• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
सोमबार, साउन २६, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

लोकप्रिय समाचार

  • १. OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २. सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३. ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

मोटरसाइकल चलाउनेहरुले ध्यान दिनुपर्ने कुराहरु


मोटरसाइकल चलाउने चालकले सामान्य कुरामा ध्यान नपुर्‍याउँदा पनि मोटरसाइकलमा ठूलो क्षति पुग्ने गर्छ । जसले पैसा र समयको नोक्सानी दिन्छ । त्यसैले मोटरसाइकल चलाउँदा लापरवाही गर्नु हुँदैन ।

सामान्यतया मोटरसाइकल चलाउनेको लापरवाहीले नै मोटरसाइकलमा क्षति पुग्ने हुन्छ ।

मोटरसाइकल चलाउँदा धेरै कुराहरु ध्यान दिनुपर्ने  हुन्छ

मोटरसाइकल बिग्रने मुख्य कारणहरु

मोटरसाइकलमा सामान्य समस्याहरु नियमित आइरहन्छन् । सानो समस्यालाई ख्याल नगर्दा ठूला समस्याहरु निम्तिने सम्भावना हुन्छन् । धेरै मोटरसाइकलमा सामान्यतया देखिइरहने समस्या भनेको मोटरसाइकलको स्टार्ट नहुनु हो । यस्तो समस्या सिर्जना हुनुको मुख्य कारण भनेको चलाउन नजानेको मान्छेलाई चलाउन दिनु हो । यसमा मोटरसाइकल नयाँ छ कि पुरानो, कुन कम्पनीको हो ? नियमित सर्भिसिङ गरेको छ कि छैन ? भन्ने कुराले पनि अर्थ राख्छ ।

मोटरसाइकल स्टार्ट नहुने समस्या हुँदा के गर्ने ?

मोटरसाइकलमा सबैभन्दा धेरै देखिने समस्या भनेको स्टार्ट नहुने समस्या हो । यो समस्या धेरै दिन नचलाई राख्दा पनि निम्तिन सक्छ । धेरै बेर बिना रोकावट मोटरसाइकल चलाइरहँदा इन्जिन धेरै तातेर पनि स्टार्ट नहुने समस्या देखिन सक्छ । मबिल सकियो भने पनि समस्या सिर्जना हुन्छ । मोटरसाइकलको चोक तानेर हिँडेको छ भने पनि एक्सिलेटर बन्द गर्दा स्टार्ट बन्द हुने वा स्टार्ट नहुने समस्या निम्तिन सक्छ । यसबाहेक पनि बाइक लड्दा, इन्जिनमा तेल प्रसार नहुँदा पनि स्टार्ट नहुने वा बन्द हुने समस्या सिर्जना हुन सक्छ ।

यस्तो समस्या हुँदा सबैभन्दा पहिले प्लक चेक गर्नुपर्छ । त्यसपछि तेल पास भएको छ कि छैन भनेर हेर्नुपर्छ । त्यसपछि फायरिङ आएको छ कि छैन त्यो हेर्नुपर्छ । त्यसपछि चाबी बन्द गरेर अन गर्नुपर्छ । ब्याट्रिको अवस्था कस्तो छ ? हेर्नुपर्छ । लामो समय मोटरसाइकल स्टार्ट नगर्दा मुसाले तार काटेर पनि स्टार्ट नभएको हुन सक्छ, त्यो हेर्नुपर्छ । मोटरसाइकल स्टार्ट भएन भने यी विधिबाट स्टार्ट गर्ने उपाय खोज्नुपर्छ ।

 

मोटरसाइकल चालकले ध्यानदिनुपर्ने कुराहरु के–के हुन्

मोटरसाइकल चालकले सामान्य सम्झिने कतिपय समस्याहरु ठूला समस्याको कारक बन्न सक्छन् ।

त्यसैले यी कुरालाई ध्यान दिनुपर्ने हुन्छ ।

–मोटरसाइकलको कुनै भागको नट फुस्किएको छ भने त्यसलाई मर्मत गरिहाल्ने

–बेलाबेलामा मबिल चेक गर्ने

–सकेसम्म रिजर्भमा नकुदाउने

–कम्तीमा १२०० देखि बढीमा १५०० किलोमिटर कुदेपछि अनिवार्य सर्भिसिङ गर्ने

–हावा, साइडलाइट र मोटरसाइकलको आन्तरिक सिस्टमको निगरानी गरिराख्ने ।

–अलिकति धुवाँ फाल्यो भने किन फाल्यो भनेर वर्कसपमा गएर चेक गराउने

–सामान्यभन्दा भिन्न आवाज आयो भने वर्कसपमा गएर चेक गराइहाल्ने गर्नुपर्छ ।

मोबिल फर्ने बेला भए-नभएको कसरी थाहा पाउने ?

