• समाचार
  • स्थानीय
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • रोचक
  • भिडियो
  • साहित्य
  • प्रदेश
  • English
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • स्थानीय
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • प्रदेश
    • English

भर्खरै

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट

लोकप्रिय समाचार

  • १. नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २. जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३. रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४. आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५. मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६. आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखाकाे साधारण सभा सम्पन्न

पुष ३, चितवन । राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाको प्रथम साधारण सभा तथा दोस्रो स्थापना दिवस शनिबार सम्पन्न भएको छ। पत्रकार महासंघ चितवनको सभाहलमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाका अध्यक्ष अमिर रामदामको अध्यक्षता तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा तथा दोस्रो स्थापना दिवस सम्पन्न भएको हो ।

लोकतन्त्रको मूल आधार, समान सहभागिता र विभेदमुक्त समाज, अभिव्यक्ति स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो आवाज भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रममा सहभागीहरूले दलितका मुद्दा तथा घटनाहरूलाई सशक्त रुपमा मिडियाकरण गर्न आवश्यक रहेको बताउनु भएकाे छ । दलित समुदायका मुद्दा तथा घटनाहरू प्राय ओझेलमा पर्ने भएकाले सहभागीहरुले सशक्त मिडियाकरणमा जोड दिएकाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले मुलुकको राजनीतिक तथा सामाजिक परिवर्तनमा दलित समुदायका पत्रकारहरूको निकै ठूलो भूमिका रहेको बताउनु भएकाे छ । केन्द्रीय अध्यक्ष पहाडीले पत्रकारहरू समाज रुपान्तरणको मुख्य अंग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्नका लागि जिल्लाका दलित समुदायका पत्रकारहरूलाई आग्रह गरिएकाे छ ।

कार्यक्रममा नेपाल दलित साहित्य तथा सांस्कृति प्रतिष्ठान केन्द्रीय अध्यक्ष रणेन्द्र बराईलीले राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखा सधैँ उत्कृष्ट काम गर्ने शाखा रहेको भन्दै प्रशंसा गरिएकाे छ । बराईलीले जातीय मुद्दामा सबै एकै थलोमा हुनुपर्ने बताउनुभएकाे छ।

कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोपाल बराईलीले सत्य तथ्य सूचना सम्प्रेषण गरी सुसूचित गराउने कार्यमा दलित समुदायका पत्रकारहरूको भूमिका उल्लेखनीय रहेको बताउनुभएकाे छ ।

केन्द्रीय वरिष्ठ उपाध्यक्ष बराईलीले पत्रकारिता पेशालाई मर्यादित र अनुशासित बनाउँदै जिल्लामा सक्रिय पत्रकारिता गरिरहेका दलित पत्रकारहरूलाई पत्रकार महासंघ चितवनको सदस्यता बिस्तारको क्रममा उल्लेख्य मात्रामा सदस्यता वितरण गर्न अनुरोध गर्नुभएकाे छ ।

बराईलीले अब दलित समुदायका पत्रकारहरू महासंघको कार्यसमिति सदस्यमा मात्र सिमित नराखी पदाधिकारीमा सुनिश्चितताको लागि पत्रकार महासंघ चितवन समक्ष माग गरिएकाे छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले दलित पत्रकारहरूलाई सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । अध्यक्ष अधिकारीले यस समुदायका पत्रकारहरूको लागी आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका लागि महासंघ अग्रसर रहने बताउनुभएकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज बुद्धिबहादुर विश्वकर्मा, संघका संस्थापक सल्लाहकार निशा सुनार गहतराज, संघका लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, संघका बागमती प्रदेश सहसचिव सरोज उपरोकोटी, नेपाल प्रेस युनियन चितवन शाखाका उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, प्रेस चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्य, फोनिज चितवन उपाध्यक्ष तुलमान गुरूङ्ले शुभकामना व्यक्त गर्नुभएकाे थियोे

