धनुषा : धनुषाको एउटा आँपको बगैँचामा एक युवतीको शव फेला परेको छ । धनषाधाम नगरपालिका–६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा सो युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो ।
युवतीको शव टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार युवतीको पहिचान खुलिसकेको छैन । ती युवतीको शवको प्रकृति हेर्दा बलात्कार गरेर हत्या गरेको हुन सक्ने आशंका धनुषा प्रहरीले गरेको छ । घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता रायले बताउनुभयो ।