• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
मङ्गलबार, फागुन ०५, २०८२
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

गैँडाकोट महोत्सवको तयारी तीव्र

उवासंघ चितवन ५८ औं अधिवेशन : पन्तको पक्षमा माहोल बढ्दै , सबैले दिन थाले साथ

लोकप्रिय समाचार

  • १. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २. पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३. लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४. चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत

एउटाकी पत्नी अर्काकी प्रेमिका, काठमाडौंमा मध्यराति यसरी चल्छ अफेयर

काठमाडौं । निर्मला (नाम परिवर्तन)का पति अमेरिकामा थिए । काठमाडौंमा उनको प्रेमी थिए, बिक्रम शर्मा (नाम परिवर्तन) । शर्मासँग उनी लामो समय डेटिङमा रहिन् ।कहिले ककनी, कहिले धुलिखेलमा यो जोडीले प्रेम अनुरागमा समय बितायो । घरि-घरि शारिरीक सम्बन्ध पनि जोडियो ।

निर्मला अमेरिका पुगिन् बिक्रम काठमाडौंमै आफ्नो पेशा व्यावसायमा व्यस्त छन् । उनीहरूको अहिलेको सम्बन्ध अपरिचित जस्तै छ । उनीहरूको सम्झौताको सम्बन्ध डिस्कोबाट सुरु भएको थियो । ‘अफिसको काम अबेर सकिएपछि दरबारमार्गको क्लव छिर्ने गर्थें, उनी पनि त्यहाँ एक्लै बसेको देखेपछि डान्सका लागि अफर गरें । केही घुट्की पियौं त्यसपछि परिचय बढ्यो’, बिक्रम विगत कोट्याउँछन्, ‘एउटा सम्झौताको सम्बन्धमा केही समय रमाइलो गरौं भन्ने सल्लाह भयो । र, हामी अफेयरमा थियौं ।’

निर्मलाका पति अमेरिकामा थिए, बिक्रमकी पत्नी गृह सहरमा बैंकर थिइन् । यो सम्बन्धको सीमा सबै कसीसम्म पुग्यो । अहिले दुवैबीच सम्बन्ध छैन । यो सम्बन्ध अस्थायी नै थियो । बिक्रमले यस्तो प्रकारको अस्थायी सम्बन्ध झन्डै ६ जना महिलासँग राखिसकेका छन् । उनको सम्पर्कमा आएका महिलाका विषयमा भने जानकार छैनन् । खर्चालु स्वभावका उनी भन्छन्,‘ठाउँमा पुगेपछि त्यहिअनुसारको सम्बन्ध स्थापित हुन्छ । मन मिल्यो भने तन मिल्नलाई समय लाग्दो रहेनछ । कतिपयको त आवश्यकता मिल्यो भने फटाफट काम हुन्छ ।’

ठमेलको एउटा व्युटी पार्लर सञ्चालन गरेकी अस्मिता (नाम परिवर्तन)सँग वानेश्वरको एक होस्टेलमा बस्ने गुरु अधिकारी (नाम परिवर्तन)को भेट सामाजिक सञ्जालमा भएको थियो । उनीहरू क्लवमा भेट्ने योजना बन्यो । ठमेलको एउटा क्लवमा राम्रो चिनजान भएपछि अस्मिताले नै सम्बन्धमा रहनका लागि गुरुलाई प्रस्ताव गरिन् । आफ्ना पति अस्ट्रेलियामा रहेको र ६ महिनामा फर्किने बताउँदै गुरुसँग त्यसबेलासम्मको सम्बन्ध कायम राख्ने सहमति बनेको थियो । एक्लै बस्ने अस्मिताको घरमै गुरुका धेरै समय बिते । अहिले दुवैको सम्पर्क छैन । गुरु भन्छन्,‘यस्तो पनि सम्बन्ध र प्रेम गाँसियो, ६ महिनासम्म माय पनि गरियो मस्ती पनि गरियो ।’