साधारणसभामा सम्मान तथा पुरस्कार वितरण समेत गरिएको छ । साधारण सभाबाट नाडजोन चितवन,पत्रकार कल्याणकारी कोषको स्थापना गरिएको छ । साधारणसभाले नाडजोन चितवन पत्रकार कल्याणकारी कोष कार्यविधि २०७८ अनुमोदन गरिएको छ ।

कोष स्थापनार्थका लागी पहिलो सहयोग राशी २५ हजार रूपैयाँको प्रतिवद्धता अग्रज पत्रकार बुद्धिबहादुर विश्वकर्माले गरेका छन्। त्यस्तै पत्रकार विश्वकर्माले आफ्नो आमाको नाममा आगामी वर्ष देखि हरेक वर्ष चितवन शाखा मार्फत १५ हजार रूपैयाँ बराबरको जानुका विश्वकर्मा लेखाबितृ पत्रकारिता पुरस्कार वितरण गर्ने घोषणा गर्नुभएकाे छ ।

त्यस्तै सोही अवसरमा नगद १५ हजार राशीको चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७-७८ बाट कपिलवस्तु, चन्द्रौटामा क्रियाशील पत्रकारिता गरिरहेकी निशा सुनार गहतराज, नगद ५ हजार राशीको चुडामणी बराल स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७-०७८ बाट चितवनका गोपाल परियार र नगद ५ हजार राशीको चुडामणी बराल स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार २०७७-७८ बाट चितवनका राजेश घिमिरेलाई पुरस्कृत गरिएको छ ।

साधारणसभाले संघका सचिव श्याम विश्वकर्माले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष एलिना पोख्रेल प्रितिले प्रस्तुत गरेकी आर्थिक प्रतिवेदन पारित तथा अनुमोदन गरेको छ । त्यस्तै शाखाको भावी कार्ययोजना र बजेट सर्वसम्मत रूपले पारित गरिएको छ ।

शनिबार, पुष ०३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते
नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै
रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी
नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल
तिजको अवसरमा रेडियो संकेतको ‘बृहत खुल्ला तिज गीत प्रतियोगिता २०८३’ : सहभागी महिला समूहलाई मौलाकाली केवलकारको निःशुल्क टिकट
भरतपुरमा सीजी मोटर्सको मल्टि-ब्राण्ड आउटलेट सञ्चालनमा

लोकप्रिय

  • १.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • २.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • ३.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ४.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ५.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ६.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

भर्खरै

  • १.
    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

  • २.
    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

  • ३.
    आज मिति २०८३ साल साउन ३१ गते आइतबार, यस्तो छ आजको तपाईको राशिफल

  • ४.
    नेपाल डायरिजको दशौं वार्षिकोत्सवमा अनुप्रस्थ लाइभ ईन चितवन हुँदै

  • ५.
    रोल्पामा पहिरोले घर/ गोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइतेः थप विवरण आउन बाँकी

  • ६.
    आज मिति २०८३ साल साउन २८ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

  • ७.
    नारायणगढ–बुटवल सडक पूर्वीखण्ड विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • ८.
    आज मिति २०८३ साल साउन २१ गते बिहिबार, यस्तो छ आजको तपाईको राशिफल

हाम्रो बारेमा

Sweet Nepal Pvt Ltd
सूचना विभाग दर्ता नम्बर:2241/077-78
भरतपुर-७ , चितवन
गैँडाकोट-६, नवलपुर
फोन 9867642756
ई-मेल sweetnepal117@gmail.com

About Us

Sweet Nepal Pvt Ltd
DOIB Registration Number:2241/077-78
Bharatpur-7, CHitwan
Gaindakot-6, Nawalpur
Phone 9867642756
Email sweetnepal117@gmail.com

हाम्रो टीम

सन्चालक
युवराज जैसी छेत्री
सम्पादक
सन्तोष पौडेल

Our Team

President
Yubraj Jaisi Chhetri
Editor in Chief
Santosh Poudel

हाम्रो फेसबुक

Sweet Nepal स्वीट नेपाल

Our Facebook

Sweet Nepal – English

Copyright ©2026 Sweet Nepal | All rights Reserved.
 Website By :  nwTech.