काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित हुनुभएको छ । आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिनुभयो ।
सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उहाले आत्मालोचना गर्नुभएको छ । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनुभयो ।
उहाले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताउनुभएको छ । चिकित्सक परामर्शमा औषधि लिइरहेको उहाको भनाइ छ ।