नेकपा एमालेको पोलिट्व्युरो सदस्य, प्रतिनिधिसभाका सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा एमालेको विरुद्धमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)लगायतका दलहरुले जनतालाई भ्रम फैलाउने कार्य गरे पनि जनताले उक्त भ्रमलाई तोड्दै तराईका सवै जिल्लाहरु एमालेमय भएको दावी गर्नुभयो ।
आज नेकपा एमाले विश्रामपुर गाँउपालिका अधिवेशनमा बोल्दै नेता बस्नेतले तराईका जिल्लामा राजनीतिक रुपमा एमालेविरुद्ध अनेक खालका भ्रमहरु फैलाए पनि आजको कार्यक्रम र पार्टी प्रवेशले उक्त भ्रहरुलाई शतप्रतिशत हटाएको दावी गर्नुभयो ।
एमालेले बर्चश्व कायम गरेको उक्त ठाउँ कांग्रेसका मेयरका प्रत्यासी उम्मेदवारदेखी माओवादी, जसपा, लोसपालगायतका दलहरुबाट ६७७ युवाहरु एमालेमा प्रवेश गरेको उल्लेख गर्दै नेता बस्नेतले जनताले एमालेबाट मुलुकको भविष्य खोजीरहेको बताउनुभयो ।
आजको पार्टी प्रवेश तथा पार्टीले देशव्यापी रुपमा चलाउने पार्टी प्रवेशको अभियानले आगामी निर्वाचनमा एमाले तराईका सवै जिल्लाहरुमा लालकिल्ला बन्ने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तराईका जिल्लाबाट सिङ्गो राजनीतिलाई हेरिरहँदा हरेक पहेलो धातु सु्न हुँदैन, सून भनेर झुक्याएर बेच्ने गरिन्छ तर त्यो सुन होकी होईन भन्ने कुरालाई छुट्याउन कसिमा लगाएर घोटेर छुट्याउनुपर्छ ।
कांग्रेस,माओवादी, जसपा लगायतका दलहरु सुन भन्दा कम छैन, हराएमा डर छैन भन्ने जस्तो मात्र हुन । जनताले राजनीतिक दलहरुलाई कसिमा घोट्ने भनेको जनताले हो । जुन कुरा बारा जिल्लाका युवाहरुले घोट्नुभएको छ । अब दल छनौट गर्ने कुरामा तराईका जनता योग्य हुनुहुन्छ ।’