विवाह उत्तरका सम्बन्धको कमी छैन, सहरमा । यो एक जोडीको अस्थाई सम्बन्धको मात्र कथा हो । कतिपय नाम चलेका सेलिब्रिटीसँगै यस्तो सम्बन्ध राख्नेहरू पनि छन् । आवश्यकता र अवसरको यस्ता सम्बन्ध प्रायः कामकाजी पतिका बेगारी पत्नी र टाढा रहेकी पत्नीका अवसरवादी पतिबीच हुने गरेको देखिन्छ । ‘आफ्ना पतिसँग सन्तुष्ट नभएका, यातना पाउने गरेका महिलाले सहानुभुति, माया र सम्बन्ध चाहेका हुन्छन् । त्यस्ता महिलालाई प्रेम दिनु पनि राम्रो काम हो’, अभिमान खड्का (नाम परिवर्तन) भन्छन्,‘यस्तो सम्बन्ध ताकेर होइन, संयोगले नै बन्छन् ।’

विवाहपछिको फरक सम्बन्ध भन्दा केही भिन्न हुन्छ सम्झौताको सम्बन्ध । तत्कालिक आवश्यकताको एउटा समयसीमासम्म सम्बन्ध गाँस्ने र त्यसपछि कुनै सरोकार नराख्ने प्रवित्ति अहिले सहरमा व्याप्त हुन थालेको छ । यस्तो सम्बन्धले परिचय, प्रेम र अपराध कर्म पनि गराउने गरेका नेपालमा प्रशस्त उदाहरण छन् । यस्ता सम्बन्धहरूको बारेमा खुलाउने ठाउँ प्रहरीको अपराध शाखा पनि हो । एक अधिकारी भन्छन्,‘थोरै समयमा सम्बन्ध बनाएर सबै कारोबार गर्ने अनि ठगी भयो भनेर पनि उजुरी आउने गरेका छन् । बुझ्दै र खोज्दै जाँदा प्रेमीप्रेमिकासम्म भएको पाएका छौं ।’

छिटो रकम कमाएका, धनाड्य परिवारका छोराछोरी, अकुत सम्पत्ति कमाउनेहरू र युरोप अमेरिकामा आफ्ना जोडी भएका धेरै युवायुवतीको सम्बन्ध डिस्को लगायतका महँगा ठाउँमा बन्छन् । त्यहिँ एउटा सम्झौता हुन्छ र केही वर्ष, महिनाको अन्तरालमा टुट्छ । यस्तो सम्बन्धको खास उदाहरण त सुन तस्करीमा संलग्नता रहेका सनम शाक्यकै पनि बनेको प्रमाणित भइसकेको छ । जसको निशा सेन ठकुरीसँग अफेयर रहेको बनिसकेको बताइएको थियो ।

सुन काण्डकै मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेको पनि रक्षा भण्डारीसँग सम्झौताको सम्बन्ध रहेको अनुसन्धानले खुलाइसकेको छ । छिटो पैसा कमाउने र खर्च गर्न सिपालुहरूका लागि अस्थायी सम्बन्ध साधारण बन्ने गरेको समाजशास्त्रीहरू बताउँछन् । यस्ता सम्बन्धमा निहीत स्वार्थ पनि हुन्छन् । तर, इमान्दार सम्झौता हुने गरेको पाइन्छ ।

यी देखिएका प्रतिनिधि पात्र मात्र हुन् । सम्झौताको सम्बन्धको मुख्य आधार लिभिङ टुगेदर पनि हो । जुन काठमाडौंमा व्याप्त भइसकेको छ । ‘यौन आशक्तिमा केन्द्रित रहेर यस्ता सम्बन्ध बढि से बढि कायम हुने गरेका छन् । युरोप अमेरिका तिर यस्ता सम्बन्धलाई समान्य ठानिन्छ ।’ दैनिक नेपालबाट साभार गरिएको

बिहिबार, पुष ०८, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा
चितवन–३ मा रेनु लहर, गाउँगाउँमा उत्साहपूर्ण स्वागत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत
पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि
गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती
माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

लोकप्रिय

  • १.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी टुर भोलि

  • २.
    पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा मेयर्स ११ को विजयी सुरुआत

  • ३.
    लुम्बिनी र मधेश प्रदेश गैँडाकोट मेयर कपको फाइनलमा

  • ४.

  • ५.
    गैँडाकोट महोत्सवमा आज प्रकाश सपूतको प्रस्तुती

  • ६.
    माघे सङ्क्रान्ति बृहत रमाइलो मेला–२०८२ आहालेंमा हुँदै

  • ७.
    आदिवासी जनजाति नगर समन्वयनले चौथो गैंडाकोट महोत्सवमा सहभागिता नजनाउने

  • ८.
    गैँडाकोट महोत्सवको तयारी तीव्र

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.