मोबिल फेर्ने बेला भए नभएको हामीले सजिलै थाहा पाउन सकिन्छ । एउटा त ५÷७ दिनको अन्तरालमा कति मोबिल घटेको छ ? भन्ने आधारमा यो यकिन गर्न सकिन्छ । अर्काे मोबिल कति पातलो र बाक्लो छ, कालो छ कि छैन भन्ने कुराले पनि अर्थ राख्छ । जस्तो मबिल धेरै कालो भएको छ भने त्यो फेर्ने बेला भयो भन्ने हुन्छ । यो इन्जिन बिग्रिएको संकेत पनि हो । तर कहिलेकाहीँ भने नजानेको मान्छेलाई मोटरसाइकल चलाउन दियो भने आधा घण्टामै मोबिल सकिने गरी चलाउन पनि सक्छन् । माथि उल्लेखित शर्त भने नियमित चलाउने चालकको हकमा लागु हुन्छ ।

ध्यान दिनुपर्ने कुराहरु

मोटरसाइकल चलाउने बेलामा इन्जिनको सुरक्षाको ध्यान दिइएन भने चल्दाचल्दै मोटरसाइकल गुड्दै नगुड्ने गरी बन्द हुन सक्छ । कहिलेकाहीँ इन्जिन फेर्ने बेला भएको मोटरसाइकल समयमा नफेर्दा चल्दैनचल्नेगरी बन्द पनि हुन सक्छ । त्यसैले इन्जिन फेर्ने बेला भएको मोटरसाइकल कामचलाउ पारामा धेरै चलाउन हुँदैन । सामान्यतया मोटरसाइकलको इन्जिनको सुरक्षाको लागि निम्न कुरामा ध्यान दिनुपर्छ ः

–मोटरसाइकलमा क्षमताभन्दा बढी मान्छे बोल्नुहुँदैन ।

–मोटरसाइकल चलाउँदा खाल्डो जोगाउनु पर्छ ।

–धेरै गह्रुँगो सामान बोक्नु हुँदैन वा इन्जिनलाई धेरै भारी बनाउनु हुँदैन ।

– उकालोमा धेरै पिकअप नभएको जस्तो महसुस भयो भने तुरुन्त चेक गराइहाल्नु पर्छ ।

– समय पुगेपछि सर्भिसिङ, मबिल र फिल्टर फेर्ने काम एकैपटक गर्दा हुन्छ ।

 

इन्जिनको स्थिति कसरी थाहा पाउने ?

मोटरसाइकलको इन्जिन बनाउने बेला भए नभएको थाहा पाउने तरिका

–नियमित सेतो धुवाँको मुस्लो निस्किएको छ कि छैन हेर्ने । यदि धुवाँको मुस्लो निस्किएको छ भने इन्जिन खोल्ने बेला भएको मान्न सकिन्छ ।

– उकालोमा २ जना मात्रै चढ्दा पनि अस्वाभाविक धुवाँको मुस्लो फाल्यो भने पनि इन्जिन फेर्ने बेला भयो भन्ने थाहा हुन्छ ।

२-३ दिनमै मबिल पनि सकिन्छ ।

–साइलेन्सरमा चिल्लो कालो मबिल देखिनु

– उकालोमा वा तेर्साेमा पनि भिन्न खालको आवाज आउनु पनि इन्जिन बिग्रिनुको संकेत हो ।

  • कुराहरु
  • चलाउनेहरुले
  • ध्यान दिनुपर्ने
  • मोटरसाइकल
सोमबार, माघ १०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गैंडाकोटमा विज्ञापन करको नीति पुनरावलोकन गर्न रास्वपाले बुझायो ज्ञापनपत्र
गैंडाकोटमा तीन महिने ‘बुटिक डिजाइन तालिम’ — आत्मनिर्भरता र आम्दानीको नयाँ ढोका खुल्दै
बेंगलुरुलाई पहिलोपटक आईपीएल उपाधि, पञ्जाव ६ रनले पराजित
प्लास्टिकजन्य फोहोरका कारण नारायणीको अस्तित्व नै संकटमा पर्ने खतरा!
भरतपुर र बन्दीपुर जोड्न रोयल इन्फिल्डका राइडरहरुको यात्रा
वैशाख शुक्ल तृतीयाः आज देशभर अक्षय तृतीया पर्व मनाइँदै

लोकप्रिय

  • १.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

भर्खरै

  • १.
    ‘अष्ट्रेलियन एडमिसन डे’ कनेक्ट अष्ट्रेलियन एजुकेशनद्वारा सफलता पूर्वक सम्पन्न

  • २.
    सिर्जनशील स्वादको उत्सव : आरम्भ कलेजमा इन्ट्रा-कलेज कुलिनरी प्रतियोगिता

  • ३.
    OCEM ले आयोजना गर्दै- Oxford Mela 2025 ‘चञ्चल छात्रवृत्ति योजना’ सार्वजनिक

  • ४.
    फ्लिन्डर्स युनिभर्सिटी एडमिशन डे चितवनमा — अष्ट्रेलिया पढ्न चाहने विद्यार्थीका लागि सुनौलो अवसर

  • ५.
    आजको मौसम पूर्वानुमानः यी तीन प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ६.
    चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढ्यो,फिल्ड कार्यालयको उद्घाटन

  • ७.
    आज मिति २०८२ साल साउन १७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

  • ८.
    अक्सफोर्ड कलेजको ऐतिहासिक निर्णय स् शिक्षासेवीप्रतिको श्रद्धा र भावी पुस्ताप्रतिको लगानी

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल [email protected]

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email [email protected]

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2025 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.