काठमाडौं। कुकुर र बाँदरबीच केही समयदेखि ग्याङ वार हुन थालेपछि स्थानीय त्रसित बनेका छन् ।
महाराष्ट्रको बीडमा बाँदर र कुकुरबीच ग्या’ङ वार चलिरहेको छ । यो ग्या’ङ वारमा अहिलेसम्म करिब ८० वटा कुकुरका छाउराको मृ’त्यु भइसकेको छ ।
गाउँलेहरुका अनुसार पहिले कुकुरले बाँदरको बच्चा मा’रिदिएका थिए । त्यतिबेलादेखि यिनीहरुबीच लडा’इँ सुरु भएको हो ।
गाउँलेहरुका अनुसार विगत ३ महिनामा बाँदरले कैयौं कुकुरका बच्चा मारिदिएका छन् । कु’कुर र बाँदरबीचको झग’डाले पूरै गाउँ त्रा’समा छन् । गाउँलेहरुले यसको सूचना वन विभागलाई दिएका छन् ।
पाँच हजार जनसंख्या भएको यो गाउँमा मानिसहरु बाँदर आतं’कबाट हैरान छन् । बाँदरले सडकमा हिँडिरहेका मानिसलाई पनि आ’क्रमण गरेका छन् ।
वन विभागले केही बाँदरहरुलाई समातेको छ तर गाउँलेहरुले यसको ठोस समाधान निकाल्नु जरुरी भएको बताएका छन् ।
गाउँलेका अनुसार बाँदरको समूह कुकुरको बच्चा खोज्दै आउँछ र उठाएर लिएर जान्छ ।



