काठमाडौं : आफू कट्टर हिन्दु भएको भन्दै बलिउड अभिनेत्री कङगना राणवत पहिचान गराउने गर्छिन् ।
उनले अन्य अभिनेत्रीको पोशाकसहित अन्य विभिन्न कुराहरुलाई लिएर आलोचना गर्ने गरेकी छिन् । प्रायः उनी आफ्नो शैलीका कारण परिचित छिन् । हरेक विषयहरुमा उनी आफ्नो धारणा राख्ने गर्छिन् ।
यो बीचमा उनले सबैलाई हैरान बनाउने केहि बोल्ड तस्विरहरु सार्वजनिक गरेकी छिन् ।
तस्विरका कारण सामाजिक सञ्जालमा उनका प्रशंसकहरु धेरै ट्रोल गरिरहेका छन् ।
एउटा तालको किनारमा उभिएर उनी पोज दिइरहेकी छिन् । तस्विरहरुमा उनले सेतो ब्रालेट लगाएकी छिन् । उनको घाँटीमा सुनको चेन
देखिएको छ । उनले फेसबुक पेजमा धेरै तस्विरहरु साझा गरेकी हुन् ।
उनले आफ्ना तस्विरका कारण तारिफ र आलोचना खेप्नु परेको छ । आलोचना गर्नेहरुले अरुको तस्विरमा नकारात्मक प्रतिकृया दिनेले आफुले तस्विर पोस्ट गर्दा किन नसोचेको भन्दै प्रश्न गरेका छन् ।
धेरै प्रयोगकर्ताहरुले उनको पारदर्शी पोशाकलाई लिएर चर्चा गरेका छन् ।
Read this news in Hindi language.