्त्रणमा लिएको थियो।

अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेस गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएपछि दुवै जनालाई चार जनाको जिम्मा जमानीमा छोडिएको छ।

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई चार जनाको जिम्मा जमानीमा छोडिएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत रणेन्द्र सिंहले बताए।

‘प्रारम्भिक रिपोर्टअनुसार मुद्दा अगाडि बढाएका थियौं । अदालतबाट म्याद थप गरेर हिरासतमा राख्न निवेदन पेस गर्दा अदालतले स्वास्थ्य परीक्षण गरेर ल्याउन निर्देशन दिएपछि उनीहरूको स्वास्थ्य परीक्षण गरियो । स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि दुवै जनालाई छोडिएको छ,’ उनले भने ।

उनीहरूको सम्पर्कमा आएका कर्मचारी होम आइसोलेसनमा बसेको डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरले बताए।

उनले भने, ‘हाम्रो अनुसन्धान अधिकृत कोरोना पोजेटिभ भएर आइसोलेसनमा हुनुहुन्छ । थप विवरण आएको छैन । काठको ठूटा नापेरै भए पनि एकिन परिणाम निस्किन्छ ।’
खवरहव

  • काठ
  • कार्यालयकै
  • मिलेमतोमा
  • लुकाइयो
आइतबार, माघ १६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ३.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.